लिपुलेक भञ्ज्याङ
लिपुलेक भञ्ज्याङ | |
---|---|
उन्नतांश | ५,२०० मी (१७,०६० फिट) |
स्थान | नेपाल-भारत-चीन सीमा |
शृङ्खला | हिमालय |
निर्देशाङ्कहरू | ३०°१४′०३″N ८१°०१′४४″E / ३०.२३४०८०°N ८१.०२८८०५°Eनिर्देशाङ्कहरू: ३०°१४′०३″N ८१°०१′४४″E / ३०.२३४०८०°N ८१.०२८८०५°E |
लिपुलेक (उचाइ ५,२०० मिटर (१७,१०० फिट)) नेपाल र तिब्बत, चीनको सिमानामा रहेको भञ्ज्याङ हो।[१] यो नेपालको भूमि भए तापनि यसको नियन्त्रण भारतले गरिरहेको छ ।[२][३] प्राचीन समयदेखि व्यापारी र भक्तजनहरू तिब्बत यात्राको लागि यो बाटो हुँदै यात्रा गर्छन् । मानसरोवर जाने भक्तजनले यो मार्ग प्रयोग गर्छन् । नेपालको सहमतिबेगर सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला यस भञ्ज्याङलाई व्यापार वृद्धिका लागि प्रयोग गर्ने विवादास्पद समझदारी भएको थियो ।[४]
विवाद
[सम्पादन गर्नुहोस्]लिपुलेक नेपालको भूभाग हो । कीर्तिनिधि विष्ट नेपालका प्रधानमन्त्री छँदा नेपालको उत्तरी सीमाहरूमा रहेका भारतीय सुरक्षा फौजका पोस्ट हटाइदिएका थिए । तिनैमध्येको एक टुकडीलाई भारतले लिपुलेकभन्दा करिब १० किलोमिटर दक्षिणमा रहेको तिल्सी उपत्यकामा राखेको छ । त्यही ठाउँमा उत्पत्ति हुने एउटा सानो खोलालाई महाकालीको मुहान, त्यहीँ बनाएको एउटा मन्दिरलाई काली माताको मन्दिर र त्यस क्षेत्रलाई कालीमाताको नाम दिएर भारतीय पक्षले नेपालको सीमा त्यहीँसम्म हो भनेर देखाइरहेको छ । यसलाई नेपाली पक्षले आफ्नो भूमिमाथिको अतिक्रमण भनेको छ ।[५][६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Ling, L.H.M.; Abdenur, Adriana Erthal; Banerjee, Payal (१९ सेप्टेम्बर २०१६), India China: Rethinking Borders and Security, University of Michigan Press, पृ: 49–50, आइएसबिएन 978-0-472-13006-1।
- ↑ http://admin.myrepublica.com/politics/story/22453/resolve-lipu-lekh-pass-dispute-house-panel-to-govt.html
- ↑ https://kathmandupost.ekantipur.com/ampnews/2015-07-09/lipulekh-dispute-ucpn-m-writes-to-pm-koirala-indian-pm-modi-chinese-prez-xi.html
- ↑ https://nepalmag.com.np/news/2015-06-07/8506.html
- ↑ https://nepalmag.com.np/news/2015-06-07/8506.html
- ↑ https://mofa.gov.np/wp-content/uploads/2019/11/Press-Release-4-Nov-2019.pdf