लुसी डियाकोभस्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुसी डियाकोभस्कम
जुन २००८ मा डियाकोभस्का
व्यक्तिगत विवरण
वास्तविक नामलुदमिला डियाकोभस्का
उपनामलुसी, लुसिलियर
जन्म (1976-04-02) २ अप्रिल १९७६ (उमेर ४८)
प्लिभेन, बुल्गेरिया
विधापप
पेशागायिका, गीतकार, सङ्गीत निर्माता, मञ्च अभिनेत्री, दूरदर्शन व्यक्तित्व
सक्रिय वर्षसन् १९९७–हाल
लेबलआइसल्यान्ड (सन् २००४)
एडेल (सन् २००५–हाल)
सहयोगीनाडिया बिनाइसा, सेन्डी मोलिङ, नो एन्जेल्स, भनेसा पिट्रुओ, जेसिका वाल्स
वेबसाइटआधिकारिक वेबसाइट

लुसी डियाकोभस्का लुदमिला (बुल्गेरियाली: Люси Дяковска) (बुल्गेरियाली उच्चारण = लुसी दियाकोभस्का) (जन्म:२ अप्रिल १९७६) बुल्गेरियामा जन्मिएकी एक जर्मनेली गायिका, अभिनेत्री, गीतकार, सङ्गीत निर्माता, नर्तक तथा दूरदर्शन व्यक्तित्व हुन्। डियाकोभस्का सन् २००० मा जर्मनेली दूरदर्शन प्रतिभा कार्यक्रम पपस्टार्समा नो एन्जेल्सको नामद्वारा गठन भएको एक युवती साङ्गीतिक समूहकी एक महत्त्वपूर्ण सदस्य थिइन्। उसले सोही कार्यक्रम र उक्त साङ्गीतिक समूहको सदस्य भएकाले ख्याति कमाउन सफल भएकी थिइन् र यो समूहले हाल सम्म युरोपेली मूलका सबैभन्दा धेरै बिक्री गराउन सफल विभिन्न गीत तथा गिती सङ्गालोको प्रस्तुत गर्दै किर्तिमानी कायम गर्न सफल भएको छ।[१]

समूहसँग व्यावसायिक रूपमा सफल भएका गिती सङ्गालो तथा गीतहरूको सार्वजनिक भएपछि, डियाकोभस्काले सन् २००५ मा दुईवटा एकल गीत र उनको एकल गिती सङ्गालो लुसीलिययस जारी गरेकी थिइन्। सन् २००८ मा, उनी बुल्गेरियामा बेलायती संस्करणको म्युजिक आइडल र अस्ट्रियामा जर्मनेली संस्करणको स्टारमेनियामा निर्णायकको भूमिकामा देखा परेकी थिइन् भने उनी सन् २०१२ मा पनि जर्मनेली संस्करणको पपस्टार्समा पनि निर्णायकको भूमिकामा देखा परेकी थिइन्। उनले सन् २०१३ देखि आफ्नो कार्यकाललाई रोकेकी छिन् र उनको निष्क्रियता पश्चात् युवती साङ्गीतिक समूह नो एन्जेल्स अन्ततः दोस्रो पटकका लागि विघटन भएको थियो।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

डियाकोभस्काको जन्म ३ अप्रिल १९७३ मा बुल्गेरियाको प्लेभेन नामक सहरमा भएको थियो। उनी बुल्गेरियाली गायक जुबोमिर डियाकोभस्का र रोसिजा डियाकोभस्काकी पहिलो सन्तान हुन्। सानै उमेर देखिनै घरको साङ्गीतिक वातावरणमा हुर्किएकी उनीमा सङ्गीतको प्रति तिव्र इच्छा रहेको थियो। उनका हजुरबुबा बुल्गेरियाका लोक गायक थिए। उनको परिवार पछि बुल्गेरियाबाट जर्मनीमा बसाइसराई गरेका थिए। उनको भाइ आलेक्जेन्डर डियाकोभस्का (नन्म १९८३) सरी उनी ६ वर्षको उमेरमा पहिलो पटक मञ्चमा उपस्थिति भएकी थिइन्।

