याङ जी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
याङ जी
याङ जि मार्च २०२१ मा
जन्मयाङ निओ (杨旎奥)
(1992-11-06) ६ नोभेम्बर १९९२ (उमेर ३१)
फाङशान, बेइजिङ, चीन
वासस्थानबेइजिङ, चीन
अन्य नामएण्डी याङ
शिक्षाकला स्नातकोत्तर
मातृ शिक्षाप्रतिष्ठानबेइजिङ चलचित्र संस्था
पेशा
कार्यकालसन् १९९९–हाल
प्रतिनिधीएचएण्डआर सेञ्चुरी
याङ जी
परम्परागत चिनियाँ 楊紫
सरलीकृत चिनियाँ 杨紫

याङ जी (चिनियाँ:杨紫, जन्म ६ नोभेम्बर १९९२) एण्डी याङ भनेर पनि चिनिने, एक चिनियाँ अभिनेत्री तथा मोडल हुन्। उनी सन् १९९० दशकको जियाङ सुयाङ, झोऊ डोङ्ग्यु र गुआन जियोटङ सहित ४ उत्कृष्ट अभिनेत्रीको रूपमा परिचित छिन्।[१][२][३]

यान जीले "होम विथ किड" (सन् २००५), ब्याटल अफ चिङश (सन् २०१४), "ओड टु जोए" (सन् २०१६, नोबेल एस्प्रिनेसन (सन् २०१६) र एसेस अफ लभ (सन् २०१८) टेलिभिजन शृङ्खलाहरूमा अभिनय गरिसकेकी छिन्।[४]

बाल्यकाल र शिक्षा[सम्पादन गर्नुहोस्]

याङ जी बेइजीङको फाङशान जिल्लामा जन्मिएकी थिइन् भने उनले आफ्नो अभिनय यात्रा बेइजिङ चलचित्र संस्था मार्फत सुरुवात गरेकी थिइन्।[५]

कार्यकाल[सम्पादन गर्नुहोस्]

सुरुवाती कार्यकाल[सम्पादन गर्नुहोस्]

याङ जीले आफ्नो अभिनय यात्रा सन् १९९९ को टेलिभिजन शृङ्खलामा एक बाल कलाकारको रूपमा अभिनय शुरू गरेकी थिइन्।[६] सन् २००२ मा जीले जियोझिवानका आयोजित एक कार्यक्रममा सानो भूमिका पनि निभाएकी थिइन्।[७] सन् २००३ मा याङ जीले चलचित्रमा पर्दापण गरेकी थिइन् जसका लागि उनले टोङ्ग्न्यु चलचित्र अवार्ड द्वरा उत्कृष्ट बाल कलाकार विधामा अवार्ड प्रदान गरिएको थियो।

सन् २००५ मा याङ जीले एक टेलिभिजन शृङ्खला "होम विथ किड"मा जिया शुको अभिनय गरेसँगै उनले प्रतिष्ठा कमाएकी थिइन्।[८] यस टेलिभिजन शृङ्खलाले तात्कालिक समयमा चिनमा प्रसारण हुने टेलिशृङ्खलामा शीर्ष स्थानमा आउन सफल भएको थियो भने यसले गोल्डेन इगल अवार्ड समेत हात पारेको थियो।[९] याङ जीले यस टेलिशृङ्खलाको दोस्रो संस्करणमा "होम विथ किड"मा पनि जिया शुको भूमिकामा रहेकी थिइन्।[१०]

सन् २००८ मा याङ जीले उनको पहिलो गीति सङ्ग्रह होम विथ स्नो सार्वजनिक गरेकी थिइन्। याङले विभिन्न कार्टुनहरूमा आवाज राख्ने काम पनि गरेकी थिइन्।[११] सन् २०११ मा याङले एक पारिवारिक पृष्ठभूमिमा आधारित नाटक लभ कम्स नकिङ द डोर नामक टेलिभिजन शृङ्खलामा काम गरेकी थिइन् जुन गिलियन याजको उपन्यास स्टेपमदरको आधारमा बनाइएको थियो।[१२][१३] उक्त टेलिशृङ्खलामा अभिनय गरेपछि उनी एक युवा कलाकारको रूपमा परिचित भैसकेकी थिइन्।[१४][१५][१६] सन् २०१३ मा सार्वजनिक भएको एक चलचित्रमा अभिनय गरेपछि उनले नयाँ युवा कलाकारको अवार्ड पनि प्राप्त गर्न सफल भएकी थिइन्।[१७][१८] उनले एक प्रेम कहानीमा आधारित टेलिशृङ्खला) फ्लावर्स इन फगमा पनि अभिनय गरेकी थिइन् जुन प्रख्यात लेखक चियोङ योले लेखेका थिए।[१९][२०][२१]

सन् २०१४–२०१६: लोकप्रियता बढ्दै[सम्पादन गर्नुहोस्]

