रङ्गोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रंगोलीबाट अनुप्रेषित)
दीपावलीको अवसरमा रङ्गोली, गोवा भारत

रङ्गोली भारतीय उपमहाद्वीपबाट उत्पत्ति भएको प्राचीन सांस्कृतिक परम्परा तथा लोक कला हो।[१] विभिन्न प्रदेशहरूमा रङ्गोलीको नाम र त्यसको शैलीमा भिन्नता हुनसक्छ तर यसको पछाडिको निहित भावना र संस्कृतिमा पर्याप्त समानता छ। यसको यहीँ विशेषताले यसलाई विविधता दिन्छ र यसको विभिन्न आयामहरूलाई पनि प्रदर्शित गर्दछ। यसलाई चाडपर्व, व्रत, पूजा, विवाह आदि शुभ अवसरहरूमा सुख्खा र प्राकृतिक रङ्गहरूबाट बनाइन्छ। रङ्गोलीहरू सामान्यतया दीपावली वा तिहार, ओणम, पोङ्गल, र भारतीय उपमहाद्वीपमा अन्य हिन्दू चाडपर्वहरूमा बनाइन्छ, र प्रायः दीपावलीको समयमा बनाइन्छ।

यसमा साधारण ज्यामितिक आकार वा देवी देवताहरूको आकृतिहरू हुनसक्छ। यसको प्रयोजन सजावट र सुमङ्गल हो। यसलाई प्रायः घरका महिलाहरूले बनाउँछन्। विभिन्न अवसरहरूमा बनाइने यी परम्परागत कलाकृतिहरूको विषयवस्तु अवसरअनुसार फरक-फरक हुन्छ। यसका लागि प्रयोग गरिने परम्परागत रङ्गहरूमा पिसेको सुक्खा वा भिजेको चामल, सिन्दुर, रोली, बेसार, सुक्खा पिठोलगायत प्राकृतिक रङ्गहरूको प्रयोग हुने भएपनि अहिले रङ्गोलीमा रासायनिक रङ्गहरूको पनि प्रयोग हुन थालेको छ। रङ्गोली ढोकाको बीचमा वा वरपर, आँगनको केन्द्र र उत्सवको लागि तोकिएको ठाउँको बीचमा वा वरपर बनाइन्छ। कहिलेकाहीँ यो फूलहरू, काठ वा अन्य कुनै वस्तुको भुसा वा चामल आदिबाट पनि बनाइन्छ।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The Tradition of Rangoli" (एचटिएमएल) (अङ्ग्रेजीमा), diwalifestival.org, अन्तिम पहुँच ५ जुन २००८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]