महा विद्यालयबाट स्नातक हासिल गरिसके पछि उनी ह्यामबर्गमा सङ्गीत, नृत्य र नाटक सिक्नका लागि एक साङ्गीतिक विद्यालयमा भरना भएकी थिइन्। उनी उक्त अध्ययनलाई बीचमै अधुरै राख्दै जुन १९९७ मा, बडी नामक नाटकमा स्थायी रूपमा संलग्न भएकी थिइन्। सन् १९९९ मा, उनी कहिलेकाहीँ वामड्यु परियोजनाका लागि प्रस्तुति दिने क्रममा पृष्ठभूमिमा नर्तकको भूमिका निर्वाह गर्दथिन्।

कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् २०००–२००३: नो एन्जेल्सको साथ प्रारम्भिक सफलता[सम्पादन गर्नुहोस्]

नो एन्जेल्सको साथ लुसी डियाकोभस्का

व्यवसायीक सङ्गीत व्यवसायमा सफलता प्राप्त गर्न प्रोत्साहित हुँदै, डियकोभस्काले जर्मनेली वास्तविक दूरदर्शन कार्यक्रम पपस्टार्सको सन् २००० को पहिलो संस्करणका लागि अडिसन दिएकी थिइन्। उनले हजारौँ अन्य महिलाहरूसँग प्रतिस्पर्धामा प्रवेश गरेकी थिइन्। उनले उत्कृष्ट प्रदर्शन गरेका कारण निर्णायकहरू खुसी हुँदै उनको पदोन्नति गर्दै शीर्ष १० मा स्थान प्राप्त गरेकी थिइन् र उनी तुरुन्तै एक कार्यशालाका लागि प्रतिस्पर्धीहरूसँग सामेल हुन स्पेनको मोयोर्का गएकी थिइन्। उनले उक्त कार्यक्रमको अन्तिम दशमा प्रवेश गर्न सफल भएकी थिइन्। नोभेम्बर २००० मा एउटा विशेष श्रृङ्खलाको क्रममा, मूल्याङ्क सदस्य मोसलेनरले अन्तमा सेन्डी अन्तिम पाँच सदस्यीय युवती समूह नो एन्जेल्सको सदस्य बन्नका लागि छानिएको खुलासा गरेका थिए। यसरी उनी पाँच सदस्यीय युवती साङ्गीतिक समूह नो एन्जेल्सको सदस्य बनेकी थिइन् जसमा उनका साथ सेन्डी मोलिङ, नाडिया बिनाइसा, जेसिका वाल्सभनेसा पिट्रुओ समावेश थिए। त्यसपछि उक्त साङ्गीतिक समूहले पोलिडर रेकर्ड्ससँग सम्झौतामा हस्ताक्षर गरेको थियो।[१]

समूहमा अन्तिम पाँच सदस्यहरू एकत्रित भएको थियो। समूहले उनीहरूको पहिलो एकल "डेलाइट इन योर आइज" जारी गर्न झण्डै चार महिना लिएका थिए जुन पछि यस समूहको पहिलो गिती सङ्गालो एलेमेन्ट्स (सन् २००१) मा देखा परेको थियो। दुबै एकल गीत र गिती सङ्गालो एक अप्रत्याशित तर अत्यन्तै सफल बन्न पुगेको थियो। समूहको यो प्रस्तुति अस्ट्रिया, जर्मनी र स्विस मिडिया कन्ट्रोल एकल, गिती सङ्गालो र प्रवाह चार्टमा शीर्ष स्थानमा प्रवेश गरेको थियो जसले नो एन्जेल्सलाई वर्षको सबैभन्दा सफल पर्दापण गर्ने समूहको रूपमा उचाई प्रदान गरेको थियो। [२]

