२००४ यूइएफए यूरोपियन च्याम्पियनशीप, जसलाई सामान्यतया यूइएफए यूरो २००४ वा यूरो २००४ का नामले चिनिन्छ, यूइएफए युरोपियन च्याम्पियनशीपको १२औँ संस्करण थियो जुन हरेक ४ वर्षमा यूइएफए ले आयोजना गर्ने गर्दछ । यो प्रतियोगिता पोर्चुगलले प्रथम पटक आयोजना गर्ने अवसर पाएको थियो । चुनावमा उसले अस्ट्रिया/हङ्गेरी र स्पेनलाई पराजित गरेको थियो ।[१][२] प्रतियोगिता १२ जुन देखि ४ जुलाई सम्म पोर्चुगल का ८ विभिन्न शहरका(अभेइरो, ब्रागा, कोइम्ब्रा, गुइमारेस, फारो/लुलि, लेइरिया, लिस्बन र पोर्टो) १० विभिन्न रङ्गशालामा गराइएको थियो । फाइनल खेलमा ग्रीसले आयोजक पोर्चुगललाई १:० गोल अन्तरले हराएर पहिलो पटक यो प्रतियोगिता आफ्नो नाम गरेको थियो ।