ओद्नोकलासनिकी
ओद्नोकलासनिकीको गृहपृष्ठ | |
साइटको प्रकार | सामाजिक सञ्जाल सेवा |
|---|---|
| उपलब्ध भाषा | १५ भाषाहरू: |
| मालिक | मेल डटरू समूह |
| सर्जक | अल्बर्त पोपकोभ (संस्थापक र प्रमुख) |
| युआरएल | ok.ru |
| अलेक्सा क्रम | |
| दर्ता | चाहिन्छ; भुक्तान तिर्नु नपर्ने, ३१ अगस्ट, २०१० देखि |
| चालु भएको मिति | मार्च ४, २००६ |
ओद्नोकलासनिकी, (रुसी: Однокла́ссники, नेपाली: सहपाठी) सहपाठी वा पुराना मित्रहरूको लागि वनाइएको एक सामाजिक सञ्जाल सेवा हो। यो विशेष गरी रूस र पूर्व सोभियत गणतन्त्रमा प्रयोग गरिन्छ।[२] यो वेबसाइटलाई अल्बर्त पोपकोभले विकास गरेका थिए जसको सुरुवात ४ मार्च २००६ मा भएको थियो।[३]
ओद्नोकलासनिकी रूसमा भिकन्तक्ते पछिको दोस्रो सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल सेवा हो[४] भने यस भन्दा पछाडि वा तेस्रो स्थानमा फेसबुक रहेको छ।[५] वेबसाइटको आफ्नो तथ्याङ्कका अनुसार, जुलाई २०११ मा यसमा १० करोड भन्दा बढी दर्ता गरिएका प्रयोगकर्ता रहेको जनाएको थियो।[६] मार्च २०१२ मा, यसमा १५ करोड प्रयोगकर्ताहरू दर्ता भएका थिए र १ जनवरी २०१३ सम्म, यसमा २० करोड भन्दा बढी प्रयोगकर्ताहरू दर्ता भएका थिए[७] भने सन् २०१६ मा, यसमा ३० करोड भन्दा बढी प्रयोगकर्ताहरू दर्ता भएका थिए[८] र यो सङ्ख्या सन् २०१७ मा, ३३ करोड पुगेको थियोे।[९] जनवरी २०१७ सम्म, ७ करोड १० लाख मासिक सक्रिय प्रयोगकर्ताहरूले सेवाको उपयोग गरेका थिए। डिसेम्बर २०१८ सम्म, यसको मोबाइल संस्करणका प्रयोगकर्ताहरू ३ करोङ ५५ लाख रहेका थिए। [१०] डिसेम्बर २०१७ मा, गरिएको एक सर्वेक्षण अनुसार, लगभग हरेक दिन १९% रूसी इन्टरनेट प्रयोगकर्ताहरूको ओद्नोकलासनिकी प्रयोग गर्ने जनाएको थियो।[११][१२]
यसमा खाता खोल्नका लागि प्रयोगकर्ता कम्तिमा ७ वर्ष कटेको हुनुपर्ने छ।[१३] अलेक्सा इन्टरनेटको हालैको तथ्याङ्कअनुसार, विश्वव्यापी रूपमा यो ५६औँ वरियतामा रहेको छ र रूसमा ७ औँ स्थानमा रहेको छ। सन् २००८ को पहिलो भागको राजस्व ३.३ मिलियन अमेरिकी डलर रहेको थियो।[१४][१५][१६] सिमिलर वेबको हालैको तथ्याङ्क हेर्ने हो भने यसको विश्वव्यापी क्रम १८ रहेको छ भने रूसमा यसको क्रम ६ हो। वेबसाइटमा उछाल दर २३.८४% रहेको छ।[४] ओद्नोकलासनिकी र भिके रूसी इन्टरनेट कम्पनी मेल डटरूद्वारा सञ्चालित छन्।
इतिहास
[सम्पादन]युक्रेनमा प्रतिबन्ध
[सम्पादन]मे २०१७ मा, युक्रेनी राष्ट्रपति पेत्रो पोरोशेन्कोले क्रिमिया र दोनबास लगायतका युद्धमा संलग्न भएकोमा रूसमा लगातार लगाइएको प्रतिबन्धको रूपमा मेल डटरू र यसको व्यापक रूपमा प्रयोग हुने सामाजिक सञ्जालहरू, भिकन्तक्ते र ओद्नोकलासनिकीलाई प्रतिबन्ध लगाउने आज्ञा दिएका थिए।[१७][१८]
यस कदमलाई नियन्त्रण पद्धतिको रूपमा व्यापक आलोचना गरिएको थियो र धेरैले यस प्रतिबन्धको निन्दा गरेका थिए। यसले युक्रेनी जनताको सूचना र अभिव्यक्ति स्वतन्त्रताको हकलाई प्राप्त वा प्रदान गर्नबाट बञ्चित गरेको आरोप लगाइएको थियो।[१९] युक्रेनी स्वतन्त्र सूचना आयोग गरेको एक अनलाइन सर्वेक्षणमा ६६% रूसी सेवाहरू "स्पष्ट रूपमा" प्रतिबन्धित अवस्थामा रहेको घोषण गरेको थियो र अन्य ११% ले भने "उत्तर कोरियामा जस्तै सम्पूर्ण इन्टरनेटमा प्रतिबन्ध लगाउन सजिलो हुने बताएका थिए।[२०]
