योजनगन्धा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(योजनगन्धा (उपन्यास)बाट अनुप्रेषित)
योजनगन्धा
लेखकविनोदप्रसाद धिताल
देशनेपाल नेपाल
भाषानेपाली
प्रकारपौराणिक कथावस्तु
प्रकाशितवि.सं २०५२
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
२०५२
मिडियाको प्रकारछापा
पृष्ठ५२२
पुरस्कार (हरू)
आइएसबिएन9789993324911
Preceded byउज्यालो हुनु अघि 

योजनगन्धा विनोदप्रसाद धितालद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१] यो पुस्तक साझा प्रकाशनले सन् १९९५ मा प्रकाशित गरेको थियो । पुस्तक महाभारतकी पात्र सत्यवतीमा आधारित छ। पुस्तकले प्रतिष्ठित मदन पुरस्कार जित्यो। उज्यालो हुन अघी नामक आञ्चलिक उपन्यास लेख्ने लेखकको यो दोस्रो पुस्तक हो।

सारांश[सम्पादन गर्नुहोस्]

पुस्तकमा माझीको छोरीबाट हस्तिनापुरकी रानी बन्ने सत्यवतीको कथालाई चित्रण गरिएको छ। योजना गन्धको कथानक मुख्यतया महाभारत र आंशिक रूपमा हरिवंश पुराण र देवी भागवतमा आधारित छ। योजनागन्ध पनि विशाल ग्रन्थ महाभारतको विशालता भित्र लुकेका अनगिन्ती पात्रहरू मध्ये एक हो। हिन्दू पौराणिक नारी पात्र योजनागन्धको पनि महाभारतमा महत्वपूर्ण स्थान छ भने उपन्यासकार धितालले योजनागन्धलाई यस उपन्यासमा मुख्य पात्रको रूपमा चित्रण गरेका छन् ।[२]

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

उनको पुस्तकले नेपाली साहित्यको सर्वोच्च साहित्यिक सम्मान २०५२ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।[३][४] सो किताबले सोही वर्ष साझा पुरस्कार पनि जितेको थियो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]