सामग्रीमा जानुहोस्

रूट्युब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रूट्युब
व्यावसायको प्रकारनिजी
साइटको प्रकार
श्रव्य दृश्य साझेदारी सेवा
उपलब्ध भाषारूसी
संस्थापितसन् २००७
मुख्यालयहरू
 रूस मस्को
सेवा क्षेत्ररूस तथा रूस वरिपरिका क्षेत्र, विश्वव्यापी
मालिकगाजप्रोम-मिडिया
संस्थापक (हरू)ओलेग भोलोबुभ, मिखाली पलकिन
मुख्य व्यक्तिहरूयेलेना साखारोभा (प्रमुख कार्यकारी अधिकृत), अलेक्जेण्डर दुनेभिस्की (उप निर्देशक, रणनीतिक विकास)
उद्योगइन्टरनेट
सेवाहरूश्रव्य दृश्य साझेदारी सेवा (प्रयोगकर्ता-उत्पादित सामग्री), श्रव्य दृश्य प्रवाह
कर्मचारीहरूलगभग ८०
युआरएलhttp://rutube.ru
अलेक्सा क्रम १,२२३ []
वर्तमान स्थितिचालू

रूट्युब (रुसी: Рутью́б) एक रूसी श्रव्य दृश्य साझेदारी सेवा र श्रव्य दृश्यका सामग्री एकत्रित गर्ने एक वेब सेवा हो जुन गाजप्रोम-मिडियाको स्वामित्वमा रहेको छ भने यसलाई रूफर्मले व्यवस्था गरेको छ।[] अप्रिल २०१२ सम्म, प्रति महिना १ करोड ४५ लाख अन्य प्रयोगकर्ताहरूले मात्र हेरेका श्रव्य दृश्यहरू रूट्युबमा (१२ देखि ५४ वर्षको उमेरमा रूसी प्रयोगकर्ताहरूको उप-समूह मार्फत) साझेदारी गरिएको हुन्छ।[] सन् २०१२ का अनुसार, रूट्युबका ३ करोड नमूना प्रयोगकर्ताहरू रहेका छन् जसले १६ करोड ८० लाख श्रव्य दृश्यहरू हेरिसकेका छन्।[] ओलेग भोलोब्युभ र इगलका संस्थापक मिखाली पलकिनले यस सेवालाई संयुक्त रूपमा सुरुवात गरेका थिए जसले पहिला लोकप्रिय ब्राउजरमा आधारित अनलाइन बहुखेलाडी खेल दोजोरीको स्थापना गरेका थिए।

रूट्युबमा दर्ता नभएका प्रयोगकर्ताहरूल श्रव्य दृश्य हेर्न, साझा गर्न र श्रव्य दृश्य खोजी गर्न सक्छन् भने फेसबुक मार्फत दर्ता भएका प्रयोगकर्ताहरूले थप सेवाहरू उपयोग गर्न सक्छन् जस्तै श्रव्य दृश्य पत्ता लगाउँने फेसबुकमा श्रव्य दृश्य हेर्ने, श्रव्य दृश्य उर्ध्वभरण गर्न, टिप्पणी गर्न र श्रव्य दृश्य मनपराउन सक्छन्। सन् २०१५ मा रूट्युबका सामग्रीहरूले रूसमा ३.४ अर्ब दर्शक प्राप्त गरेको थियो भने अन्य देशहरूमा गरी यसले ५ अर्ब अवलोकन प्राप्त गरेको थियो। विश्लेषण कम्पनी जेसन एन्ड पार्टनर्सका अनुसार, रूसमा रूट्युबले अनलाइन श्रव्य दृश्य सेवा बजारको १०% (०.६ अरब रूबल) भाग ‌‌‌ओगट्छ।

सेवाको नमूना

[सम्पादन गर्नुहोस्]

सेवा आइओएसएन्ड्रोइड (सञ्चालन प्रणाली) लागि वेब संस्करण र अनुप्रयोगद्वारा प्रतिनिधित्व गरिएको छ।[][] रूट्युबका सामग्रीहरू अनुकूलन श्रव्य दृश्य, दूरदर्शन च्यानलका सामग्री, खेलकुद श्रृङ्खलाको सङ्गालो, र सङ्गीत श्रव्य दृश्यहरूमा आधारित छ। यस श्रव्य दृश्य साझेदारी सेवाले विभिन्न रूसी दूरदर्शनहरूको सामग्रीहरू पनि प्रस्तुत गर्दछ।[] रूट्युबले श्रव्य दृश्य अगाडि, बीचमा र श्रव्य दृश्य पछाडि विभिन्न प्रकारका विज्ञापनहरू प्रस्तुत गरेर राजस्व सङ्कलन गर्ने गर्दछ। प्रदानकर्ताहरूले यस वेबसाइटमा विज्ञापन गर्नको लागि पहिला गाजप्रोम-मिडियासँग सम्झौताहरू गर्दछन्।[] श्रव्य दृश्य आयोजना गर्न लाग्ने सामर्थ्यले विज्ञापन निशेध र अन्य विज्ञापनलाई अबरुद्ध पार्ने उपकरण चलाउने प्रयोगकर्ताहरूका लागि श्रव्य दृश्यको गुणस्तर कम गर्दछ।[]