युक्रेनको इन्टरनेट सङ्घका अनुसार ओद्नोकसनिकीमा दैनिक भ्रमण गर्ने युक्रेनी इन्टरनेट प्रयोगकर्ताहरू सेप्टेम्बर २०१६ देखि सेप्टेम्बर २०१९ सम्म ३५%बाट घटेर १०% पुगेको बताएको थियो।[२१]
भुक्तान दर्ता र सेवाहरू
[सम्पादन]अक्टोबर २००८ देखि सेप्टेम्बर २०१० सम्म, सीमित कार्यक्षमता भएका खाता मात्र नि: शुल्क दर्ता गर्न सकिन्थ्यो। उक्त संस्करणमा केही सार्वजनिक गर्न, टिप्पणीहरू छोड्न र अन्य प्रयोगकर्ताहरूको पृष्ठहरू भ्रमण गर्न उर्ध्वभरण गर्न र तस्वीरहरू राख्न मिल्ने सुविधा रहेको थिएन।[२२] यी सुविधाहरू प्रयोग गर्नको लागि, एक सशुल्क संक्षिप्त सन्देश पठाउनु पर्दथ्यो। यसका अतिरिक्त, वेबसाइटले भुक्तान गरिएका सेवाहरू प्रदान गर्दछ जसमा मूल्याङ्कन मेटाउने र आफ्नो तस्वीरहरूमा राम्रो मूल्याङ्कन प्राप्त गर्ने, सन्देश असक्षम पार्ने आदी समावेश छ।[२३] तस्वीर र अवलोकन सूचीबाट अतिथि हटाउन मिल्ने सुविधा हाल यसमा थप गरिएको छ।[२४] ३१ अगस्ट २०१० मा, यसले भुक्तानी दर्ता रद्द गरेको थियोे। [२२] फेब्रुअरी २०१६ मा, यसले यसको साझेदारी ब्याङ्क भिटिबि २४ सँग सहकार्य गर्दै यसका प्रयोगकर्ताहरू बीच पैसा स्थानान्तरण गर्ने क्षमता प्रस्तुत गरेको थियो। स्थानान्तरण मास्टरकार्ड, मास्त्रो, भिसा भुक्तान कार्डहरू बीच रूसी ब्याङ्कहरूद्वारा जारी गरिएको छ जसलाई प्रयोगकर्ता पृष्ठमा सूत्रबद्ध गरिएको छ। [२५]
प्रयोगकर्ता आधार
[सम्पादन]यो वेबसाइट ९ वर्ष देखि चलिआएको छ। यो रूस लगायत उज्बेकिस्तान (अलेक्सा क्रम २ सम्म पुगेको थियो), किर्गिस्तान (अलेक्सा क्रम ४ सम्म पुगेको थियो) र जर्जिया (अलेक्सा क्रम ४ सम्म पुगेको थियो) मा लोकप्रिय छ। [२६]
प्रविधि
[सम्पादन]ओद्नोकलासनिकी सञ्चालन गर्ने वेब सेवक, गोल्डेन दूरसञ्चारको सञ्जालमा रहेको छ जून रूसको मस्कोमा अवस्थित छ। यसमा प्रयोग गरिने प्रग्रामिङ भाषा जाभा हो भने वेबसाइटको अगाडि देखिने मुख्य भाषा रूसी हो। यो वेबसाइटले अपाचे टमक्याट नामक वेब सेवकको प्रयोग गर्दछ।[२७]
पुरस्कार र पहिचान
[सम्पादन]यो वेबसाइटले क्रमश सन् २००६[२८] र २००७[२९] मा रूनेट पुरस्कार प्राप्त गरेको थियो।
सन् २०१२ मा, भेन्चर भिलेज नामक कम्पनीले यसलाई विश्वमा "रूसको उत्कृष्ट १० इन्टरनेट ब्रान्डको रूपमा नामाकरण गरेको थियो। [३०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ ओके डटरू वेबसाइटको जानकारी, अलेक्सा इन्टरनेट।
- ↑ रूसमा सामाजिक सञ्चार माध्यम, ड्रिमग्रो डटकम, २०११
- ↑ परियोजनाको बारेमा अभिलेखिकरण २०१२-०७-१८ = Archive.today
- 1 2 वेबसाइटको जानकारी (ओद्नोकलासनिकी), अन्तिम पहुँच २९ फेब्रुअरी २०२०।
- ↑ (२०१२-०३-२६), «Одноклассники» отмечают шестой день рождения на взлёте популярности, Российское агентство международной информации «РИА Новости», अन्तिम पहुँच २०१३-०१-०६।
- ↑ (२०१२-०३-२६), «Одноклассники» отмечают шестой день рождения на взлёте популярности, Российское агентство международной информации «РИА Новости», अन्तिम पहुँच २०१३-०१-०६।
- ↑ Аудитория «Одноклассников» выросла на 9,3% за 2016 год, अन्तिम पहुँच २०१७-०८-२६।
- ↑ Аудитория «Одноклассников» превысила 330 млн пользователей, РБК, अन्तिम पहुँच २०१८-०३-०५।
