सेन्डी मोलिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेन्डी मोलिङ
Picture of Sandy Mölling
सन् २०१३ मा मोलपङ
जन्मसेन्डी मोलिङ
(1981-04-27) २७ अप्रिल १९८१ (उमेर ४२)
उपर्टाल, पश्चिम जर्मनी
पेशा
  • गायिका
  • अभिनेत्री
  • मोडल
  • गीतकार
कार्यकालसन् २०००–हाल
सन्तान
साङ्गीतिक जीवन
विधा
लेबल
वेबसाइटsandy-moelling.com

सेन्डी मोलिङ (जर्मनेली: Sandy Mölling) (जन्म:२७ अप्रिल १९८१) एक जर्मनेली गायिका, गीतकार, अभिनेत्री तथा दूरदर्शन व्यक्तित्व हुन्। उनको जन्म उपर्टालमा भएको थियो भने उनी र कुब्लेन्जमा हुर्किएकी थिइन्। उनले विभिन्न गायन प्रतियोगिताहरूमा प्रदर्शन गरी किशोरावस्थामै गायिका बनेकी थिइन्। मोलिङ सन् २००० मा जर्मनेली दूरदर्शन प्रतिभा कार्यक्रम पपस्टार्समा नो एन्जेल्सको नामद्वारा गठन भएको युवती साङ्गीतिक समूहकी एक महत्त्वपूर्ण सदस्य थिइन्। उसले सोही कार्यक्रम र उक्त साङ्गीतिक समूहको सदस्य भएकाले ख्याति कमाउन सफल भएकी थिइन् र यो समूहले हाल सम्म युरोपेली मूलका सबैभन्दा धेरै बिक्री गराउन सफल विभिन्न गीत तथा गिती सङ्गालोको प्रस्तुत गर्दै किर्तिमानी कायम गर्न सफल भएको छ।[१] उनीहरूको केही समय सम्मको निष्क्रियता, मोलिङले आफ्नो पहिलो एकल गिती सङ्गालो, अनएक्सपेक्टेड (सन् २००४) जारी गरेकी थिइन्। उक्त गिती सङ्गालोमा समावेश गीत "अननेचुरल ब्लन्ड" र "टेल मी" विभिन्न देशमा चार्टहरूमा शीर्ष १० मा देखा परेको थियो। उनी पपस्टार्सको चौथो संस्करणमा निर्णायकको रूपमा देखा परेकी थिइन्।

सन् २००६ मा, उनले मध्यम सफलता हासिल गर्न सफल फ्रेम अफ माइन्ड नाम गिती सङ्गालो जारी गरेकी थिइन् र लेट्स डान्स नामक वास्तविक प्रतियोगिता कार्यक्रमको पहिलो संस्करण तेस्रो स्थान सम्म पुगेकी थिइन। अर्को वर्ष उनी, स्याट वान, दास भिएर्ते र भिभा दोयच्सलान्त जस्ता च्यानल प्रसारण भएका विभिन्न छोटो दूरदर्शन कार्यक्रमहरूमा प्रस्तुतकर्ता र अभिनेत्री बनेकी थिइन्। त्यसपछि उनी दि सिङ्न्दि फिर्माका लागि निर्णायक बनेकी थिइन्। सन् २०१० मा, मोलिङले भोम जेस्ट दे वायनाच्स नामक लघु उपन्यासमा आधारित एक चलचित्रबाट उनको रङ्ग मञ्चीय पर्दापण गरेकी थिइन् जसले उनलाई जोसेफ एन्ड द अमेजिङ टेक्निकलर ड्रिमकोट र काबरेट जस्ता चलचित्रहरूमा स्थान दिलाउन सफल भएको थियो। [२] आफ्नो कार्यकाल भरिमा, मोलिङले जारी गरेका चारवटा गीतहरू जर्मनेली चार्टको शीर्ष स्थानमा पुग्न सफल भएका छन् भने उनको गिती सङ्गालो र एकल गीत गरेर विश्वव्यापी रूपमा ५० लाख भन्दा बढी बिक्री भएका छन्। मनोरञ्जन उद्योगबाट बहिर उनी धेरै परोपकारी गतिविधिहरूमा संलग्न छिन्। उनी शिक्षा, बालबालिकाको हेरचाह र पशु कल्याण लगायतका विभिन्न कारणहरूमा संलग्न रहँदै आएकी छिन्। सन् २०१५ मा, उनले आफ्नी आमासँग बच्चाहरूको पुस्तक पम्पेल, देर बाउम्जवेर्ग्को सह रचना गरेकी थिइन्।[१] सोही वर्ष, मोलिङ लस एन्जलस, क्यालिफोर्नियामा बसाई सरेकी थिइन् जहाँ उनले, क्यानडेली सङ्गीत निर्माता र म्याजिक साङ्गीतिक समूहका प्रमुख गायक नासरी हतविहका साथ दोस्रो छोरालाई जन्म दिएकी थिइन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

