सामग्रीमा जानुहोस्

राकेश टिकैत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राकेश टिकैत
सन् २०१६ अप्रिलमा टिकैत
जन्म (1969-06-04) ४ जुन १९६९ (उमेर ५७)
सिसुली, उत्तर प्रदेश, भारत
शिक्षामेरुत विश्वविद्यालय एमए, एलएलबी[१]
पेशाकृषक
संस्थानभारतीय किसान युनियन
जीवनसाथी
सुनिता देवी
(
वि १९८५)
सन्तान3
मातापितामहेन्द्र सिंह टिकैत

राकेश टिकैत (जन्म ४ जुन १९६९) भारतीय किसान युनियनका राष्ट्रिय प्रवक्ता हुन्, महेन्द्र सिंह टिकैतका दोस्रो छोरा, भाकियूका पूर्व अध्यक्ष हुन्। [२]

२०२० मा, कृषि कानूनको बिरूद्धमा गाजीपुर सीमामा धरना प्रदर्शन बाट चर्चामा रहेका थिए।

जीवन परिचय

[सम्पादन]

टिकैतले मेरठ विश्वविद्यालयबाट एमए डिग्री प्राप्त गरेका हुन र सन् १९९२ मा दिल्ली प्रहरीमा तत्कालीन उप-निरीक्षक रूपमामा कान्स्टेबुलको रूपमा सामेल भए, तर साल १९९३- १९९४ मा लाल किल्लामा किसानहरुको विरोध प्रदर्शन को समयमा दिल्ली प्रहरी छोडिदिए र भारतीय किसान युनियन (बीकेयू) को सदस्यको रूपमा विरोध सामेल भए।

सन् २०१८ मा, टिकैत हरिद्वार, उत्तराखण्ड (उत्तराखण्ड) देखि दिल्लीसम्म किसान क्रान्ति (क्रान्ति) यात्राको नेता थिए ।

विवाद र विरोध

[सम्पादन]

मुजफ्फरनगरमा भएको ठूलो पञ्चायतमा उनले अल्लाह हु अकबर हर हर महादेवको नारा लगाएपछि उनको निकै आलोचना भएको थियो । [३]

भारतका भाजपा किसान नेता भानु प्रताप सिंहले राकेश टिकैतलाई बेइमान भनेका थिए । भानु प्रतापले राकेश टिकैत कांग्रेस पार्टीका दलाल भएकाले आन्दोलन गर्न पार्टीबाट पैसा लिने खुलासा गरेका थिए । उनले राकेशको देशका वास्तविक कृषकमा लोकप्रियता नभएको बताए । उनले दुईपटक चुनाव लडे र नराम्ररी पराजित भए । उनलाई देशका किसानले कहिल्यै पनि आफ्नो परोपकारी नेता मानेनन् । भानु प्रताप सिंहले राकेश टिकैत भारतीय किसान आन्दोलन (२०२०-२०२१) को कुनै समाधान नचाहने व्यक्ति भएको आरोप लगाए, किनभने तिनीहरूको आन्दोलन राजनीतिक रूपमा प्रेरित छ। तिनीहरूको आन्दोलन जति लामो हुन्छ, तिनीहरूले ठूलो पैसा पाउँछन्। [४] [५]

देशका किसानले राकेश टिकैतको सम्पत्तिको छानबिन गर्न सरकारसँग माग गरेका थिए । यस विषयमा केही न्युज च्यानलहरुले चकित पार्ने खुलासा गरेका छन् । उनको आम्दानीको तुलनामा असमान सम्पत्ति रहेको पाइएको थियो । [६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "राकेश टिकैत: मेरठ यूनिवर्सिटी से LLB, किसानों के लिए छोड़ी Delhi Police की नौकरी, 44 बार जा चुके हैं जेल" [Rakesh Tikait: LLB from Meerut University, left Delhi Police job for farmers, has gone to jail 44 times], Zee Uttar Pradesh Uttarakhand (हिन्दीमा), २८ जनवरी २०२१।
  2. ↑ "जानिए कौन हैं राकेश टिकैत, जो किसानों की तरफ से सरकार से कर रहे बातचीत", आज तक (हिन्दीमा), अन्तिम पहुँच २८ जनवरी २०२१।
  3. ↑ "राकेश टिकैत ने मंच से लगवाए अल्लाह-हू-अकबर हर हर महादेव के नारे, कहा- ‘दिल्ली में हमारी कब्रगाह भी बन जाए तब भी मोर्चा नहीं छोड़ेंगे’", OPINDIA।
  4. ↑ "Rakesh Tikait के लिए चुनौतियां बढ़ी, भाकियू (भानु) के अध्यक्ष भानु प्रताप ने बताया बेईमान", आज तक।
  5. ↑ "राकेश टिकैत के विरोध में उतरे दूसरे किसान नेता, बोले- कांग्रेस की फंडिंग से चल रहा आंदोलन", पत्रिका, मूलबाट २०२१-०८-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-१२-२०।
  6. ↑ "Rakesh Tikait की संपत्ति का खुलासा, देश के 4 राज्यों के 13 शहरों में है संपत्ति; जानें कहां-कहां फैला कारोबार", Zeenews, मूलबाट २०२१-०२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-१२-२०।

बाह्य लिङ्कहरू

[सम्पादन]