प्रारम्भिक रूपमा परीक्षण प्रयोगकर्ताले-उर्ध्वभरण गरेका श्रव्य दृश्यहरूमा सुरुमा अश्लील सामग्री, प्रतिलिपि अधिकार उल्लङ्घन, लागूपदार्थको प्रचार, हिंसा, अपमान र अन्य गैरकानुनी सामग्रीहरूको जाँच गर्दछ।[] त्यसपछि, प्रतिलिपि अधिकार उल्लङ्घन पत्ता लगाउनका लागि एक इजाजतपत्र प्रणाली विकसित गरिएको छ, जसले यसको भण्डारमा प्रतिलिपी उल्लङ्घन गरेका सामग्रीहरूको डाउनलोडमा जाँच गर्दछ।[१०]

कम्पनीको आफ्नै एक आँकडा अनुसार, डिसेम्बर २०१४ मा आयोजित एक प्रेस सम्मेलनमा, यसका ३१% श्रव्य दृश्यहरू भिकन्तेक्त मार्फत हेरिने गरिएको कुरा सार्वजनिक गरिएको थियो।[११] मात्रै १४% यसको आफ्नै वेबसाइट रूट्युब डटरू मार्फत हेरिने गरिएको छ भने लगभग २०% जति टिएनटि अनलाइन डटरू र डोम२ डटरू मार्फत हेरिएको छ र बाँकी अवलोकनहरू यान्दिक्स श्रव्य दृश्य, रूसी सामाजिक सञ्जाल ओद्नोकलासनिकी र पोर्टल सिजनभार डटरू र अन्य वेबसाइट मार्फत हेरिएको छ।[१२]

रूट्युबका अनुसार, सेप्टेम्बर २०१५ सम्म, सेवाका ग्राहकहरूले प्रति महिना आैसत ३० करोड भन्दा बढी श्रव्य दृश्यहरू हेरिरहेका छन्।

सेवाको निर्माण तथा लगानीकर्ताहरूको खोज, सन् २००६—२००७

[सम्पादन गर्नुहोस्]

रूट्युबलाई ओरेलका तथा लोकप्रिय अनलाइनमा आधारित बहु-खेलाडी खेलका दोजरका सह मालिक ओलेग भोलोबुभ र मिखाली पलकिनले निर्माण गरेका थिए।[१३][१४] स्थानीय दूरदर्शन र एक पत्रिकासँगको अन्तर्वार्तामा संस्थापकले यस सेवालाई सन् २००४ देखि सन् २००५ सम्मको अन्तरालमा निर्माण गरेको बताएका थिए।[१५][१६][१७] उनको अनुसार, प्रयोगकर्ता आधारको वृद्धिलाई मालवेयर फैल्ने जोखिमले बाधा पुर्‍याएको थियो र टोलीले सेवालाई फ्ल्यास श्रव्य दृश्य प्रविधिमा बदलेको थियो। त्यतिबेलासम्म, अमेरिकी श्रव्य दृश्य साझेदारी सेवा युट्युबले लोकप्रियता लिइरहेकको थियो, र रूसी विकासकर्ताहरूले "रुसी युट्युब" लाई आफ्नो सेवाको चरित्रकरण गरेका थिए। श्रव्य दृश्य आयोजाक ढाँचामा, रुत्युबले सन् २००६ मा सञ्चालन सुरु गरेको थियो।[१८]

सन् २००७ मा, यस श्रव्य दृश्य साझेदारी सेवाले आस्कर तुगानबेभलाई कम्पनीमा आबद्ध गरेको थियो। राजधानीमा रहँदा उनले विभिन्न साझेदारहरूसँग सम्बन्ध कायम गरेका थिए र उनले लगानीकर्ताहरूको खोजी गरेका थिए।[१९][२०] पछि, सेवाले गाजप्रोम मिडिया, माङ्ग्रुभ र विभिन्न कम्पनीहरूबाट कोष प्राप्त गरेको थियो। सेवाले कोमरसान्त ५० देखि १.५ करोड रूबल प्राप्त गरेको थियो र लगत्तै सेवाको सम्पत्ति १० लाख अमेरिकी डलर पुगेको थियो।[२१][२२] सन् २००८ को ग्रीष्ममा कोमरसान्तले रूट्युबमा १ करोड ५० लाख अमेरिकी डलरका लागि सेवाको अधिग्रहण गरेको[२३] र सेयरधनी र संस्थापकहरूका माझ केही रकम बाँडेको थियो।[२४]