मोलिङको जन्म जन्म उपर्टाल , उत्तर राइन-वेस्टफालिया , पश्चिमी जर्मनीमा भएको थियो।[३] उनको बुबाको नाम लोथर मोलिङ हो भने उनको आमाको नाम दगमर स्प्रेन्गर-फच्स हो।[४] उनका ब्रायन, केभिन र डस्टिन गरी तीज जना भाइहरू छन् भने उनकी एक बहिनी मेलिना पनि छिन् जुन सौतेनी आमाकी छोरी हुन्।[४] उनका बुबाआमाको सम्बन्ध विच्छेद भइसकेपछि मोलिङ, उनकी आमा र उनका भाइबहिनीहरू त्यहाँबमट कोब्लेन्ज , राइनल्यान्डमा बसाई सरेका थिए[५][६] जहाँ उनले माध्यमिक विद्यालय सम्मको अध्ययन गरेकी थिइन्। पछि उनीले जिन्सको खुद्रा विक्रेताको रूपमा काम गर्न थालेकी थिइन्।[७]

कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् २०००–२००३: नो एन्जेल्सको साथ प्रारम्भिक सफलता[सम्पादन गर्नुहोस्]

सन् २००२ मा मोलिङ

सन् २००० मा, मोलिङले जर्मनेली वास्तविक दूरदर्शा कार्यक्रम पपस्टार्सको पहिलो संस्करणका लागि लागि हजारौँ अन्य महिलासँग प्रतिस्पर्धामा अडिसन दिएकी थिइन्। उनले उत्कृष्ट प्रदर्शन गरेका कारण शीर्ष १० मा स्थान पाउँदै तुरुन्तै एक कार्यशालाका लागि प्रतिस्पर्धीहरूसँग सामेल हुन स्पेनको मोयोर्का गएकी थिइन् जहाँ नृत्य दिग्दर्शकहरूसँग सङ्घर्ष गर्नुपरेता पनि उनले उक्त कार्यक्रमको अन्तिम दशमा प्रवेश गर्न सफल भएकी थिइन्। नोभेम्बर २००० मा एउटा विशेष श्रृङ्खलाको क्रममा, मूल्याङ्क सदस्य मोसलेनरले अन्तमा सेन्डी अन्तिम पाँच सदस्यीय युवती समूह नो एन्जेलसको सदस्य बन्नका लागि छानिएको खुलासा गरेका थिए। यसरी उनी पाँच सदस्यीय युवती साङ्गीतिक समूह नो एन्जेल्सको सदस्य बनेकी थिइन् जसमा उनका साथ नाडिया बिनाइसा, लुसी डियाकोभस्का, जेसिका वाल्सभनेसा पिट्रुओ समावेश थिए। त्यसपछि उक्त साङ्गीतिक समूहले पोलिडर रेकर्ड्ससँग सम्झौतामा हस्ताक्षर गरेको थियो।[८]

