जेसिका वाल्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेसिका वाल्स
सन् २००८ मा वाल्स
जन्मजेसिका मार्टिना वाल्स
(1977-02-02) २ फेब्रुअरी १९७७ (उमेर ४७)
पेशागायिका, गीतकार, दूरदर्शन प्रस्तोता
कार्यकालसन् २०००–२०१४
सन् २०१२–हाल
नामपत्र (हरू)
सेयेन/पोलिडर
(सन् २००३-२००५)
सोनी बिएमजी
(सन् २००५-हाल)
सन्तान
वेबसाइटwww.jessicawahls.tv

जेसिका मार्टिना वाल्स (जर्मनेली: Jessica Wahls) (जन्म: २ फेब्रुअरी १९७७) वा उपनाम जेस, एक जर्मनेली पप गायिका, गीतकार, अभिनेत्री तथा दूरदर्शन कार्यक्रम प्रस्तुतकर्ता हुन्। वाल्स सन् २००० मा जर्मनेली दूरदर्शन प्रतिभा कार्यक्रम पपस्टार्समा नो एन्जेल्सको नामद्वारा गठन भएको एक युवती साङ्गीतिक समूहकी एक महत्त्वपूर्ण सदस्य थिइन्। उसले सोही कार्यक्रम र उक्त साङ्गीतिक समूहको सदस्य भएकाले ख्याति कमाउन सफल भएकी थिइन् र यो समूहले हाल सम्म युरोपेली मूलका सबैभन्दा धेरै बिक्री गराउन सफल विभिन्न गीत तथा गिती सङ्गालोको प्रस्तुत गर्दै किर्तिमानी कायम गर्न सफल भएको छ।[१]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

जेसिका वल्सको जन्म २ फेब्रुअरी १९७७ मा, जर्मनीको राज्य हेस्न्मा भएको थियो।[२] उनी अफ्रीकी अमेरिकी  बुबा जेम्स, र जर्मनेली आमा गेब्रिएली "गाबी"को एकमात्र सन्तान हुन्। उनी ६ महिनाको  छँदा उनका बुबाआमा छुट्टिएका थिए। जस कारण उनी आमाको साथ हेस्न् राज्यको वाद नउहाउम भन्ने ठाउँमा हुर्किएकी थिइन्। [२]

उनका बाबुआमाको सम्बन्ध विच्छेद पछि, वल्सले उनको बुबासँग थोरै सम्पर्क हुने गरेको थियो र उनको आमाले परिवारलाई सहयोग पुर्‍याउनका लागि निजी सहयोगीको रूपमा काम गरेकि थिइन्। सन् १९९९ मा, गेब्रिएलीले वल्सको बार्बाडियाली सौतेनी बुबा तोससँग विवाह गरेकी थिइन्।[२]

कार्यकाल[सम्पादन गर्नुहोस्]

सुरुवात[सम्पादन गर्नुहोस्]

सन् २००० मा, जेसिकाले यात्रा व्यवस्थापन सहायकको रूपमा उनको काम छोडेर समूह नो एन्जेल्समा सम्मिलित हुनको लागि प्रशिक्षण छोडेकी थिइन्। उनले सन् २००० को जर्मनेली संस्करण वा पहिलो संस्करणको पपस्टार्समा सहभागी हुने मनसाय राखेकी थिइन्।

सन् २०००–२००३: नो एन्जेल्सको साथ प्रारम्भिक सफलता[सम्पादन गर्नुहोस्]