याङ जीले सन् २०१४ मा एक युद्धसँग सम्बन्धित उनको पहिलो टेलिशृङ्खला "ब्याटल अफ चाङश"मा काम गर्न शुरू गरेकी थिइन् जसलाई म्यागनोलिया अवार्ड विजेता निर्देशक कङ शिङले निर्देशन गरेका थिए।[२२] यस टेलिशृङ्खला सन् २०१४ को मध्यमा प्रसारण गरेपछि यसले सन् २०१४ को उत्कृष्ट नाटकको रूपमा सर्वाधिक मत पाउन सफल भएको थियो। याङ जीले त्यसपछि सन् २०१५ मा याङ्को डान्सर नामक एक टेलिशृङ्खलामा पनि काम गरेकी थिइन् जुन तात्कालिक समयमा सर्वाधिक लोकप्रिय बनेको थियो।

सन् २०१६ मा याङले प्रेम कथामा आधारित ओड टु जोए नामक टेलिशृङ्खलामा एक प्रमुख पात्रको रूपमा काम गरेकी थिइन् जुन कार्यक्रम उपन्यासकार नाइद्वारा रचिएको यहि नामको एक उपन्यासमा आधारित छ।[२३] यस टेलिभिजन शृङ्खलाका अनुसार पाँच फरकफरक पृष्ठभूमि भएको महिलाहरू चीनको साङ्घाइ स्थित ओड टु जोए नामक एक ठूलो भवनको पाँच बटा फरकफरक कोठाहरूमा डेरामा बसोबास गर्दै आएका हुन्छन्।[२४] यस टेलिशृङ्खलामा यान जीको नाम फान क्यु यिङयिङ हन्छ भने उनी एक गरिव परिवारमा हुर्किएकी हुन्छिन् र काम गर्नका लागि सहर आएकी हन्छिन्। याङ जीको लोकप्रियता यस टेलिशृङ्खला पछि झन उच्च भएको थियो। [२५][२६]

यस नाटक तात्कालिक समयमा चिनमा सर्वाधिक हेरिएको टेलिशृङ्खला बन्दै नयाँ कीर्तिमान बनाएको थियो भने यसलाई २३ बिलियन दर्शहरूले हेरेका थिए। यस टेलिशृङ्खला पश्चात् याङ जी एकदमै लोकप्रिय बनिन् र तसर्थ उनी २२ अौँ हुडिङ अवार्डमा उत्कृष्ट पूर्व कालिन नाटकको श्रेणीमा मनोनित भएकी थिइन्।[२७] सोही वर्ष याङले ओयो ओयु र जियाङ हुइवेनसँग साझेदारी गर्दै क्राइङ आउट इन लभ नामक एक चलचित्रमा काम गरेकी थिइन्। [२८][२९]

सन् २०१७ मा याङ जीले एक पूर्वकालिन नाटक र हास्यव्यङ्गयमा आधारित एक हास्यव्यङ्ग्यमा अभिनय गरेकी थिइन् भने उनले सोही वर्ष ओड टु जोएको दोस्रो संस्करणमा पनि क्यु यिङयिनको भूमिका निभाएकी थिइन्। [३०][३१][३२]

सन् २०१८–हाल: सफलता[सम्पादन गर्नुहोस्]