गाजप्रोम मिडियाको सहायकको रूपमा सन् २००९–२०१२

[सम्पादन गर्नुहोस्]

सम्झौताको संरचनाको प्रक्रियामा, तुगानबेभको वार्षिक सम्झौताको समयावधि सकिएको थियो र उनले कम्पनी छाडेका थिए।[२५] विकासकर्ता र प्रणाली प्रशासकहरूलाई छुट्टै कम्पनीमा सरुवा गरिएको थियो जसमा नियन्त्रक प्रविधिको विकास र श्रव्य दृश्य आयोजनाका लागि समर्थन गरिएको थियो[२६] र पछि तिएनति च्यानल स्टेसन प्रबन्धन विभागका पूर्व प्रमुख, मिखाइल इलइचेभले निर्देशकको पद ग्रहण गरेका थिए।[२७]

अक्टोबर २०१० मा, रूट्युब प्रवाहकलाई भिकन्तेक्तसँग एकीकृत गरिएको थियो।[२८] त्यसपछि अप्रिलमा, श्रव्य दृश्य साझेदारी सामग्रीको एक भाग ओद्नोकलासनिकी नामक सामाजिक सञ्जालमा देखा परेको थियो, र सेप्टेम्बरमा श्रव्य दृश्य विज्ञापनको बिक्री सुरु भएको थियो।[२९] यसको अतिरिक्त, सेप्टेम्बर २०११ मा, पहिलो पटक रुत्युबले रूसी प्रिमियर लिगको प्रत्यक्ष प्रसारण गरेको थियो।[३०][३१] अक्टोबरमा, प्रयोगकर्ता अनुवाद सेवाले काम गर्न छोडेको थियो जुन श्रव्य दृश्य साझेदारीको सुरूवात पछि सञ्चालनमा रहेको थियो।[३२][३३]

मार्च २०११ मा, रुटुब व्यवस्थापन र यसको प्राविधिक नेतृत्वमा, नाउ डटरू नामक अनलाइन चलचित्र प्रदायक सुरूवात गरिएको थियो[३४] जसले निकलोडियन, सोनी पिक्चर्स, द वाल्ट डिज्नी कम्पनी, वार्नर ब्रदर्स, प्लेब्वय, लायन्सगेट, बिबिसीबाट अनुमति प्राप्त सामग्रीहरूको समावेश गरिएको थियो।[३५][३६]

पुनर्वनोट र थप विकास, सन् २०१२—२०१५

[सम्पादन गर्नुहोस्]

सन् २०१२ मा, ग्राजप्रोमले यसको बनोट, विकास रणनीति र व्यवस्थापन संयन्त्रहरूमा विशेष रूपले परिवर्तन गरेको थियो।[३७] नयाँ संस्करणको रूट्युबले भिके र फेसबुक र ओद्नोकलासनिकीबाट सामग्रीहरू एकीकृत गरेको थियो जसले उल्लेखित मञ्चहरूमा उर्ध्वभरण भएका श्रव्य दृश्यहरूलाई यसैबाट सञ्चालन गर्न अनुमति दिएको थियो।[३८] यसले युट्युब र भिमिओसँग पनि साझेदारी गरेको थियो। [३९] नाउ डटरूकी निर्देशक येलिना साखारोभाले यसको निर्देशकको रूपमा रहेका मिखाइल इलइचेभको पदोन्नति गरेकी थिइन्। अगस्टमा रूट्युबले फ्रान्सेली चलचित्रहरूको प्रसारण गरेको थियो।[४०]

सन् २०१४ मा, कम्पनीले सेयरधनी र संरचना परिवर्तन गर्ने निर्णय गरेको थियो[४१] जसमा यसले रोसतिलिकोमसँग सम्झौता गरेको थियो। [४२][४३] यसले पछि, जोमबय डटरूको अधिग्रहण गरेको थियो। फेब्रुअरी २०१५ मा, रूट्युब बालबालिकाहरूको गोपनियतामा ध्यान केन्द्रित गर्दै स्पुतनिकसँग[४४] सहकार्य गरेको थियो।[४५]