समूहमा अन्तिम पाँच सदस्यहरू एकत्रित भएपछि, पपस्टार्सले मुन्छेन नजिकैको साझा कोठामा सर्न घर छोड्ने समूहको विकास र सङ्घर्षहरूको खोजी गरिरहेका थिए। तथापि, समूहले उनीहरूको पहिलो एकल "डेलाइट इन योर्क आइज" जारी गर्न झण्डै चार महिना लिएका थिए जुन पछि यस समूहको पहिलो गिती सङ्गालो एलेमेन्ट्स (सन् २००१) मा देखा परेको थियो। दुबै एकल गीत र गिती सङ्गालो एक अप्रत्याशित तर अत्यन्तै सफल बन्न पुगेको थियो। समूहको यो प्रस्तुति अस्ट्रिया, जर्मनी र स्विस मिडिया कन्ट्रोल एकल, गिती सङ्गालो र प्रवाह चार्टमा शीर्ष स्थानमा प्रवेश गरेको थियो जसले नो एन्जेल्सलाई वर्षको सबैभन्दा सफल पर्दापण गर्ने समूहको रूपमा उचाई प्रदान गरेको थियो। [१] त्यसपछिका पछिल्ला वर्षहरूमा, नो एन्जेल्सले नाउ ... अस! र पियोर गरी दुई वटा गिती सङ्गालो जारी गरेको थियो भने ती दुबै जारी गरिएकम गिती सङ्गालोहरू जर्मनेली चार्टको शीर्ष स्थानमा पुगेका थिए। ती दुईवटा गिती सङ्गालोहरूमा १२ वटा गीतहरू समावेश छन् र ति मध्ये ४ वटा गीतहरू भने जर्मनेली चार्टको शीर्ष स्थानमा आएका थिए। अन्तत: विश्वव्यापी रूपमा ५० लाख भन्दा बढी एकल र गिती सङ्गालोहरू बेच्न सफल नो एन्जेल्स अहिलेसम्मको इतिहास सबैभन्दा बढी बिक्री गराउन सफल हुने जर्मनेली युवती समूह हुन्। समूह एटोमिक किटन पछि सन् २००१ र सन् २००३ को बीच यूरोपको महादेशको दोस्रो सबैभन्दा सफल युवती साङ्गीतिक समूह पनि हो। [१] यस साङ्गीतिक समूहकी सदस्य जेसिका वाल्सले मार्च २००३ मा उनको पहिलो बच्चाको जन्म भएपछि समूह छोडेकी थिइन्। ५ सेप्टेम्बर २००३ मा, समूहमा बाँकी रहेका चार सदस्यहरूले तीन वर्षको लगातार भ्रमण र रोगको बढ्दो क्रमसँगै समूहको सबै कार्यलाई रोक्ने घोषण गरेका थिए।सोही वर्षको नोभेम्बरमा द बेस्ट अफ नो एन्जेल्सको सार्वजनिकले समूहको अन्त्यलाई प्रष्ट पारेको थियो। बाँकी रहेका प्रत्येक सदस्यहरू सन् २००४ को सुरुवातमा छुट्टिएका थिए।[१]

सुरुवाती एकल कार्यकाल[सम्पादन गर्नुहोस्]

नो एन्जेल्सको विघटन भएपछि उनले आफ्नो सम्पूर्ण ध्यान एकल परियोजनामा केन्द्रित गरेकी थिइन्।[७] समूहको अन्तिम साङ्गीतिक कार्यक्रमको केही महिना पछि नै उनको एकल कार्यकालको सुरु भएको थियो।[९] मोलिङले सन् २००४ को सुरुवातमा उनको पहिलो गिती सङ्गालो अनएक्सपेक्डेट कैद गराउनका लागि केही रकम खर्चेकी थिइन्।[१०] उनले नो एन्जेल्सको, निकलास मोलिन्दर र जोवाचिम परसन र निर्माण टोली टुइन सहित स्क्यान्डिनेभियाका गीतकार तथा निर्माताहरूको टोलीसँग उनको पुन: भेट भएको थियो। यस गिती सङ्गालोले समूहको पूर्व लेबल सायान रेकर्ड अन्तर्गत निर्मित, "अननेचुरल ब्लन्ड" नामक गीतको उत्पादन गरेको थियो।[७][११] जारी भए लगत्तै यसले जर्मनेली एकल चार्टमा आठौँ स्थानमा पुगेको थियो र सबै पूर्व समूहका सदस्यहरूले जारी गरेको गीत भन्दा यो शीर्ष स्थानमा अवस्थित थियो। त्यसपछि जारी गरिएको "टेल मी" नामक गीत जर्मनेली चार्टको शीर्ष १० मा पुग्न सफल भएको थियो। [१२]

