राई घाँस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राई घाँस
Lolium perenne
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
भाग: Tracheophyta
वर्ग: Liliopsida
गण: Poales
कुल: Poaceae
वंश: Lolium
प्रजाति: Lolium perenne
वैज्ञानिक नाम
Lolium perenne
L.
पर्याय

Lolium vulgare Host
Lolium trabutii Hochr.
Lolium tenue L.
Lolium strictum var. compressum
Lolium rosetlanum Fig. & Delile ex Rouville
Lolium rigidum var. compressum
Lolium repens Honck.
Lolium pseudoitalicum Schur
Lolium perenne var. tenue
Lolium perenne var. ramosum
Lolium perenne var. pacyi
Lolium perenne f. microstachyum
Lolium perenne var. cristatum
Lolium perenne var. compressum
Lolium perenne var. brasilianum
Lolium perenne var. aristulatum
Lolium montevidense Rouville
Lolium marschallii Steven
Lolium latum Roth ex Steud.
Lolium jechelianum Opiz
Lolium halleri C.C.Gmel.
Lolium gmelinii Honck.
Lolium glumosum Planellas
Lolium felix Rouville
Lolium cristatum Pers. ex B.D.Jacks.
Lolium compressum Boiss. & Orph. ex Nyman
Lolium cechicum Opiz
Lolium canadense Bernh. ex Rouville
Lolium brasilianum Nees
Lolium agreste Roem. & Schult.
Lolium aechicum Rouville
Hordeum compressum Boiss. & Orph.
Festuca perennis (L.) Columbus & J.P.Sm.

राई घाँस उच्च भूभागमा उत्पादन हुने एक प्रजातिको घाँस हो। यो घाँस मुख्यतया युरोप, एसिया र उत्तर अफ्रिकामा पाइन्छ। यो घाँसलाई समुद्री सतहबाट १५०० मिटर देखि ४००० मिटरको उचाईसम्म सफलता पुर्वक खेती गरिएको छ। यो घाँसमा घरपालुवा जनावरका लागि उपयुक्त मानिन्छ। यो घाँस घरपालुवा पशुहरूको रुचाएर खाने र सुपाच्य भएको हुँदा दुधालु गाई, भैँसी तथा भेडा पालनको लागि यो एक प्रमुख घाँसको रूपमा पनि परिचित छ। यो घाँस शितोष्ण हावापानी भएको स्थानको लागि राम्रो हुने गरेको छ।[१] यो घाँसबाट धेरै उत्पादन लिन सकिने, छिट्टै स्थापित हुने, कम खनजोतमा पनि पलाउने र पानी जम्ने ठाउँमा पनि उत्पादन लिन सकिने गुण यसको रहेको छ।

वितरण[सम्पादन गर्ने]

राई घाँस दक्षिण युरोप, मध्य पूर्व, उत्तर अफ्रिका र मध्य एसियाको रैथाने प्रजातिको घाँस हो। घरपालुवा जनावरका लागि राम्रो र चरन पशु चरन क्षेत्रमा लगाउन उपयुक्त भएकाले यसलाई उत्तर अमेरिका, दक्षिण अफ्रिका र अस्ट्रेलिया सहित नयाँ क्षेत्रमा बसोबास गर्ने मानिसहरूले विभिन्न ठाउँमा पुर्‍याएका थिए। यो भूक्षय रोक्न र माटोलाई स्थिर बनाउनका लागि पनि प्रयोग गरिँदै आएको छ। यस प्रजातिको घाँसको बीउ सजिलैसँग उम्रन सक्ने भएकाले यसलाई सडकको किनार, फोहोर फालिएको ठाउँ, नदीको किनार र बालैटे माटो भएको क्षेत्रमा पनि लगाइएको पाइन्छ।[२] नेपालको सन्दर्भमा विगतमा २६ प्रजातिका राई घाँसहरू ल्याई अनुसन्धान गरिएकोमा रन्युई पेरोमा र लामोरा आदि नेपालको हावापानीमा राम्रो नतिजा देखिएको थियो।

हावापानी तथा माटो[सम्पादन गर्ने]

यसले अधिकतम चिसो वा तातो र खडेरी सहन गर्न सक्दैन। यो चिसो र ओसिलो हावापानीमा हुने घाँस हो। यो घाँस मलिलो, राम्रो निकास भएको विभिन्न प्रकारको माटोमा खेती गर्न सकिन्छ। यसले लामो अवधि सम्मको भल वा बाढी सहन गर्न सक्दछ।[३] यस घाँसलाई राम्रोसँग उम्रन २०-२५ डिग्री सेल्सियस तापक्रम हुनु आवश्यक हुन्छ भने यस घाँसको अधिक उत्पादनका लागि वार्षिक वर्षा ४५७ देखि ६३५ मिलिमिटर भन्दा बढि हुनु पर्दछ। यस घाँसलाई अम्लीय तथा छारिय माटोमा पनि खेति गर्न सकिन्छ। राई घाँसको राम्रो उत्पादनका लागि माटोको पिएच ५.१ देखि ८.४ आवश्यक पर्दछ।

जमिनको तयारी तथा मलजल[सम्पादन गर्ने]