सन् २०१८ मा याङले एक प्रेम कहानीमा आधारित नाटक एसेस अफ लभमा अभिनय गरेकी थिइन्। एसेस अफ लभ चीनमा उच्च मूल्याङ्कन र सकारात्मक समीक्षाका साथ यसले व्यावसायिक सफलता कमाएको थियो र याङले उनको प्रदर्शनका लागि प्रशंसा प्राप्त गरेकी थिइन्।[३३] त्यसै वर्ष, याङले ह्वाइट स्नेक नामक एक टेलिशृङ्खलामा अभिनय गरिन्, जुन प्रसिद्ध चिनियाँ फोलक्लेलेमा आधारित एक काल्पनिक नाटक थियो।[३४] फोर्ब्स चीनले याङलाई सन् २०१७ मा तीस वर्ष भन्दा कम उमेरका सबैभन्दा प्रभावसाली व्यक्तिहरूको सूचीमा सूचीकृत गरेको थियो जसले आ-आफ्नो क्षेत्रमा सर्वाधिक सफलता पाएका थिए।[३५]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "网友热议"90后"四小花旦 杨紫以戏龄最长入选" (चिनियाँमा), सिना, अक्टोबर १३, २०१०। 
  2. "90后四小花旦 杨紫领衔戏龄最长" (चिनियाँमा), सोहु, अक्टोबर १३, २०१०। 
  3. "福布斯中国发布100名人榜 吴京黄渤胡歌位列前三" (चिनियाँमा), अगस्ट २०, २०१९। 
  4. "२०१७ फोर्ब्स चीन", फोर्ब्स, सेप्टेम्बर २२, २०१७। 
  5. "《家有兒女》12年感情不變!張一山和楊紫仍在鬥嘴,開口仍叫宋丹丹“媽”", Eladies.sina.com.tw, २०१६-०७-२२, अन्तिम पहुँच २०१८-१२-११  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०४ मिति
  6. "zh:杨紫低调前往北电报到 正式成为大学生难掩兴奋", युलु डटकम (चिनियाँमा), सेप्टेम्बर ५, २०१०। 
  7. "楊紫星空演講講稿", विबो डटकम, अन्तिम पहुँच २०१८-१२-११ 
  8. "zh:杨紫17年三个转折点 走过低谷多戏路无套路", क्युक्यु (चिनियाँमा), सेप्टेम्बर २२, २०१६। 
  9. "zh:杨紫《孝庄秘史》造型曝光 清纯可人", सोहु (चिनियाँमा), सेप्टेम्बर १, २०१०। 
  10. "《女生日记》一个美丽的成长过程", सिना (चिनियाँमा), अक्टोबर २७, २००३। 
  11. "告别《家有儿女》"小雪"杨紫变辣妹(图)", नेटइजी (चिनियाँमा), जुलाई २, २००८। 
  12. "zh:《家有儿女》小雪杨紫进军歌坛 六一单曲问世", सिना (चिनियाँमा), मार्च ३१, २००८। 
  13. "《女孩冲冲冲》热播 杨紫别"小雪"迎少女时代", सोहु (चिनियाँमा), अक्टोबर २, २००९। 
  14. "zh:中国首部亲子动画《淘气包马小跳》银幕贺岁", सिना (चिनियाँमा), जनवरी १५, २००९। 
  15. "《幸福来敲门》将登央视 蒋雯丽杨紫母女较劲", चीन दूर्दर्शन (चिनियाँमा), फेब्रुअरी १७, २०११। [dead link]
  16. "zh:《幸福来敲门》收官 杨紫分享自己的"幸福", सिना (चिनियाँमा), मार्च ११, २०११। 
  17. "zh:杨紫解读复杂《心术》 国民小妹献出荧幕初恋", सोहु (चिनियाँमा), मे ९, २०१२। 
  18. "《守株人》曝悬疑版海报 杨紫林妙可挑战惊悚", सिना (कोरियालीमा), जुलाई १९, २०१२। 
  19. "zh:第十四届表演学会奖揭晓 葛优当选新一任会长", १९०५ डटकम (चिनियाँमा), सेप्टेम्बर ११, २०१३।  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर २१, २०१३ मिति
  20. "zh:杨紫《花非花》将播 上演职场新人"成长记"", नेटइजी (चिनियाँमा), जुलाई १, २०१३। 
  21. "杨紫《胭脂霸王》假扮格格古装甜美(图)", सिना (चिनियाँमा), फेब्रुअरी २६, २०१३। 
  22. "zh:杨紫《战长沙》携手霍建华 故事百转千回", सिना (चिनियाँमा), जुलाई २१, २०१४। 
  23. "चिनियाँ:《大秧歌》收视夺冠 杨紫成金牌导演的"宠儿"", नेटइजी (चिनियाँमा), नोभेम्बर १०, २०१५। 
  24. "zh:马可杨紫"十年"再牵手 《灵魂摆渡2》播放量3日破亿", इफइङ (चिनियाँमा), नोभेम्बर ५, २०१५। 
  25. "《欢乐颂》将开播 "女侠"杨紫秒变吃货进军职场", सिनहुया समाचार (चिनियाँमा), अप्रिल ११, २०१६।  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर १४, २०१७ मिति
  26. "टेलिभिजन कार्यक्रम ओड टु जोए", द ग्लोबल टाइम्स, मे १५, २०१६। 
  27. "《青云志》周日开播 杨紫化身高冷陆雪琪", क्युक्यु (चिनियाँमा), जुलाई २९, २०१६। 
  28. "《青云志》首播收视口碑双收 正统仙侠攻占暑期", नेटइज (चिनियाँमा), अगस्ट १, २०१६। 
  29. "zh:《青云志》第一季圆满收官 全网播放量突破230亿" (चिनियाँमा), नोभेम्बर ९, २०१६।  वेब्याक मेसिन अभिलेखिकरण जनवरी २६, २०२२ मिति
  30. "虐!《呼唤爱》欧豪+张慧雯+杨紫深情独白", सिना (चिनियाँमा), अगस्ट २१, २०१६। 
  31. "《龙珠传奇》定档 杨紫秦俊杰公开恋情后首同台", नेटइज (चिनियाँमा), मे २, २०१७। 
  32. "杨紫拍《欢乐颂2》:单纯的小蚯蚓太蠢了", सिना (चिनियाँमा), अक्टोबर ६, २०१६। 
  33. "2018最美表演首曝揭秘海報 陳偉霆楊紫打頭陣", 新浪娛樂, २०१८-११-२६, अन्तिम पहुँच २०१८-१२-२४ 
  34. "福布斯中国发布100名人榜,吴京黄渤胡歌位列前三", 福布斯中國, अन्तिम पहुँच २०१९-१०-१७ 
  35. "zh:《天乩之白蛇传说》定档7月9日杨紫任嘉伦演绎甜虐新神话", नेटइजी (चिनियाँमा), जुन २९, २०१८। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]