रायगञ्ज उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रायगञ्ज

রায়গঞ্জ
उपजिल्ला
रायगञ्ज is located in बङ्गलादेश
रायगञ्ज
रायगञ्ज
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°३०.१′उ॰ ८९°३२.१′पू॰ / २४.५०१७°N ८९.५३५०°E / 24.5017; 89.5350निर्देशाङ्कहरू: २४°३०.१′उ॰ ८९°३२.१′पू॰ / २४.५०१७°N ८९.५३५०°E / 24.5017; 89.5350
देशबङ्गलादेश बङ्गलादेश
राज्यराजशाही विभाग
जिल्लासिराजगञ्ज जिल्ला
क्षेत्रफल
 • जम्मा२६७.८३ किमी (१०३.४१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा२२५,०२८
 • घनत्व८४०/किमी (२,२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटरायगञ्ज उपजिल्लाको आधिकारिक नक्सा

रायगञ्ज (बङ्गाली: রায়গঞ্জ) बङ्गलादेशको सिराजगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

रायगञ्ज सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°२५' देखि २४°३४' उत्तर अक्षांश र ८९°२४' देखि ८९°३८' पूर्वी देशान्तरणमा अवस्थित छ। रायगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २६७.८३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई बगुडा जिल्लाको शेरपुरधुनट उपजिल्लाले उत्तर, उल्लापाडाकामारखान्दा उपजिल्लाले दक्षिण, सिराजगञ्ज सदरकामारखान्दा उपजिल्लाले पूर्व र ताडाश उपजिल्लाले पश्चिमबाट घेरेको छ। कारतोया र इचामती नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने यस युद्धका बेला पाकिस्तानी सेना र बङ्गलादेशको स्वतन्त्रताको लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको सालङ्गा, पाङ्शाही, धानगाढा र चन्दाइकोना जस्ता ठाउँहरूमा युद्ध र प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ थुप्रै लडाकुहरू र पाकिस्तानी सेनाहरू मारिएका थिए भने पाकिस्तानी सेनाले यस उपजिल्लाका थुप्रै घरहरूमा पूर्णतया आगजनी गरेका थिए। रायगञ्ज १२ डिसेम्बरका दिन पाकिस्तानबाट मुक्त भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २६७५२२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३७५७४ छ भने महिलाको जनसङ्ख्या १२९९४८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २३४११२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३३३६१, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १९ रहेको छ। यस उपजिल्लामा ३६१ मस्जिद, ५२ हिन्दु मन्दिर र २ चिहानहरू रहेका छन्। धानगाढा मस्जिद, खारिजा धुधहाट मस्जिद, खरिजा मस्जिद, भोला देवानको चिहान, राजरबाडी मन्दिर आदि यस उपजिल्लाको प्रख्यात इस्लामी धार्मिक स्थल हो। यस उपजिल्लाका ९०.७७% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.४२% ले पोखरी, ०.३२% ले टुटी र ८.४९% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका २३.३२% धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। रायगञ्ज उपजिल्लामा १ उपजिल्ला स्वास्थ केन्द्र र ९ स्वास्थ्य जाँच केन्द्रहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ३३.५७% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १७७०, १८९७, १९४३ र १९७४ मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १८८५ र सन् १९९७ मा आएको भुकम्पमा यस उपजिल्लामा थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, प्याज, उखु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चामल, केरा, बेसार, आलु लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, अलहर, सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १४ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ३८ माछापालन केन्द्र, ८ दुग्ध सङ्कलन केन्द्र तथा, २८ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६९.२७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.९३% मजदुरीमा, उद्योग तथा व्यापारमा ४.४६% वाणिज्यमा ११.२५%, सञ्चार तथा यातायातमा २.५१%, निर्माण क्षेत्रमा ०.९०%, सुविधामा ३.९०%, धार्मिक सेवामा ०.१७%, वैदेशिक रोजगारी तथा भाडामा ०.१८% र अन्यमा ५.३३% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

रायगञ्ज थानको स्थापना सन् १९३७ मा भएको थियो भने सन् १९८३ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। रायगञ्ज उपजिल्ला एक नगरपालिका सहित ९ सङ्घ परिषद्मा विभाजन गरिएको छ जुन यस प्रकार छन्; धानगडा सङ्घ परिषद्, चान्दाइकोना सङ्घ परिषद्, धुविल सङ्घ परिषद्, घुडका सङ्घ परिषद्, सोनाखाडा सङ्घ परिषद्, नलका सङ्घ परिषद्, पाङ्गाशी सङ्घ परिषद्, धामाइनगर सङ्घ परिषद्, ब्रह्मगाछा सङ्घ परिषद्। हाल रायगञ्ज उपजिल्लामा १९३ मौजा र २७० गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ३५.५८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४०.६३% छ भने महिलाको साक्षरता दर ३०.२५% रहेको छ। यस उपजिल्लामा ११ क्याम्पस, ४३ माध्यमिक विद्यालय र ३७ मद्रासाहरू रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; सालाङ्गा डिग्री क्याम्पस (सन् १९७०), हाजी वाहिल मारियम डिग्री क्याम्पस (सन् १९७२), धानगडा महिला क्याम्पस (सन् १९९९), चान्दाइकोना बहुभाषिक उच्च विद्यालय (सन् १९२१), धानगडा उच्च विद्यालय (सन् १९५०), जेकेए मनान उच्च विद्यालय (सन् १९७३), धानगडा फजिल मदरसा (सन् १९७६) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. खान, मोनायम (सन् २०१२), "রায়গঞ্জ উপজেলা", in इस्लाम, सिराजुल; जामल, आहमेद, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (Second संस्करण), बङ्गलादेशको एसियाली समाज। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]