सन् २००२ मा जेसिका वाल्स

व्यवसायीक सङ्गीत व्यवसायमा सफलता प्राप्त गर्न प्रोत्साहित हुँदै, वाल्सले जर्मनेली वास्तविक दूरदर्शन कार्यक्रम पपस्टार्सको सन् २००० को पहिलो संस्करणका लागि अडिसन दिएकी थिइन्। उनले हजारौँ अन्य महिलाहरूसँग प्रतिस्पर्धामा प्रवेश गरेकी थिइन्। उनले उत्कृष्ट प्रदर्शन गरेका कारण निर्णायकहरू खुसी हुँदै उनको पदोन्नति गर्दै शीर्ष १० मा स्थान प्राप्त गरेकी थिइन् र उनी तुरुन्तै एक कार्यशालाका लागि प्रतिस्पर्धीहरूसँग सामेल हुन स्पेनको मोयोर्का गएकी थिइन्। उनले उक्त कार्यक्रमको अन्तिम दशमा प्रवेश गर्न सफल भएकी थिइन्। नोभेम्बर २००० मा एउटा विशेष श्रृङ्खलाको क्रममा, मूल्याङ्क सदस्य मोसलेनरले अन्तमा सेन्डी अन्तिम पाँच सदस्यीय युवती समूह नो एन्जेल्सको सदस्य बन्नका लागि छानिएको खुलासा गरेका थिए। यसरी उनी पाँच सदस्यीय युवती साङ्गीतिक समूह नो एन्जेल्सको सदस्य बनेकी थिइन् जसमा उनका साथ सेन्डी मोलिङ, नाडिया बिनाइसा, लुसी डियाकोभस्काभनेसा पिट्रुओ समावेश थिए। त्यसपछि उक्त साङ्गीतिक समूहले पोलिडर रेकर्ड्ससँग सम्झौतामा हस्ताक्षर गरेको थियो।[३]

समूहमा अन्तिम पाँच सदस्यहरू एकत्रित भएको थियो। समूहले उनीहरूको पहिलो एकल "डेलाइट इन योर आइज" जारी गर्न झण्डै चार महिना लिएका थिए जुन पछि यस समूहको पहिलो गिती सङ्गालो एलेमेन्ट्स (सन् २००१) मा देखा परेको थियो। दुबै एकल गीत र गिती सङ्गालो एक अप्रत्याशित तर अत्यन्तै सफल बन्न पुगेको थियो। समूहको यो प्रस्तुति अस्ट्रिया, जर्मनी र स्विस मिडिया कन्ट्रोल एकल, गिती सङ्गालो र प्रवाह चार्टमा शीर्ष स्थानमा प्रवेश गरेको थियो जसले नो एन्जेल्सलाई वर्षको सबैभन्दा सफल पर्दापण गर्ने समूहको रूपमा उचाई प्रदान गरेको थियो। 

त्यसपछिका पछिल्ला वर्षहरूमा, नो एन्जेल्सले नाउ ... अस! र पियोर गरी दुई वटा गिती सङ्गालो जारी गरेको थियो भने ती दुबै जारी गरिएकम गिती सङ्गालोहरू जर्मनेली चार्टको शीर्ष स्थानमा पुगेका थिए। ती दुईवटा गिती सङ्गालोहरूमा १२ वटा गीतहरू समावेश छन् र ति मध्ये ४ वटा गीतहरू भने जर्मनेली चार्टको शीर्ष स्थानमा आएका थिए। अन्तत: विश्वव्यापी रूपमा ५० लाख भन्दा बढी एकल र गिती सङ्गालोहरू बेच्न सफल नो एन्जेल्स अहिलेसम्मको इतिहास सबैभन्दा बढी बिक्री गराउन सफल हुने जर्मनेली युवती समूह हुन्। समूह एटोमिक किटन पछि सन् २००१ र सन् २००३ को बीच युरोप महादेशको दोस्रो सबैभन्दा सफल युवती साङ्गीतिक समूह पनि हो।[१]

यस साङ्गीतिक समूहकी सदस्य जेसिका वाल्सले मार्च २००३ मा उनको पहिलो बच्चाको जन्म भएपछि समूह छोडेकी थिइन्। ५ सेप्टेम्बर २००३ मा, समूहमा बाँकी रहेका चार सदस्यहरूले तीन वर्षको लगातार भ्रमण र रोगको बढ्दो क्रमसँगै समूहको सबै कार्यलाई रोक्ने घोषण गरेका थिए। साङ्गीतिक समूहमा फर्किएकी जेसिका वेल्सका साथ समूहले समूहले अन्तिम गीत जारी गरेको थियो जुन जर्मनेली चार्टको शीर्ष १० स्थानमा पुगेको थियो। सोही वर्षको नोभेम्बरमा द बेस्ट अफ नो एन्जेल्सको सार्वजनिकले समूहको अन्त्यलाई प्रष्ट पारेको थियो। बाँकी रहेका प्रत्येक सदस्यहरू सन् २००४ को सुरुवातमा छुट्टिएका थिए। सन् २००७ मा, समूहले डेस्टिनी नामक गिती सङ्गालो जारी गर्दै पुनर्मिलन गरेको थियो। 