त्यसपछिका पछिल्ला वर्षहरूमा, नो एन्जेल्सले नाउ ... अस! र पियोर गरी दुई वटा गिती सङ्गालो जारी गरेको थियो भने ती दुबै जारी गरिएकम गिती सङ्गालोहरू जर्मनेली चार्टको शीर्ष स्थानमा पुगेका थिए। ती दुईवटा गिती सङ्गालोहरूमा १२ वटा गीतहरू समावेश छन् र ति मध्ये ४ वटा गीतहरू भने जर्मनेली चार्टको शीर्ष स्थानमा आएका थिए। अन्तत: विश्वव्यापी रूपमा ५० लाख भन्दा बढी एकल र गिती सङ्गालोहरू बेच्न सफल नो एन्जेल्स अहिलेसम्मको इतिहास सबैभन्दा बढी बिक्री गराउन सफल हुने जर्मनेली युवती समूह हुन्। समूह एटोमिक किटन पछि सन् २००१ र सन् २००३ को बीच यूरोपको महादेशको दोस्रो सबैभन्दा सफल युवती साङ्गीतिक समूह पनि हो।

यस साङ्गीतिक समूहकी सदस्य जेसिका वहल्सले मार्च २००३ मा उनको पहिलो बच्चाको जन्म भएपछि समूह छोडेकी थिइन्। ५ सेप्टेम्बर २००३ मा, समूहमा बाँकी रहेका चार सदस्यहरूले तीन वर्षको लगातार भ्रमण र रोगको बढ्दो क्रमसँगै समूहको सबै कार्यलाई रोक्ने घोषण गरेका थिए।[१] सोही वर्षको नोभेम्बरमा द बेस्ट अफ नो एन्जेल्सको सार्वजनिकले समूहको अन्त्यलाई प्रष्ट पारेको थियो। बाँकी रहेका प्रत्येक सदस्यहरू सन् २००४ को सुरुवातमा छुट्टिएका थिए। सन् २००७ मा, समूहले डेस्टिनी नामक गिती सङ्गालो जारी गर्दै पुनर्मिलन गरेको थियो।

नो एन्जेल्सले ३१ जनवरी २००७ मा, पुनर्मिलनको घोषण गरेको थियो र उनी पुन: सन् २००७ को फेब्रुअरीमा नो एन्जेल्समा सामेल भएकी थिइन्। मार्च २००८ मा समूह सन् २००८ को युरोभिजन गीत प्रतियोगिता फाइनलमा बेलग्रेडमा जर्मनीको प्रतिनिधित्व गर्नका छनोट भएको थियो। उनले एक अन्तर्वार्तामा उनको लाग सम्मानको क्षण भनेर बताएकी थिइन्। यद्यपि उनी युरोभिजन फाइनलमा जर्मनीको प्रतिनिधित्व गर्ने पहिलो बुल्गेरियाली कलाकार भने होइनन्। उनी भन्दा अगाडि सन् १९६४ मा, बुल्गेरियाकी नोरा नोभाले उक्त प्रतियोगितामा जर्मनीको प्रतिनिधित्व गर्दै किर्तिमानी कायम गरेकी थिइन्।[१]

एकल कार्यकाल[सम्पादन गर्नुहोस्]

नोभेम्बर २००३ मा, नो एन्जेल्सको पहिलो पटक विघटन भएपछि उनले आफ्नो सम्पूर्ण ध्यान एकल उपस्थिति र संयुक्त परियोजनामा केन्द्रित गरेकी थिइन्। सन् २००४ को सुरुवात तिर उनी जेकल उन्ड हेद र काट्स नामक नाटकहरूमा अतिथिको भूमिकाम देखा परेकी थिइन्। [३]