Starr 001026-9002 Lolium perenne

यो घाँस विभिन्न स्थानहरूमा चरन क्षेत्रका लागि प्रयोग गरिन्छ र त्यस्तै गरी भू-संरक्षणका लागि पनि राई उपयुक्त हुन्छ।[४] यस घाँस छर्नु भन्दा अगाडि साधारणतया ३-४ पटक खनजोत गरी माटो बुर्रबुराउदो बनाउनु पर्दछ। बीउ छर्दा ०.६ सेमी देखि १.२५ सेमी गहिराईमा आवश्यक पर्दछ। यसलाई अन्य घाँसहरूसँग मिश्रण गरि पनि छर्न सकिन्छ जसका लागि ०.६ सेमी गहिराइ राख्नु पर्दछ। यस घाँसको बीउ छर्ने उपयुक्त समय उच्च पहाडी क्षेत्रमा हिउ पग्लीए पछि चैत- वैशाख तिर र तल्लो पहाडी क्षेत्रमा वर्षा ऋतु सुरु भए पछि जेठ असारतिर छर्नु पर्दछ।</ref> · [५] यस घाँसलाई उन्नत तरिकाले खेति गर्दा प्रतिहेक्टर १०० किग्रा नाइट्रोजन, ६० किग्रा फसफोरस र ४० किग्रा पोटास प्रयोग गर्नु पर्दछ।[६] चरन तथा खर्कहरूमा राम्रो तरिकाबाट खनजोत गर्न कठिनाइ हुने हुँदा ठाँउ ठाँउमा खनजोत गरी बीउ छर्नु पर्दछ। यसरी बीउ छर्दा १ देखि २ मिटरको फरकमा व्याड बनाइ बीउ छर्नु पर्दछ अर्थात १ मिटरको फरकमा भिरालो क्षेत्रमा तेसो तरीकाले घाँसको बीउ छर्नु पर्दछ।

घाँसको व्यवस्थापन[सम्पादन गर्ने]

उच्च भूभागमा घाँस उम्रि राम्रोसँग स्थापित नभए सम्म र विरुवा राम्रोसँग नहुर्के सम्म अर्थात घाँसको उचाई २५-३० सेमी नभए सम्म घरपालुवा जनावरहरू चराउनु छोड्नु हुँदैन। घाँसको उत्पादनमा र गुणस्तर कायम राख्न चरन व्यवस्थापन तथा घाँस काट्ने प्रचलनमा भर पर्दछ। घाँस काट्दा पोटाउन सुरुहुने अवस्था उत्तम मानिन्छ। प्रथम पटक घाँस काट्ने वितिकै पुनः घाँस उत्पादन वृद्धि गर्न रासायनिक मलको प्रयोग गर्नु पर्दछ। घाँसको ४-५ पात भएपछि उखल्न खोज्दा नउखल्लीने भएमा मात्र पशुले चरेपनि तान्न सक्दैन र घाँस स्थापित हुन्छ। घरपालुवा जनावर चराउनु पूर्व घाँसको उचाइ कम्तीमा १०-२५ सेमी हुनु पर्दछ। जब घाँस चराएर वा काटेपछि २.५ सेमी भन्दा कम हुन्छ त्यतिबेला चरनमा पशु छाड्नु हुँदैन र घाँस काट्दा कम्तीमा ६ सेमी जमिनमा छाड्नु पर्दछ। एक पटक चराएपछि कम्तीमा २ हप्ता चरनमा पशु छाड्नु हुँदैन। यो घाँस छरेको ५-६ महिनापछि घाँस काट्न लाएक हुन्छ। यस प्रजातिको घाँसलाई वर्षको ७-८ पटकसम्म घाँस काट्न सकिन्छ तर हिमपात युक्त क्षेत्रमा २-३ पटक मात्र घाँस काट्न सकिन्छ।[७] यस घाँस प्रतिहेक्टवर ४०-६० मेट्रिक टन उत्पादन लिन सकिन्छ।

चित्र दिर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "BSBI List 2007" (xls), Botanical Society of Britain and Ireland, अप्रिल २०१८, मूलबाट २०१५-०१-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-१०-१७ 
  2. "Lolium perenne (perennial ryegrass)", Invasive Species Compendium, CABI, अन्तिम पहुँच ८ डिसेम्बर २०१५ 
  3. BSBI Description वेब्याक मेसिनमा अभिलेखिकरण २०११-०७-१७ मिति retrieved 10 December 2010.
  4. "TOXICITE DE LA FETUQUE ELEVEE ET DU RAY-GRASS ANGLAIS ENDOPHYTES SUR OVINS (2014), Thèse de M. NASRALLAH ZBIB, 150 p" (फ्रान्सेलीमा)। 
  5. "Bony, S., Pichon, N., Ravel, C., Durix, A., Balfourier, F. and Guillaumin, J.-J. (2001), The relationship between mycotoxin synthesis and isolate morphology in fungal endophytes of Lolium perenne. New Phytologist, 152: 125–137." (अङ्ग्रेजीमा)। 
  6. "Grass Courts", www.wimbledon.com, अन्तिम पहुँच २०१७-०७-०८ 
  7. "Le ray-grass anglais", GNIS, २५ मे २०१८। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]