सन् २००५ मा मोलिङ

सन् २००४ को मध्यमा, मोलिङले लुकास हिलबर्ट र उवे फरेनक्रोग-पिटरसेनसँग सहकार्य गरी पपस्टार्स - जेट्स्त ओडर नी! मा सामेल भएकी थिइन् जुन जर्मनेली पपस्टार्सको चौँथो संस्करण रहेको थियो। त्यहाँ उनी भूतपूर्व विजेताको रूपमा सेवा गर्ने पहिलो निर्णायक पनि बनेकी थिइन्।[१३] अनएक्सपेक्टेडलाई १३ सेप्टेम्बर २००४ मा सार्वजनिक गरिएको थियो र यसले जर्मनेली गिती सङ्गालो चार्टमा १०अौँ स्थानमा पुग्न सफल भएको थियो। यसले समालोचकहरूबाट सामान्यतया मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो जसमा उनीहरूले यसलाई असमान भन्दै ध्वनिलाई नो एन्जेल्सको नयाँ रेकर्डसँग तुलना गरेका थिए। [१३] यसको मिश्रित संस्करणलाई मोलिङले वार्षिक रूपमा आयोजना हुने प्रतियोगिता, सन् २००५ को बुन्डेसभिजन गीत प्रतियोगिताका लागि छनोट गरेकी थिइन्। गायिका अन्ततः १० अङ्कको साथ अन्तिम स्थानमा रहेकी थिइन्, जबकि गीतले जर्मनेली एकल चार्टमा २९अौँ स्थान सम्म पुगेको थियो।[१४] जर्मनीको व्यावसायिक रूपमा सबैभन्दा सफल महिला गायिका, मोलिङले इको पुरस्कार र एकल प्रयासका लागि महिला कलाकारको रूपमा राष्ट्रिय श्रेणीमा वान लाइभ क्रोन नामाङ्कनन प्राप्त गर्न सफल भएकी थिइन्। [१५]

आयोजकका रूपमा गरिएका केही र अचानक लेबल परिवर्तन पछि सेन्डीले उनको मध्यम सफल दोस्रो गिती सङ्गालो, फ्रेम अफ माइन्डलाई जुन २००६ मा स्टारवाच म्युजिकबाट जारी गरेकी थिइन्।[१६] यो गिती सङ्गालो जर्मनेली चार्टको ५३अौँ स्थान सम्म पुगेको थियो। बेलायतका प्रख्यात साङ्गीतिक समूह द प्रिमिटिभ्सद्वारा जारी गरिएको सन् १९९८ को "क्र्यास" नामक गीतलाई उनले आफ्नो गिती सङ्गालोमम केही फेरबदल गरी जारी गरेकी थिइन्। यो गीत जर्मनेली एकल चार्टको २३अौँ स्थानमा रहेको थियो। यसका अतिरिक्त सेन्डीलाई दूरदर्शन प्रतियोगिता लेट्स डान्समा एक प्रतिस्पर्धीको रूपमा चित्रित गरिएको थियो र उनी अन्तमा तेस्रो स्थान सम्म पुग्न सफल भएकी थिइन्।[१७] एल्बमको दोस्रो एकल, "लिभिङ विथआउट यु" नोभेम्बर २००६ मा सार्वजनिक भएको थियो र यो गीत जर्मनेली एकल चार्टमा ३६अौँ स्थानमा पुगेको थियो।[१८]

सन् २०१२–हाल: थप एकल कार्यहरू[सम्पादन गर्नुहोस्]