१६ डिसेम्बर २००४ मा, उनी टोर्मस्प्रिङ (माथिबाट तल पौडी पोखरीमा हाम फाल्दै खेलिने एक प्रतियोगिता) को पहिलो संस्करणमा उपस्थिति जनाएकी थिइन् जसलाई स्टेफन राबले सञ्चालन गरेका थिए। उनले मुन्छेनमा भएको उक्त प्रतियोगिताको व्यक्तिगत प्रतिस्पर्धा तर्फ विजेता बनेकी थिइन्। (de) सन् २००५, २०१०, २०११, २०१२, २०१३ र २०१४ म भएको ओक विश्व प्रतियोगितामा उनले सहभागिता जनाएका थिइन् जहाँ उनले सन् २०११, २०१२ र २०१३ को प्रतियोगितामा काँस्य पदक प्राप्त गरेकी थिइन्। उनी लामो समय देखि काराओके प्रतियोगिता सिबुयाकी निर्णायकको रूपमा पनि देखा परेकी थिइन् जसलाई भिभा दोयच्यलान्दद्वारा प्रसारण गरिएको थियो।[४]

सेप्टेम्बर २००४ मा, डियाकोभस्काले अन्ततः उनको आफ्नो पहिलो एकल गीच ह्वेर जारी गरेकी थिइन् भने उक्त गीत चलचित्र जुवी ब्रुदेरमा समावेश गरिएको थियो। उनले उक्त गीतलाई सिमाङ्की रेकर्ड्सद्रा जारी गरेकी थिइन्। त्यसको एक वर्ष पश्चात् उनले आफ्नो एकल गीत द ओदर साइड जारी गरेकी थिइन् जसलाई लुसीलियस उपनाम दिइएको थियो।[५] सोही नाम गरेको गिती सङ्गालो ५ सेप्टेम्बर २००५ मा सार्वजनिक गरिएको थियो जुन जर्मनेली एकल चार्टको ८४अौँ स्थान सम्म पुगेको थियो। [६]

लुसी डियाकोभस्का सन् २०१५ को भ्रमणको बेलामा प्रस्तुति दिँदै

अक्टोबर र नोभेम्बर २००६ मा, उनले प्रोसिबेनको कार्यक्रम स्टार्स औफ इसमा भाग लिएकी थिइन्। अत्यन्त सम्ममा उनी र उनका साझेदार सिल्भो स्मालुन उक्त प्रतियोगितामा तेस्रो स्थानमा रहेका थिए। सन् २००८ मा, उनी बुल्गेरियामा बेलायती संस्करणको म्युजिक आइडल र अस्ट्रियामा जर्मनेली संस्करणको स्टारमेनियामा निर्णायकको भूमिकामा देखा परेकी थिइन् भने उनी सन् २०१२ मा पनि जर्मनेली संस्करणको पपस्टार्समा पनि निर्णायकको भूमिकामा देखा परेकी थिइन्।

सन् २०१३ मा डियाकोभस्का र कमिलिया भेसेलिनोभियाले गृह देश बुल्गेरियामा एक क्याफेको सञ्चालन गरेका थिए। उनी बुल्गेरियामा रहँदा त्यहाँको विभिन्न दूरदर्शन कार्यक्रमहरूमा पनि देखा परेकी थिइन्। उनले सन् २०१५ मा, "या लुब्लु तेब्या हायस इख लिब डिख" नाम गीत जारी गरेकी थिइन्।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ "BLITZ Spezial über die No Angels", Presseportal, अन्तिम पहुँच ५ अप्रिल २००७ 
  2. "No Angels – Biografi", Chart-King (जर्मनेलीमामा), अन्तिम पहुँच ३१ जनवरी २००७  वेब्याक मेसिन अभिलेखिकरण ८ फेब्रुअरी २००७ मिति
  3. Lucy von den No Angels singt Titelsong für Schneewittchen und die sieben Zwerge. naanoo.com; abgerufen am 2. Juni 2012
  4. Lucy, Senna, Ross, D! Die Popstars-All-Stars. वेब्याक मेसिन अभिलेखिकरण २०१२-०७-०५ मिति prosieben.de; abgerufen am 2. Juni 2012
  5. vipbrother.bg वेब्याक मेसिन अभिलेखिकरण २०१३-०२-१६ मिति
  6. shortnews.de वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  7. Von den No Angels ans Karlsruher Kammertheater: Lucy Diakovska bei „Tussipark“

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]