नो एन्जेल्सले ३१ जनवरी २००७ मा, पुनर्मिलनको घोषण गरेको थियो र उनी पुन: सन् २००७ को फेब्रुअरीमा नो एन्जेल्समा सामेल भएकी थिइन्। मार्च २००८ मा समूह सन् २००८ को युरोभिजन गीत प्रतियोगिता फाइनलमा बेलग्रेडमा जर्मनीको प्रतिनिधित्व गर्नका छनोट भएको थियो।

एकल कार्यकाल[सम्पादन गर्नुहोस्]

नोभेम्बर २००३ मा, नो एन्जेल्सको पहिलो पटक विघटन भएपछि उनले आफ्नो सम्पूर्ण ध्यान एकल उपस्थिति र संयुक्त परियोजनामा केन्द्रित गरेकी थिइन्। जेसिकाले सन् २००३ मा एकल गीत टेन स्टेप्स ब्याकबाट एकल कार्यकालको सुरु गरेकी थिइन्, जुन आठ हप्तासम्म जर्मनेली बिक्री चार्टमा रहन सफल भएको थियो भने यो गीत जर्मनेली एकल चार्टको ४३अौँ र अस्ट्रियाली एकल चार्टको ५४अौँ स्थान सम्ममा पुगेको थियो। उनले टिभी अलस्टार्सको दान परियोजनामा पनि भाग लिएकी थिइन् र गीतहरू प्रकाशित गरेकी थिइन्। उनले उक्त दान परियोजनाका लागि अन्य कलाकारहरूसँगको सहकार्यमा दे नो इट्स क्रिसमस? नामक गीत जारी गरेकी थिइन्। सन् २००४ मा, उनले आफ्नो दोस्रो गीत डन्ट गेट मि स्केयस्ड जारी गरेकी थिइन् भने उक्त गीत जर्मनेली एकल चार्टको ५१अौँ स्थानमा पुगेको थियो।[४]

उनको अर्को गीत Du bist wie ich wurde लाई सन् २००५ मा जारी गरिएको थियो जसलाई किका प्रत्यक्ष कार्यक्रमको लागि प्रयोग गरिएको थियो। अगस्ट २००६ मा, उनी डान्सिङ विथ द स्टार्सको जर्मनेली संस्करणमा आफ्नो एकल परियोजनालाई प्रवर्द्धन गर्ने उद्देशका देखा परेकी थिइन्। सन् २००५ को मेमा, उनी जर्मनेली संस्करणको प्लेब्वाईमा देखा परेकी थिइन् भने उनी सोही वर्षको अन्त्य तिर, पुरुष लक्षित पत्रिका म्याक्सिमका लागि तस्वीर खिचाएकी थिइन्।

सन् २००९ मा, उनी डर प्रधान चलचित्र तेरेन्जी हरर नाइटमा अभिनय गरेकी थिइन्। फेब्रुअरी देखि नोभेम्बर २०११ सम्ममा, उनले आफ्नो आकाशवाणी कार्यक्रम रेडियो इनर्जीको सञ्चालन गरेकी थिइन्। वाल्सले उनको एकल परियोजना बाहेक विभिन्न जर्मनेली दूरदर्शन कार्यक्रमको सञ्चालन गरिसकेकी छिन्। उनले जर्मनेली दूरदर्शन हाजिरी जवाफ कार्यक्रम ९लाइभमा उद्घोषकको भूमिका निर्वाह गरेकी थिइन्।