- ↑ ओद्नोकलासनिकी: प्रयोगकर्ता, सुविधा र समुदायको सामर्थ्य, अन्तिम पहुँच १० मे २०२०।
- ↑ Пресс-кит социальной сети Одноклассники 2017 год।
- ↑ Одноклассники моя страница - открыть мою страницу вход, अन्तिम पहुँच २०१९-०१-२६, (ru भाषामा)।
- ↑ ВЦИОМ, (२०१८-०२-१२), Каждому возрасту - свои сети।
- ↑ ओद्नोकलासनिकी विज्ञापन अभिलेखिकरण २०११-०८-२३ वेब्याक मेसिन
- ↑ रूसी सामाजिक सञ्जाल ओद्नोकलासनिकीले २० मिलियन आर्जन गरेको छ, अन्तिम पहुँच २०१०-०९-२०।
- ↑ ओद्नोकलासनिकी डटरू - ट्राफिक विवरण, अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०२०-०४-१०।
- ↑ ओद्नोकलासनिकी, सर्भर स्लाइडर डटकम, अन्तिम पहुँच २०१०-०९-२०।
- ↑ Порошенко, петро, (मई १५, २०१७), uk:УКАЗ ПРЕЗИДЕНТА УКРАЇНИ №133/2017: Про рішення Ради національної безпеки і оборони України від 28 квітня 2017 року "Про застосування персональних спеціальних економічних та інших обмежувальних заходів (санкцій)", युक्रेनका राष्ट्रपति, अन्तिम पहुँच मार्च १३, २०१८, (युक्रेनी भाषामा)।
- ↑ (अप्रिल २८, २०१७), uk:Додаток 2 до рішення Ради національної безпеки і оборони України від «28» квітня 2017 року «Про застосування персональних спеціальних економічних та інших обмежувальних заходів (санкцій)» ЮРИДИЧНІ ОСОБИ, до яких застосовуються обмежувальні заходи (санкції), युक्रेनका राष्ट्रपति, पृ. १८५-६ (#४२२ मेल डटरू समूह), १८६-७ (#४२३ ТОВ «Вконтакте», १८७-८ (#४२४ ТОВ «В Контакті» र १८९, अन्तिम पहुँच मार्च १३, २०१८, (युक्रेनी भाषामा)।
- ↑ Ukraine's Poroshenko to block Russian social networks, बिबिसी (१६ मे २०१७)
- ↑ लुह्न, अलेक, (१६ मई २०१७), Ukraine blocks popular social networks as part of sanctions on Russia, द गार्जिएन, अन्तिम पहुँच १७ मई २०१७।
- ↑ Три роки без "Вконтакті": яким соцмережам віддають перевагу украї, соцмереж, अन्तिम पहुँच २२ मे २०२०, (युक्रेनी भाषामा)।
- 1 2 (२०१०-०८-३१), «Одноклассники» отменили платную регистрацию, Лента.ру, अन्तिम पहुँच २०१३-०१-०७।
- ↑ Роман Рожков. «Одноклассники» пошли ва-банкГазета «Коммерсантъ» № 16 от 02.02.2016, стр. 1
- ↑ Роман Рожков. «Одноклассники» пошли ва-банкГазета «Коммерсантъ» № 16 от 02.02.2016, стр. 1
- ↑ "Одноклассники" пошли ва-банк, अन्तिम पहुँच २०१९-१२-३०, (रूसी भाषामा)।
- ↑ अलेक्सा - ओद्नोकलासनिकी डटरू, अलेक्सा डटकम, अन्तिम पहुँच २०१२-०४-१२।
- ↑ ओद्नोकलासनिकी, सर्भर स्लाइडर्स डटकम, अन्तिम पहुँच २०१०-०९-२०।
- ↑ रूनेट पुरस्कार, २००६ अभिलेखिकरण २००७-१०-१३ वेब्याक मेसिन
- ↑ रूनेट पुरस्कार, २००७ अभिलेखिकरण २००८-०२-२१ वेब्याक मेसिन
- ↑ दस उत्कृष्ट रूसी इन्टरनेट ब्रान्ड[स्थायी मृत कडी]
बाह्य कडीहरू
[सम्पादन]- आधिकारिक वेबसाइट
- ओद्नोकलासनिकीमा १०० मिलियन खाताहरू अभिलेखिकरण २०१२-०७-२४ वेब्याक मेसिन - इस्ट-वेस्ट डिजिटल न्युज अभिलेखिकरण २०१२-०७-२४ वेब्याक मेसिन, जून २१, २०११
- सुविधा र विशेषता - रसिया टुडे, डिसेम्बर २६, २००७
- ओद्नोकलासनिकी डटरू, भिकन्टेक्ट डटरू, फेसबुक डटकम