सन् २०१७ मा, मोलिङ जर्मनेली प्रतिस्पर्धी नृत्य प्रतिभा कार्यक्रम डान्स डान्स डान्सको दोस्रो संस्करणमा देखा परेकी थिइन्।[१९] उनले पपस्टार्स विजेता मनरोस नामक साङ्गीतिक समूहकी पूर्व सदस्य बहरा किजिलसँग सहकार्य गरेकी थिइन्। [२०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ ots, "BLITZ Spezial über die No Angels", Presseportal (जर्मनेलीमा), अन्तिम पहुँच ५ अप्रिल २००७ 
  2. "Trauriges Geständnis Sängerin: Sandy Mölling hatte eine Fehlgeburt" (जर्मनेलीमा), Express .de, २९ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ३ अक्टोबर २०१७ [dead link]
  3. RP (२००७-१२-१७), "Eindrucksvoll und authentisch", RP Online (जर्मनेलीमा), अन्तिम पहुँच २००८-०६-३० 
  4. ४.० ४.१ Fritzsche, Lara (२००५-१२-०२), "Oh Gott, ich hör mich an wie 'ne Nonne", Kölner Stadtanzeiger (जर्मनेलीमा), अन्तिम पहुँच २००८-०६-३० 
  5. ZDF-Sendung Markus Lanz, 25. Juli 2012
  6. „Oh Gott, ich hör mich an wie 'ne Nonne“, Kölner Stadt-Anzeiger, 2. Dezember 2004
  7. ७.० ७.१ ७.२ "Ex-No-Angel Sandy Mölling freut sich über zweites Kind" (जर्मनेलीमा), २०१५-१०-०६, अन्तिम पहुँच २०१९-०६-२७ 
  8. "No Angels - Biografi", Chart-King (जर्मनेलीमा), अन्तिम पहुँच जनवरी ३१, २००७  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी ८, २००७ मिति
  9. "Unexpected (Review)", Presseportal.de, फेब्रुअरी ६, २००५, अन्तिम पहुँच जुलाई ६, २०१८ 
  10. "Unexpected (Reviu)", laut.de, अन्तिम पहुँच जुलाई ६, २०१८ 
  11. "So wenig verdienen Pro7-Popstars wirklich", Bild.de, अक्टोबर १४, २०१०, अन्तिम पहुँच जुलाई ६, २०१८ 
  12. "No-Angels-Aussteigerin Jess: 'Wir hatten uns etwas ganz anderes vorgestellt'", Der Spiegel, सेप्टेम्बर २९, २००३, अन्तिम पहुँच जुलाई ६, २०१८ 
  13. १३.० १३.१ https://www.stuttgarter-zeitung.de/inhalt.die-paepstin-in-stuttgart-no-angel-sandy-moelling-gluecklich-ueber-premiere.4f334839-65a5-4c30-a261-7f67643edd36.html
  14. Dance Dance Dance 2017 – Diese 14 Promi-Kandidaten tanzen im September an, bild.de, abgerufen am 3. August 2017.
  15. dpa, "Sandy Mölling mit Publikumspreis geehrt", www.abendblatt.de, अन्तिम पहुँच २०१६-०८-२६ 
  16. "Spielplan My Fair Lady" (जर्मनेलीमा), २०१९-०६-२७, मूलबाट २०१६-०३-०६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०६ मिति
  17. "Ex-No-Angels-Star Sandy Mölling und Pumpel, der Baumzwerg", klatsch-tratsch.de (जर्मनेलीमा), २०१५-०७-२४, अन्तिम पहुँच २०१९-०६-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२७ मिति
  18. "Besetzung Joseph" (जर्मनेलीमा), २०१४, मूलबाट २०१४-०६-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०६-२८ 
  19. aktion tier-menschen für tiere e.V (२०१३-०४-१६), "`No Angels` Sandy Mölling hat erblindeter Ines Kilias jungen Labrador als zukünftigen Blindenhund übergeben" (जर्मनेलीमा), अन्तिम पहुँच २०१९-०६-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२७ मिति
  20. "Sandy Mölling - Botschafterin Regenbogenland" (जर्मनेलीमा), २०१०, मूलबाट २०१९-०१-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०६-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-२७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]