लभ इन चाइना बोर्डर (चलचित्र)
स्वरूप
| लभ इन चाइना बोर्डर | |
|---|---|
![]() | |
| निर्देशक | उदय सुब्बा |
| निर्माता | पाख्रिन फिल्मस् |
| सङ्गीत | दीपकरमण |
प्रदर्शन मिति | वि.सं. २०६९ |
| देश | नेपाल |
| भाषा | नेपाली |
लभ इन चाइना बोर्डर वि.सं. २०६९ सालमा प्रदर्शन गरिएको नेपाली चलचित्र हो । यो चलचित्र पाख्रिन फिल्मस् ले निर्माण गरेको हो ।
कथा
[सम्पादन गर्नुहोस्]यो चलचित्र प्रेम-कथामा आधारित छ ।
कलाकार
[सम्पादन गर्नुहोस्]चलचित्रमा सुवास मेचे, रोहित कुमार, जेनिसा केसी, दीपक क्षेत्री लगायतको अभिनय छ । उदय सुब्बाले निर्देशन गरेका हुन् ।
गीत
[सम्पादन गर्नुहोस्]दीपकरमणले सङ्गीत दिएका छन् । गीतहरूमा राजेश पायल राई, दीपक लिम्बू, बिनीता रसाइली, मनिषा पोखरेल र मौसमी गुरुङको स्वर छ । गीतकार डब्बु क्षेत्री, नरेश भट्टराई, दयाराम दाहाल र निर्देशक उदय सुब्बा छन् ।
छायाङ्कन
[सम्पादन गर्नुहोस्]यो चलचित्र सगरमाथाको फेदी, सोलुखुम्बु जिल्ला उच्च हिमाली भेक तथा नेपाल-चीन सीमामा छायाङ्कन गरिएको हो ।
प्रदर्शन
[सम्पादन गर्नुहोस्]यो चलचित्र वि.सं. २०६९ साल चैत ९ गते देशभर प्रदर्शनमा ल्याइएको छ ।
