रातो जुनबकुल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रातो जुनबकुल्ला
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण edit
जगत: जन्तु
Phylum: हाड भएका
वर्ग: चरा
गण: Pelecaniformes
परिवार: Heron
Genus: Ixobrychus
(जोहान फ्रेडिच ग्म्यालिन, १७८९)
प्रजाति: I. cinnamomeus
वैज्ञानिक नाम
Ixobrychus cinnamomeus
(जोहान फ्रेडिच ग्म्यालिन, १७८९)

रातो जूनबकुल्ला नेपाल लगायत भारत, चिन देखि इण्डोनेसियासम्मको क्षेत्रमा पाइने बकुल्ला प्रजातिको एक पंक्षी हो। यो पंक्षीले छोटो दुरीमा बसाइँसराइ गर्ने गर्छ।

विवरण[सम्पादन गर्ने]

रातो जुनबकुल्लाको लम्बाई ४० बाट ४१ सेमी (१६ बाट १६ इन्च) हुन्छ र यसको एउटा पखेटा देखि अर्को पखेटासम्मको लम्बाई ४९.५ सेमी (१९.५ इन्च) हुन्छ भने यसको तौल ८०.५ देखि १६४ ग्राम हुन्छ। यस पंक्षीको छोटो घाँटी र चुच्चे लामो हुन्छ। यस प्रजातिको पोथी जाति भाले भन्दा सानो हुन्छ तर पोथीको पछाडिको भाग र टाउको खैरो रङ्गको हुन्छ। यस पंक्षीको चुच्चे पहेँलो र हल्का सुन्तला रङ्गको हुन्छ। यस पंक्षीको आँखाको नानी पहेँलो देखि सुन्तला रङ्गको हुन्छ। यसको टाउको तलको भाग र घाँटी हल्का सेतो हुन्छ। यस पंक्षीको पुच्छर खैरो र खुट्टा पहेँलो र हल्का हरियो हुन्छ।

वितरण र बासस्थान[सम्पादन गर्ने]

रातो जुनबकुल्ला मुख्यतया पाकिस्तान, भारत, नेपाल, इण्डोनेसिया, फिलिपिन्स र दक्षिण पुर्वी एसियामा पाइने गर्छन्।

रातो जुनबकुल्ला आफुलाई लुकाउनका लागि धेरै घाँस भएको क्षेत्रमा बस्ने गर्छ। यो पंक्षी सफा पानीको तालको छेउछाउ, नदि, नहर, पोखरीमा आदिमा पाइन्छन्। यो पंक्षी समुद्र तटमा म्याङ्ग्रोभ क्षेत्र र हिलो भएको ठाउँमा पनि उत्तिकै मात्रामा पाइन्छ। यस पंक्षीको धान खेती पनि एक महत्वपूर्ण बासस्थान हो। यो पंक्षी कहिलेकाँही गाईवस्तु भएको ठाउँमा पनि पाइन्छ। यो पंक्षी समुन्द्र सतहबाट २००० मिटरको उचाइ सम्म पनि पाइन्छन्। यो पंक्षी मानव बस्तीबाट केही दुरीमा बस्ने गर्छ।[२]

प्रजनन[सम्पादन गर्ने]

भारत र दक्षिण पुर्वी एसियामा यस पंक्षीले वर्षा ऋतुमा जुलाई देखि अगस्ट सम्म गुण बनाउने गर्छ। यसले सेप्टेम्बर देखि डिसेम्बर र फेब्रुअरी देखि जुलाई सम्म मलाय प्रायद्विपमा पनि गुण बनाउने गरेको छ।

यस पंक्षीले मुख्यतया धान खेती गरेको क्षेत्र र पानीमा उम्रिने बनस्पतिमा गुण बनाउने गर्छ। यसले बाँसको रुख, झाडी, सानो रुखमा पनि गुण बनाउने गरेको छ। चीनको दक्षिण पुर्वी क्षेत्रमा यस पंक्षीले जमिनमा पनि गुण बनाउने गरेको पाइएको छ। यस पंक्ष समूहमा बस्छ र एक समुदाय भित्र रहेर गुण बनाउने गर्छ। यस पंक्षीले ससाना सुकेका झार, पात र हरियो घाँसको प्रयोग गर्दै रुख बनाउने गर्छ। यस पंक्षीको गुण जमिनबाट १ वा २ मिटरको उचाइमा हुन्छ। भाले रातो जुनबकुल्लाले अाफ्नो गुणमा पोथीको ध्यानाकर्षण गर्नका लागि रुखमा टुप्पोमा र घाँसे क्षेत्रहरूमा गएर विभिन्न आवाज निकाल्ने गर्छ। दुवै जोडि मिलनका लागि राजी भएपछि दुई बीच मिलन हुन्छ।

यस पंक्षीको अण्डा सेतो हुन्छ। अण्डाको आकार ३३-३६.५ × २५.५-२६.४ मिलिमिटर हन्छ। यस पंक्षीले एक पटको मिलनमा २ देखि ५ वटा अण्डा दिन्छ जुन पोथीले दैनिक पार्ने गर्छ। अण्डालाई दुवैको भाले र पोथीले कुरल्ने गर्छन् भने चल्ला कति दिनमा अण्डाबाट बाहिर आउँछन् भन्ने तथ्याङ्क फरक फरक छ।

आहारा[सम्पादन गर्ने]

यस पंक्षीले मुख्यतया झिस्मिसे बिहानी र दिउँसोमा सक्रिय हुने भएकाले यसले दिउँसो सिकार गर्ने गर्छ। यस पंक्षीले आफ्नो आहारा विभिन्न माध्यको प्रयोग गरेर समाउने गर्दछ। यस पंक्षीको मुख्य आहारा माछा, इल, किरा, फटयाङ्ग्रा, माकुरो, गाइनेकिरा, साना उभएचर प्राणी, झिङे माछा, गङ्गटा आदि हो गर्छ। यो पंक्षी छिटो हिड्न सक्दैन।

स्थित[सम्पादन गर्ने]

यस पंक्षी विश्व छरिएर बस्ने र धेरै मात्रामा पाइने भएकाले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वरा कम चासोका प्रजातिको रुपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. बर्डलाइभ इन्टरनेसनल (२०१२), "Ixobrychus cinnamomeus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची (अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ) २०१२: e.T२२६९७३२३A४०२५६९६२, अन्तिम पहुँच ९ फेब्रुअरी २०१६ 
  2. "रातो जुनबकुल्लाको जानकारी", एचडब्ल्यूबी 

बाह्य कडीहरू[सम्पादन गर्ने]