लिटन दास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिटन दास
सन् २०१८ मा दास
व्यक्तिगत जानकारी
नामलिटन कुमार दास
जन्म (1994-10-13) १३ अक्टोबर १९९४ (उमेर २९)
दिनाजपुर, बङ्गलादेश
उचाई५ फिट ९ इन्च (१.७५ मी)
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते
भूमिकाविकेट किपर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ७७)१० जुन २०१५ v भारत
अन्तिम टेस्ट५ सेप्टेम्बर २०१९ v अफगानिस्तान
एदिअ पदार्पण (क्याप ११७)१८ जुन २०१५ v भारत
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय५ जुलाई २०१९ v पाकिस्तान
टि२०आई पदार्पण (क्याप ४६)५ जुलाई २०१५ v दक्षिण अफ्रिका
अन्तिम टि२०आई१० नोभेम्बर २०१९ v भारत
घरेलु टोली जानकारी
वर्षटिम
२०१२–हालनर्थ जोन
२०१२ढाका ग्ल्याडिडर्स
२०११–हालरङ्पुर विभाग
२०१६–हालकुमिल्ला भिक्टोरियान्स
२०१९जमैका लातावाज
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट क्रिकेट एकदिवसीय अन्तर्राष्ट्रिय टि ट्वेण्टी प्रथम श्रेणी क्रिकेट
म्याच १३ २४ १५ ५८
कुल रन ५५८ ५०५ २८२ ४,६२०
ब्याटिङ औसत २५.३६ २१.९६ १८.८० ४९.६७
१००/५० ०/४ १/३ ०/२ १३/२२
सर्वोच्च स्कोर ९४ १२१ ६१ २७४
क्याच/स्टम्प १८/२ ११/३ ७/० ७५/९
स्रोत: क्रिकइन्फो, १० नोभेम्बर २०१९

लिटन दास (बङ्गाली: লিটন দাস जन्म: १३ अक्टोबर १९९४) एक बङ्गलादेशी राष्ट्रिय क्रिकेट खेलाडी हुन्। उनले क्रिकेट खेलमा मुख्यतया विकेट किपर र दायाँ हाते ब्याट्सम्यानको भूमिकामा मैदान उत्रिने गर्छन्। घरेलु क्रिकेट प्रतियोगितामा हाल उनी कुमिल्ला भिक्टोरियान्सको प्रतिनिधित्व गर्छन्।[१]

घरेलु कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् २०१२ १९ वर्ष मुनिको विश्वकपमा लिटनले बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै विश्वकपमा पर्दापण गरेका थिए भने उनले सन् २०१४ को १९ वर्ष मुनिको विश्वकपमा पनि खेलेको थिए।[२] सन् २०१४-१५ राष्ट्रिय क्रिकेट लिगको संस्करणमा लिटनले रङ्पुर विभागका तर्फबाट खेल खेलेका थिए जहाँ उनले पुरै प्रतियोगिताका सात खेलमा ८५.३३ को अौषत अङ्कमा कुल १,०२४ रन बनाउन सफल भएका थिए भने उक्त प्रतियोगिता रङ्पुर विभागले जित्न सफल भएको थियो। [३]

सन् २०१७-१७ बङ्गलादेश क्रिकेट लिग अन्तर्गतको सन् २०१७ जनवरीमा लिटनले इस्ट जोन क्रिकेट क्लबबाट पर्दापण गर्दै दुई शतक रन बनाउन सफल भएका थिए जसका कारण सन् २०१७ फेब्रुअरीमा आयोजना हुन लागेको भातर विरुद्ध बङ्गलादेशको टेस्ट श्रृङ्खलामा उनलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको थियो।[४][५] सन् २०१६-१७ ढाका प्रिमियर विभागीय क्रिकेट प्रतियोगिता अन्तर्गत लिटनले १४ खेलमा सर्वाधिक कुल ७५२ रन बनाउन सफल भएका थिए।[६] सन् २०१७-१८ बङ्गलादेश क्रिकेट लिग अन्तर्गत सन् २०१८ अप्रिलमा आयोजित खेलमा दासले सर्वाधिक रन बनाउन सफल भएका थिए जहाँ उनले ६ खेलमा कुल ७७९ रन बनाएका थिए।[७][८] सन् २०१९-१९ बङ्गलादेश प्रिमियर लिग अन्तर्गत सन् २०१८ अक्टोबरमा दास सिलेट सिक्सर्समा आवद्ध भएका थिए।[९][१०]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