प्लादफर्मसँग समायोजन, सन् २०१६—२०१८

[सम्पादन गर्नुहोस्]

३ फेब्रुअरी २०१६ मा, रूट्युब श्रव्य दृश्य साझेदारी सेवा रूसी इन्टरनेट कम्पनी तथा कानुनी सामग्रीहरूको सबैभन्दा ठूलो वितरण सञ्जाल प्लादफर्मसँग समायोजन भएको खुलासा भएको थियो जसको माध्यमबाट श्रव्य दृश्य भिकन्तेक्त सामाजिक सञ्जाल सहित रूसी अनलाइन मञ्चहरूमा सार्वजनिक गर्न मद्दत मिलेको थियो। उक्त वर्षको मे महिनामा, कम्पनीहरूले समायोजन पूरा गरेको थियो। गाजप्रोम मिडियाले रूट्युब ब्रान्ड र रूट्युब डटरू वेबसाइटलाई नयाँ र सवल कम्पनीको रूपमा स्थानान्तरण गरेको थियो।[४६] कम्पनीको गाजप्रोम मिडियाको नयाँ संरचनामा ३३.३३% को स्वामित्व रहेको छ भने बाँकी स्वामित्व अघिल्लो प्लादफर्मका सेयरधनीहरूसँग रहेको छ जसमा अर्मान गुलिनिन, इभान ताभरिन लगायतका सेयरधनीहरू सामेल छन्। प्लादफर्मका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्मान गुलिनिन रूफर्मका प्रमुख कार्यकारी अधिकृत बनेका थिए र गाजप्रोम मिडियाका मिडिया अङ्कीय उपक्षेत्रका प्रमुख, भादिम फेदोतोभ, निर्देशक समितिको अध्यक्ष बनेका थिए। श्रव्य दृश्य अवलोकनको लागि सामूहिक बजारमा, हाल कम्पनीले रूट्युब ब्रान्ड अन्तर्गत काम गरिरहेको छ, जबकि प्लादफर्म ब्रान्ड अनलाइन मञ्चहरू र प्रतिलिपि अधिकार धारकहरूको लागि सुरक्षित गरिएको छ।[]

सन् २०१९—हाल, लिस्त मञ्च अन्तर्गत सेवा सञ्चालन

[सम्पादन गर्नुहोस्]

