युनाइटेड टेलिकम
Jump to navigation
Jump to search
![]() | |
व्यवसाय प्रकार | निजी कम्पनी |
---|---|
केन्द्रीय कार्यालय | काठमाडौँ , नेपाल |
वेबसाइट | http://utlnepal.com/index.php |
युनाइटेड टेलिकम नेपालको दूरसञ्चार सेवा प्रदायक मध्ये एक हो। यो कम्पनीको चार कम्पनीको संयुक्त उपक्रममा स्थापना गरिएको दूरसञ्चार प्रदायक कम्पनी हो।[१] यस कम्पनीमा लगानी गर्ने चार मध्ये तीन कम्पनीहरूको भारतको दूरसञ्चार कम्पनीहरू हुन् भने चौथो नेपाली कम्पनी हो। यस कम्पनीको दर्तीत कार्यालय काठमाडौँमा रहेको छ।
२०६९ चैत २९ गते नेपाल दूरसञ्चार प्राधिकरणको बैठकले एकीकृत अनुमतिपत्र दिने निर्णय गरेर सबै खालका दूरसञ्चार सेवा सञ्चालन गर्न पाउने अनुमतिपत्र यस कम्पनीलाई प्रदान गरेको थियो।[२]
कम्पनीको सेयर संरचना[३][सम्पादन गर्ने]
- महानगर टेलिफोन निगम लिमिटेड - २६.६८ प्रतिशत
- टेलिकम्युनिकेशन कन्सल्टस इन्डिया लिमिटेड - २६.६८ प्रतिशत
- टाटा कम्युनिकेशन लिमिटेड - २६.६८ प्रतिशत
- नेपाल भेन्चर प्रा.लि. - २० प्रतिशत
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "युनाइटेड टेलिकमका लगानीकर्ताहरू", आधिकारिक वेबसाइटबाट, अन्तिम पहुँच १० जेठ २०७६।
- ↑ "युनाइटेड टेलिकम", दूरसञ्चार, अन्तिम पहुँच १० जेठ २०७६।
- ↑ "शेयर संरचना", आधिकारिक वेबसाइटबाट, अन्तिम पहुँच १० जेठ २०७६।
बाह्य कडीहरू[सम्पादन गर्ने]