सामग्रीमा जानुहोस्

नान्यदेव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(राजा नान्यदेवबाट अनुप्रेषित)
नान्यदेव
डोय राज्यको राजा
शासनकालवि सं ११५४-१२०५
पूर्वाधिकारीस्थापित
उत्तराधिकारीगङ्गादेव
सन्तानगङ्गादेव
अर्जुनदेव
वंशकर्णाट वंश
धर्महिन्दु

वि. सं. ११५४ मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको सिमरामा पर्छ ।नान्यदेव दक्षिण भारतमा चालुक्य शासकको राज्यको सेनापति थिए र चालुक्यहरूले उत्तर भारततर्फ विजय अभियान चलाउदा नान्यदेव नेपाल पसेका थिए।

नान्यदेवले गौड वंशीय राजा रामपालको राज्यमाथी आक्रमण गरे । त्यो राज्यको उत्तरतर्फको मिथिला प्रदेशलाई उनले आफ्नी अधीनमा पारी राज्य आफ्नै वंशलाई लिई शासन गर्न थाले ।[]

  1. राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ ९७ ।