१० जुन २०१५ का दिन भारत विरुद्ध बङ्गलादेशको एकदिवसीय अन्तर्राष्ट्रिय खेलको श्रृङ्खलामा लिटनले बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीबाट पर्दापण गरेका थिए भने ५ जुलाई २०१५ का दिन लिटन दासले टि ट्वेण्टी अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकाको विरुद्धमा बङ्गलादेश राष्ट्रिय टोलीबाट पर्दापण गरेका थिए।[११] २ मार्च २०१७ का दिन बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका कप्तान मुसफिकुर रहिमलाई बङ्गलादेश क्रिकेट परिषद्ले केवल ब्याट्सम्यानको रूपमा खेल्न आव्हान गरेपछि दास श्रीलङ्का विरुद्ध टेस्ट श्रृङ्खलामा विकेट किपर रूपमा मैदान उत्रिएका थिए।[१२] २८ सेप्टेम्बर २०१८ का दिन बङ्गलादेश विरुद्ध भारतको खेल सन् २०१८ एसिया कपमा आयोजना गरिएको थियो जहाँ दासले उनको क्रिकेट कार्यकालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक रन बनाउन सफल भएका थिए भने उनले उक्त अङ्क जोड्ने क्रममा १२ चौका र २ छक्का सहित १२१ सामनामा ११७ रन बनाएका थिए।[१३][१४] उक्त खेलमा दास खेलकै उत्कृष्ट खेलाडी बनेका थिए तर उक्त खेल भने बङ्गलादेश भारतसँग पराजित भएको थियो।[१५] सन् २०१९ मा आयोजना हुन लागेको क्रिकेट विश्वकपमा लिटन दास बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीमा छनोट हुन सफल भएका थिए।[१६][१७] उक्त विश्वकपमा दासले विश्वकप पर्दापण वेस्ट इण्डिजका विरुद्धमा गरेका थिए जहाँ उनले उक्त खेलमा व्यक्तिगत ९४ रन बनाउन सफल भएका थिए भने उनले साकिब आल हासानसँग साझेदारी गर्दै १८९ रन बनाएका थिए जसका कारण बङ्गलादेश ७ विकेटले विजयी भएको थियो।[१८][१९][२०]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Das — the new age Bangladesh cricketer" 
  2. "Liton Das", ESPN CricInfo। 
  3. "Walton National Cricket League 2014–15 batting averages", CricketArchive, अन्तिम पहुँच १३ मार्च २०१५ 
  4. "Liton Das' 219 sets up big East Zone victory", ESPN Cricinfo, अन्तिम पहुँच ३० जनवरी २०१७ 
  5. "Liton Das in squad for one-off Test in India", ESPN Cricinfo, अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  6. "Dhaka Premier Division Cricket League, 2017: Most runs", ESPN Cricinfo, अन्तिम पहुँच ६ जुन २०१७ 
  7. "Bangladesh Cricket League 2017/18: Most Run", ESPN Cricinfo, अन्तिम पहुँच २७ अप्रिल २०१८ 
  8. "Liton Das hits 274 to close off BCL season", ESPN Cricinfo, अन्तिम पहुँच २७ अप्रिल २०१८ 
  9. "Full players list of the teams following Players Draft of BPL T20 2018-19", Bangladesh Cricket Board, अन्तिम पहुँच २९ अक्टोबर २०१८ 
  10. "Litton Das and Shakib Al Hasan fly to Caribbean to join in CPL", bdcrictime.com  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-२७ मिति
  11. "India tour of Bangladesh, Only Test: Bangladesh v India at Fatullah, Jun 10–14, 2015" 
  12. "India tour of Bangladesh, 1st ODI: Bangladesh v India at Dhaka, Jun 18, 2015" 
  13. "South Africa tour of Bangladesh, 1st T20I: Bangladesh v South Africa at Dhaka, Jul 5, 2015", ESPN Cricinfo, अन्तिम पहुँच ५ जुलाई २०१५ 
  14. "Mushfiqur asked to give up wicketkeeping", ESPN Cricinfo, अन्तिम पहुँच २ मार्च २०१७ 
  15. "Asia Cup 2018 final: Liton Das slams maiden ODI hundred", The Indian Express, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१८ 
  16. "Bangladesh pick ODI newbie Abu Jayed for World Cup", ESPN Cricinfo, अन्तिम पहुँच १६ अप्रिल २०१९ 
  17. "Shakib, Jayed, Hossain in Bangladesh squad for World Cup", International Cricket Council, अन्तिम पहुँच १६ अप्रिल २०१९ 
  18. "World Cup 2019: Shakib, Liton gun down 322 in record chase as Bangladesh crush West Indies", India Today, अन्तिम पहुँच १७ जुन २०१९ 
  19. "Shakib and Liton drive Bangladesh to victory over West Indie", icc-cricket.com, अन्तिम पहुँच १८ जुन २०१९ 
  20. "Liton’s perfect second fiddle", thedailystar.net, अन्तिम पहुँच १८ जुन २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]