भिभा र एमटिभी लगायतका दूरदर्शन च्यानलमा विभिन्न कार्यक्रमहरू प्रस्तुत गरे पछि उनलाई प्रोसिबेनको कार्यक्रम वि आर फेमिलीमा उनको जीवनीलाई प्रसारण गरिएको थियो। सन् २००६ देखि उनी Neckermann versandhandel नामक कम्पनीमा काम गरिरहेकी थिइन जसमा उनले सुरुमा केवल कार्यक्रमहरूमा प्रतिनिधित्व गरेकी थिइन्। उनले आफ्नो अन्तिम एकल प्रस्तुति ४ नोभेम्बर २००५ मा, अनकन्डिसनल नामक गीत जारी गरेकी थिइन् जुन गीत जर्मनेली एकल चार्टको ९२ अौँ स्थानमा दुई हप्ता सम्म रहेको थियो। [५]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन् २००० मा, जेसिकाको एक बिग ब्रदर नामक जर्मनेली कार्यक्रमका उम्मेदवार वाल्टर अन्टरवेगरसँग सम्बन्धमा रहेकी थिइन्। सन् २००१ देखि सन् २००८ सम्म उनी नर्तक, नृत्य प्रशिक्षक तथा भोजनालय सञ्चालक सास्चा डिक्रिएटरसँग सम्बन्धमा रहेकी थिइन्। उनी उनको मार्च २००३ मा जन्मिएकी छोरीका बुबा पनि हुन्। समूहसँगको दुई वर्षको लगातार सफलता पछि उनको जन्मका कारण उनले समूह छोड्नु परेको थियो। सन् २००९ को मध्य तिर, वाल्सले उनीहरू बीच सम्बन्ध विच्छेद भइसकेको घोषण गरेकी थिइन्।

साङ्गीतिक सङ्ग्रहहरू[सम्पादन गर्नुहोस्]

एकल गीतहरू[सम्पादन गर्नुहोस्]

गायिकाको रूपमा
चयन गरिएको चार्ट स्थिति र प्रमाणपत्रहरूको साथ एकल गीतहरूको सूची
शीर्षक वर्ष चार्ट स्थिति गिती सङ्गालो
जर्मनेली एकल चार्ट
[५]
Ö3 अस्ट्रिया उत्कृष्ट ४०
[६]
स्वीस हिटपरेड
[७]
"टेन स्टेप्स ब्याक" २००३ ४१ ५४ कुनैपनि गिती सङ्गालो जारी गरिएन
"डन्ट गेट मी स्टार्टेड" २००४ ५१
"डु बिस्ट वि इच्स" २००५ ७८
"बेडिङगुङ्सलस" ९२
सहयोगीको रूपमा
शीर्षक वर्ष चार्टमा उपस्थिति गिती सङ्गालो
जर्मनेली चार्ट
[५]
Ö3 अस्ट्रिया उत्कृष्ट ४०
[६]
स्वीस हिटपरेड
[७]
"डु दे नो इट्स क्रिसमस?" २००३ २८ ३२ अन्तिम क्रिसमस गिती सङ्गालो

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "BLITZ Spezial über die No Angels", Presseportal, अन्तिम पहुँच ५ अप्रिल २००७ 
  2. २.० २.१ २.२ "Starcorner", Clanotopia, मूलबाट २०११-०७-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०६-२२  वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१८ मिति
  3. "No Angels – Biografi", Chart-King (जर्मनेलीमा), अन्तिम पहुँच ३१ जनवरी २००७  वेब्याक मेसिन अभिलेखिकरण ८ फेब्रुअरी २००७ मिति
  4. Bedingungslos auf allmusic.com (abgerufen am 28. November 2016)
  5. ५.० ५.१ ५.२ "Charverfolgung / Jess / Longplay" (जर्मनेलीमा), Musicline.de., अन्तिम पहुँच जुलाई ३, २०१८ 
  6. ६.० ६.१ Hung, Steffen, "Discographie Jess" (जर्मनेलीमा), Austrian Charts Portal. Hung Medien (Steffen Hung), अन्तिम पहुँच जुलाई ३, २०१८ 
  7. ७.० ७.१ Hung, Steffen, "Discographie Jess" (जर्मनेलीमा), Swisscharts Portal. Hung Medien (Steffen Hung), अन्तिम पहुँच जुलाई ३, २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]