सन् २०१९ को अन्त्यसँगै, वेबसाइटले लिस्त मञ्च अन्तर्गत काम गरिरहेको छ जसले अनधिकृत प्रयोगकर्ताहरूलाई श्रव्य दृश्य हेर्नबाट रोकेको छ र अवलोकन गर्नका लागि दर्ता अनिवार्य गरेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. रूट्युबको जानकारी, ट्राफिक तथा प्रतिस्पर्धाी, अन्तिम पहुँच ९ नोभेम्बर २०१९।
  2. 1 2 3 Анна Афанасьева, (२०१६-०२-०४), Платформа для роста, Коммерсантъ, अन्तिम पहुँच २०१७-०८-०५।
  3. (२०१६-०३-२८), Тарифы на взлетной полосе, Коммерсантъ, अन्तिम पहुँच २०१७-०८-०५।
  4. Арсений Камышев, (२००८-०७-१८), RuTube полюбил iPhone, Geektimes.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  5. Константин Панфилов, (२०१४-१०-१७), Приложение Rutube удалили из Google Play за «секс и наготу», VC.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  6. Михаил Иванов, (२०१५-१०-२८), Rutube установил исторический максимум по видеопросмотрам, Cnews.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  7. Андрей Фролов, (२०१५-०६-२३), «Газпром-медиа» заработает на продаже рекламы в видео с Rutube на сайте «В Метро», VC.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  8. (२०१४-१२-१७), Rutube станет сильнее похож на телевизор, Roem.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  9. Павел Белавин, (२०११-११-०७), "Газпром-медиа" разместил видео, Коммерсантъ, अन्तिम पहुँच २०१७-०८-०५।
  10. Егор Коткин, (२०१४-१०-२५), Око за око: Rutube начал резать качество видео пользователям, которые режут рекламу, Geektimes.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  11. (२०१४-१२-१६), «ВКонтакте» принесла Rutube треть просмотров, Lenta.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  12. Михаил Иванов, (२०१५-१०-२८), Rutube установил исторический максимум по видеопросмотрам, Cnews.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  13. Александр Малахов, (२००७-०९-१७), Положение вне интернет-игры, Коммерсантъ, अन्तिम पहुँच २०१७-०८-०५।
  14. Валерия Комиссарова, (२००७-०९-१४), «Дозоры» накрыл сумрак рейдеров, Cnews.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  15. Денис Волков, Персона Grata. Человек, создавший
  16. Наиль Байков, (२०११-०२-१८), Персона Grata. Человек, создавший Rutube, iTV, अन्तिम पहुँच २०१७-०८-०५।
  17. Олег Волобуев в программе «Персона Grata», 2011 год युट्युबमा हेर्नुहोस्
  18. Александр Плющев, (२०१०-०५-०९), Телевидение в интернете, Эхо Москвы, अन्तिम पहुँच २०१७-०८-०५।
  19. Александр Малахов, Юлия Куликова, (२००७-०७-०९), "Газпром-медиа" заглянул в интернет, Коммерсантъ, अन्तिम पहुँच २०१७-०८-०५।
  20. Александр Плющев, (२०१०-०५-०९), Аскар Туганбаев: звезда по ту сторону экрана, SeoPult TV, अन्तिम पहुँच २०१७-०८-०५।
  21. (२००८-०३-०६), "Газпром-медиа" начал покупку RuTube, lenta.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  22. Владислав Цыплухин, (२००८-११-२०), "Газпром-медиа" завершил покупку Rutube, Деловой Петербург, अन्तिम पहुँच २०१७-०८-०५।
  23. Анастасия Голицына, (२००८-०१-२३), Труба для «Газпром-медиа», Ведомости, अन्तिम पहुँच २०१७-०८-०५।
  24. Александр Малахов, (२००८-०६-०३), "Газпром-видео", Коммерсантъ, अन्तिम पहुँच २०१७-०८-०५।
  25. Александр Амзин, (२००८-०३-०६), Видел-не видел, Lenta.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  26. (२०११-०३-१०), RuTube принял православие, Московский комсомолец, अन्तिम पहुँच २०१७-०८-०५।
  27. (२००८-१२-१५), В Rutube.ru технарей надо было сменить на медийщиков, Roem.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  28. (२००८-११-१४), Кадры: Владимир Барабанов ушел от Шкулева в Rutube, Roem.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  29. (२०१०-१०-२६), ВКонтакте разрешила пользователям публиковать видео с RuTube, Cyber Security, अन्तिम पहुँच २०१७-०८-०५।
  30. (२०११-०४-०७), «Одноклассники» показали части пользователей RuTube, Roem.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  31. (२०११-०९-१९), Одноклассники начала индексировать видеоролики с Youtube, Roem.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  32. (२०११-०२-१६), Rutube.ru планирует запуск кинозала Now.ru, Roem.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  33. (२०११-०३-०१), «Газпром» открыл кинотеатр Now.ru, Roem.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  34. (२०११-०९-१४), RuTube продаст НТВшный футбол, Roem.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  35. (२०११-०९-२२), RuTube отключит пользовательские трансляции, Roem.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  36. Пользовательские трансляции исчезнут с RuTube, ToWave, अन्तिम पहुँच २०१७-०८-०५।
  37. (२०१२-०५-३०), RuTube с июня сменит дизайн, Lenta.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  38. (२०१२-०७-२४), Rutube отказался от соцсети в пользу Facebook, Roem.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  39. (२०१२-०७-०२), Rutube сменил гендиректора, Sostav.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  40. (२०१२-०८-१७), RuTube хочет подняться на артхаусе, Roem.ru, अन्तिम पहुँच २०१७-०८-०५।
  41. Ксения Болецкая, (२०१४-१०-०९), «Газпром-медиа» и «Ростелеком» создадут совместную интернет-компанию, Ведомости, अन्तिम पहुँच २०१५-१२-१४।
  42. Константин Панфилов, (२०१४-०५-३०), Инсайд: «Газпром-медиа» закрывает Now.ru и, возможно, Rutube, Цукерберг позвонит, अन्तिम पहुँच २०१५-१२-१४।
  43. (२०१४-१०-०९), RuTube, Now.ru и Zoomby.ru перейдут под управление «Ростелекома», Roem.ru, अन्तिम पहुँच २०१५-१२-१४।
  44. (२०१५-०७-२४), Гендиректором Rutube стал бывший руководитель Groupon в России и на Украине, Ведомости, अन्तिम पहुँच २०१७-०८-०५।
  45. Татьяна Бородина, Владимир Зыков, Мария Амирджанян, (२०१५-०४-०१), «Газпром-Медиа» начал зачистку своих активов, Известия, अन्तिम पहुँच २०१५-१२-१४।
  46. (२०१६-०५-१३), «Газпром-медиа» и Pladform завершили сделку по созданию видеоплатформы Ruform, Коммерсантъ, अन्तिम पहुँच २०१७-०८-०५।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट