नो एन्जेल्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नो एन्नल्स
सन् २००८ जुन २७ का दिन पत्यक्ष प्रस्तुति दिँदै नो एन्जल्स
व्यक्तिगत विवरण
उत्पत्तिजर्मनी
विधा
  • पप
  • इलेक्ट्र‍ पप
  • युरो पप
वाद्ययन्त्रस्वर
सक्रिय वर्ष
  • सन् २०००–२००३
  • सन् २००७–२०११
लेबल
पूर्व सदस्य(हरू)

नो एन्जेल्स (जर्मनेली: No Angels) जर्मनीमा सन् २००० मा गठन भएको एक युवती साङ्गीतिक समूह थियो। यो समूह ५ जना सदस्यहरूका साथ गठित भएको थियो जसमा नाडिया बिनाइसा, लुसी डियाकोभस्का, सेन्डी मोलिङ, भनेसा पिट्रुओजेसिका वाल्स समावेश थिए।[१] समूह मूल रूपमा उत्पत्ति जर्मनेली वास्तविक दूरदर्शन शृङ्खला पपस्टार्सको प्रथम संस्करणमा भएको थियो। जसले मध्य युरोपका प्राय: सबै देशहरूमा गायन प्रतियोगिता सञ्चालन गर्दै लगातार सफलता प्राप्त गरेको छ। किर्तिमानी कायम गर्ने सफल समूहको डेलाइट इन योर आइज नामक गीत र उनीहरूको पहिलो गिती सङ्गालो इलिमेन्ट्सको जारी लगत्तै समूह जर्मनीमा लोकप्रिय बन्न पुगेको थियो र जसले गर्दा जर्मनेली भाषी युरोपमा पनि समूहले आफ्नो छाप छोड्न सफल भएको थियो।[२] विभिन्न व्यवसायीक रूपमा सफल भएका गीत तथा गिती सङ्गालोको जारीसँगै यो सबैभन्दा सफल साङ्गीतिक समूहको रूपमा रहेको छ। समूहका ४ वटा गीत र ३ वटा गिती सङ्गालो क्रमश: जर्मनेली एकल चार्ट तथा जर्मनेली गिती सङ्गालो चार्टमा आउन सफल भएका थिए भने समूहले ५० लाख भन्दा बढी रेकर्ड बिक्री गरेको थियो। जसले गर्दा समूह सबै समयको सर्वाधिक बिक्री गराउन सफल जर्मनेली युवती साङ्गीतिक समूह र युरोप महादेशमा सन् २००० को दशकको सबैभन्दा सफल साङ्गीतिक समूहको रूपमा रहेको थियो।[३] समूहले ३ इको पुरस्कार, १ विश्व सङ्गीत पुरस्कार, १ एनआरजे सङ्गीत पुरस्कार, २ कमेट्स, १ बम्बी र १ गोल्दिन कामिरा पुरस्कार प्राप्त गरेको थियो।

अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको यस समूहका सदस्यहरू आ-आफ्नो एकल परियोजना काम गर्ने अभिप्रायका साथ प्रथम पटक डिसेम्बर सन् २००३ मा छुट्टिएका थिए र जसले गर्दा समूहको विधटन भएको थियो।[४] सन् २००७ मा, समूहमा सुरुवाती चरणमा रहेका चार सदस्यहरू स्थायी रूपमा पुनर्गठन भएको पुष्टि भएको थियो र समूहले पुनर्गठन लगत्तै सन् २००७ को मध्य तिर डेस्टिनी नामक गिती सङ्गालोको जारी गरेको थियो। एक वर्ष पछि, समूहले बेलग्रेडमा युरोभिजन गीत प्रतियोगितामा जर्मनीको प्रतिनिधित्व गरेको थिय।, जहाँ उनीहरू अन्तिम मतदानमा २३ औँ स्थानमा रहेका थिए।[५] अर्को साङ्गीतिक विश्राम पछि, समूहले सन् २००९ मा वेलकम टु डान्स नामक दोस्रो स्टुडियो गिती सङ्गालो जारी गरेको थियो जुन व्यावसायिक रूपमा असफल भएको थियो।[६] सेप्टेम्बर २०१० मा, नाडिया बिनाइसाले आधिकारिक रूपमा निजी कारणले समूह छोडेकी थिइन्। जसले गर्दा समूह ३ सदस्यीय टोलीमा रूपान्तरण भएको थियो। समूहको अर्को परियोजना सम्पन्न गर्न असफल हुँदा, समूह पुन: विभाजित भएको थियो।[१][२]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २०००: गठन[सम्पादन गर्नुहोस्]

नो एन्जेल्सका सदस्यहरू जर्मनेली संस्करणको पपस्टार्समा चुनिएका थिए। जुन अन्तर्राष्ट्रिय स्तरको वास्तविक दूरदर्शन शृङ्खला थियो। समूह गठन नै ५ सदस्यीय टोलीद्वारा भएको थियो।[७] सन् २००० को अगस्ट र सेप्टेम्बमा महिनामा १००० भन्दा बढी प्रतियोगीहरूले यसमा सहभागिता जनाएका थिए। प्रथम संस्करणको पपस्टार्सको अडिसन जर्मनीका विभिन्न सहरहरूमा भएको थियो।[८]

नो एन्जेल्सको साथ पिट्रुओ (सन् २००१ मा)

निर्णायकहरूले हजारौं प्रतिस्पर्धीहरूका बीचबाट प्रतियोगिताबाट निस्कासित गर्दै ३२ जनाम झारेका थिए[८] र सोही ३२ जना प्रतिस्पर्धीहरू गायन, नृत्य तथा शारीरिक अवस्थामा ध्यान केन्द्रित गर्नका लागि स्पेनको मोयार्का नामक सहरमा स्थानान्तरण गरिएका थिए। [९] निर्णायक मण्डलका सदस्यहरूले नृत्य दिग्गज डेट्लिफ सुस्त र बेलायती गायन प्रशिक्षक रोबर्ट बिक्नेलको सहायतामा हरेका हप्ता २ अथवा ३ प्रतियोगीहरूलाई निस्कासित गर्दै कार्यक्रमलाई अगाडि बढाएका थिए जसले गर्दा एघार जना अन्तिम प्रतियोगिताका लागि छनोट हुँदै पुन: जर्मनी पुगेका थिए। [९] अन्तिम निस्कासन प्रक्रिया पश्चात्, नाडिया बिनाइसा, लुसी डियाकोभस्का, जेसिका वाल्स, सेन्डी मोलिङ र भनेसा पिट्रुओलाई निर्णायक सदस्यहरूले ५ सदस्यीय युवती साङ्गीतिक समूहको गठन गर्नका छनोट गरेका थिए र यस प्रकार यो साङ्गीतिक समूहको गठन भएको थियो। त्यसपछि उक्त साङ्गीतिक समूहले पोलिडर रेकर्ड्ससँग सम्झौतामा हस्ताक्षर गरेको थियो। सार्वजनिक मतको आधारमा टोलीको नाम नो एन्जेल्स राखिएको थियो।[७]

सन् २००१: एलेमेन्ट्सको साथ व्यापारीक सफलता[सम्पादन गर्नुहोस्]

समूहमा अन्तिम पाँच सदस्यहरू एकत्रित भएपछि, पपस्टार्सले मुन्छेनमा सरेको थियो।[१०][११][१२] तथापि, समूहले उनीहरूको पहिलो एकल "डेलाइट इन योर्क आइज" जारी गर्न झण्डै चार महिना लिएका थिए जुन पछि यस समूहको पहिलो गिती सङ्गालो एलेमेन्ट्स (सन् २००१) मा देखा परेको थियो। [१३] दुबै एकल गीत र गिती सङ्गालो एक अप्रत्याशित तर अत्यन्तै सफल बन्न पुगेको थियो। समूहको यो प्रस्तुति अस्ट्रिया, जर्मनी र स्विस मिडिया कन्ट्रोल एकल, गिती सङ्गालो र प्रवाह चार्टमा शीर्ष स्थानमा प्रवेश गरेको थियो जसले नो एन्जेल्सलाई वर्षको सबैभन्दा सफल पर्दापण गर्ने समूहको रूपमा उचाई प्रदान गरेको थियो।[१४] गीतको जारीसँगै यो १० लाख भन्दा बढी पटक बिक्री भएको थियो भने गीत जर्मनेली भाषी युरोपका साथसाथै फ्रान्स, लात्भिया, पोल्यान्ड, र संयुक्त अधिराज्य, ब्राजिल र इस्टोनियाका गिती एकल चार्टमा प्रवेश गरेको थियो। जुन २००२ मा, डेलाइट इन योर आइज अमेरिकी बिलबोर्डमा ३६औँ स्थानमा पुगेको थियो।[११][१२][१५]

समूहले उनीहरूको पहिलो गिती सङ्गालो एलेमेन्ट्स जारी गरेको थियो[१६] जुन अस्ट्रिया, जर्मनी र स्वीस गिती सङ्गालो चार्टमा शीर्ष स्थानमा पुगेको थियो। [१७] नो एन्जेल्सले अस्ट्रिया, जर्मनी र स्वीट्जरल्यान्डमा दुबै प्रथम एकल गीत र गिती सङ्गालोको शीर्ष स्थानमा पुगेका कारण अत्यन्तै दुर्लभ किर्तिमानी कायम गर्न सफल भएको थियो।[१८] उक्त गिती सङ्गालो सन् २००१ मा, विश्वव्यापी रूपमा १० लाख भन्दा बढी बिक्री भएको थियो[१०][१८][१९] जसले गर्दा यो सर्वाधिक बिक्री गराउन सफल गिती सङ्गालोको रूपमा रहेको थियो।[१८][२०] यस गिती सङ्गालो तीन पटक प्लेटिनम प्रमाणित हुँदै विभिन्न पुरस्कारहरू हात पारेको थियो।[१०][११]

सन् २००२: नाउ... अस!का साथ सफलता[सम्पादन गर्नुहोस्]

जुन २००२ मा, नो एन्जेल्सले उनीहरूको दोस्रो गिती सङ्गालो नाउ... अस! जारी गरेको थियो जसलाई समूहका सदस्यहरूले संयुक्त रूपमा लेखेका थिए। [२१][२२] यस गिती सङ्गालोले समालोचकहरूको मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो। यस गिती सङ्गालो जर्मनेली गिती सङ्गालो चार्टका शीर्ष स्थानमा पुगेको थियो भने अस्ट्रियाली चार्टमा २ र स्वीस चार्टमा ४औँ स्थानमा पुगेको थियो र यसले विभिन्न प्रमाणपत्र प्राप्त गरेको थियो।[२३] यस गिती सङ्गालोमा समावेश अग्रणी एकल गीत "समथिङ अबाउट अस", लाई समूहकी सदस्य पेट्रुओले लेखेकी थिइन् भने उक्त गीत १६ महिनाको अवधिमा अस्ट्रिया र जर्मनीमा लगातार शीर्ष स्थानमा पुगेको थियो।[२४]

नोभेम्बरमा, समूहले आफ्नो दोस्रो राष्ट्रिय साङ्गीतिक यात्रा, जर्मनेली भाषी युरोप भरि गरेका थिए।[२५] जेसिका वाल्सले उनको पहिलो बच्चालाई जन्म दिनका लागि समूहबाट छुट्टिएको घोषण गरेकी थिइन्। [२६] समूहले अर्को वर्ष जेसिकाको फिर्तीमा सहमति जनाएका थिए र मार्च २००३ मा छोरीको जन्म पछि वाल्स पुनः सामेल हुने कुरामा सकारात्मक देखिएकी थिइन्। [१८] समूह ४ सदस्यीय टोलीमा रहँदा थप सफलता प्राप्त गर्ने भन्दै नो एन्जेल्सले जुलाई २००३ मा उनको बिदाइ गर्ने निर्णय गरेको थियो।[२७] सदस्यहरूले समूहको लेबलको साथ एकल कलाकारको रूपमा रेकर्डिङ सम्झौता स्वीकार गरेसँगै सेन्डी मोलिङले पछि जेसिकाको गर्भावस्थालाई "नो एन्जलसको अन्त्यको सुरूवात" भनी प्रस्तुत गरेकी थिइन्। [२८]

सन् २००३–०४: पियोर एरा र विघटन[सम्पादन गर्नुहोस्]

सन् २००३ को सुरुवातसँगै ४ सदस्यीय समूहले उनीहरूको ध्यान तेस्रो गिती सङ्गालोमा केन्द्रित गरेका थिए।[२९] पियोर नामको साथ समूहले उनीहरूको तेस्रो गिती सङ्गालो अगस्ट २००३ मा जारी गरेका थिए जुन जर्मनेली गिती सङ्गालो चार्टमा शीर्ष स्थानमा पुगेको थियो। [३०] यसले राम्रो सफलताका साथ सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो।[३१] यसको कुल १,५०,००० प्रतिलिपिहरू बिक्री भएको थियो तथापि यसले अघिल्ला गिती सङ्गालोहरू जस्तो विभिन्न प्रमाणपत्र भने प्राप्त गर्नबाट चुकेको थियो।[३२] यसै गिती सङ्गालोमा समाविष्ट इट्स अल इन योर माइन्ड नामक गीत शीर्ष जर्मनेली एकल चार्टको शीर्ष स्थानमा पुगेको थियो भने यो गीत अस्ट्रियामा ७औँ स्थान सम्म पुगेको थियो।[३३]

७ सेप्टेम्बर २००३ मा, समूहले उनीहरू यस पश्चात् कुनैपनि परियोजनामा काम नगर्ने जनाएका थिए।[३४][३५] सन् २००४ मा, समूह आधिकारिक रूपमा विघटन हुने पक्का पक्की भएको थियो।[३६] सोही वर्षको नोभेम्बरमा द बेस्ट अफ नो एन्जेल्सको सार्वजनिकले समूहको अन्त्यलाई प्रष्ट पारेको थियो।[३७][३८] चन्दा उठाउने अभिप्रायको साथ सार्वजनिक गरिएको "डु दे नो इट्स क्रिस्मस?" नामक गीत सार्वजनिक पश्चात् जर्मनेली चार्टको शीर्ष स्थानमा पुगेको थियो।[३९] मुन्छेनमा आयोजना भएको बिदाई कार्यक्रममा समूहले आफ्नो अन्तिम प्रस्तुत पस्केको थियो।[४०] ११ डिसेम्बर २००३ मा, समूह एकल परियोजनामा काम गर्ने भन्दै आधिकारिक रूपमा विघटन भएको थियो।[३६][४१]

सन् २००७–०८: पुनर्मिलन र युरोभिजन गीत प्रतियोगिता[सम्पादन गर्नुहोस्]

समूहको पहिला सार्वजनिक गरिएका विभिन्न गीतहरूको सुने पछि, लुसी डियाकोभस्काले सन् २००६ को मध्य तिर समूहका सदस्यलाई एकत्रित गर्ने योजना अगाडि सारेकी थिइन्।[३४][३५] भनेसा पिट्रुओले भने एकल परियोजनामा ध्यान केन्द्रित गर्नका लागि समूहको पुनर्मिलन हुने कुरामा विमति जनाएकी थिइन्।[३७][३८] लुसीको प्रस्तावलाई स्वीकार गर्दै समूह ४ सदस्यीय टोलीका साथ पुनर्मिलन भएको थियो र उनीहरूको अर्को गिती सङ्गालोका लागि काम गर्ने भएका थिए।[४०] ३१ जनवरी २००७ मा, समूहले उनीहरूको अर्को गिती सङ्गालोमा काम गर्ने थालनी गरेको घोषण गरेको थियो।[३६][४१]

नो एन्जेल्स युरोभिजन गीत प्रतियोगितामा प्रदर्शन गर्दै (२४ मे २००८ मा)

उनीहरूको पुनर्मिलनले पहिलाको जस्तो सफलता प्राप्त गर्ने असफल भएको थियो। [४२] समूहले पुनर्गठन पश्चाच् जारी गरेको डेस्टिनी गिती सङ्गालोले मध्यम प्रतिक्रिया प्राप्त गरेको थियो।[३६] यसले जर्मनीमा ४, अस्ट्रियामा १४ र स्वीट्जरल्यान्डमा २२औँ स्थानमा रहेको थियो।[४३] यो गिती सङ्गालो जर्मनेली र स्वीस चार्टमा शीर्ष स्थानमा पुग्न नसकेका कारण यसले मध्यम सफलता प्राप्त गरेको थियो। यसले विश्वव्यापी रूपमा ३०,००० प्रतिलिपिहरू बिक्री गरेको थियो[४४] जुन समूहको इतिहासमै कमजोर प्रदर्शन मानिएको थियो। यसमा समाविष्ट "गुडबाई टु एस्टर्डे" गीत भने शीर्ष ५ मा पुगेको थियो र यही गिती सङ्गालोमा रहेको अन्य गीतले भने कमजोर प्रदर्शन गरे पछि समूहको लोकप्रियमा केही कमी आएको थियो।[३८] जनवरी २००८ मा, समूह अन्तर्राष्ट्रिय वार्षिक प्रतियोगिता युरोभिजन गीत प्रतियोगिताका लागि छनोट भएको घोषण गरिएको थियो। [४४] केही हप्ता पछिको प्रवर्द्धन प्रस्तुति पश्चात् नो एन्जेल्स उक्त प्रतियोगितामा प्रवेश गरेको थियो।[४५] लुसी डियाकोभस्काले एक अन्तर्वार्तामा उनको लाग सम्मानको क्षण भनेर बताएकी थिइन्। [४६] यद्यपि उनी युरोभिजन फाइनलमा जर्मनीको प्रतिनिधित्व गर्ने पहिलो बुल्गेरियाली कलाकार भने होइनन्। उनी भन्दा अगाडि सन् १९६४ मा, बुल्गेरियाकी नोरा नोभाले उक्त प्रतियोगितामा जर्मनीको प्रतिनिधित्व गर्दै किर्तिमानी कायम गरेकी थिइन्।[४७]

२९ फेब्रुअरी २००८ मा सार्वजनिक गरिएको, "डियापियर" जर्मनीमा चौथो स्थानमा पुगेको थियो, जहाँ यो उक्त वर्मा समूहको सबैभन्दा बढी बिक्री भएको एकल गीत बनेको थियो।[४८] युरोपेली प्रसारण सङ्घका लागि जर्मनी सबैभन्दा ठूलो आर्थिक योगदानकर्ता भएको कारण नो एन्जेल्सलाई प्रतियोगिताको सेमीफाइनलमा प्रवेश दिँदै[४९] मे समूह २००८ मा युरोभिजन गीत प्रतियोगिताको फाइनलमा २४ अन्य देशहरूसँग स्वचालित रूपमा प्रतिस्पर्धाको लागि योग्य भएको थियो।[५०] सञ्चार माध्यमद्वारा व्यापक प्रारम्भिक रूपमा मनपराइएको रूपमा व्यापक चर्चामा आएको यस समूह अन्ततः प्रतियोगितामा प्रवेश गरेको थियो।[५०][५१] अनुमानित १० करोड प्रशंसकहरूले अन्तिम प्रतियोगिताको अवलोकन गरेका थिए, र सबै ४३ सहभागी देशका दर्शकहरूले पाठ सन्देश र दूरभाष मार्फत आफ्ना मनपर्ने कलाकारहरूका लागि मतदान गरेका थिए।[५२] कुल १४ अङ्कको साथ भाग लिएका नो एन्जेल्सले २५ देशहरूमध्ये जर्मनीको प्रतिनिधित्व गर्दै २३औँ स्थानमा रहेका थिए जसमा टोलीलाई अङ्क लुसी डियाकोभस्काले प्रदान गरेकी थिइन् भने बाँकी दुई अङ्क स्वीट्जरल्यान्डबाट प्राप्त भएको थियो।[४९][५३][५४]

सन् २००९–११: वेलकम टु डान्स[सम्पादन गर्नुहोस्]

सन् २००८ को मध्य तिर, समूहले पाँचौ गिती सङ्गालो जारी गर्न लागेको घोषण गरेको थियो जसलाई वेलकम टु डान्स नामकरण गरिएको थियो।[६][५५][५६] यस गिती सङ्गालोलाई ११ सेप्टेम्बर २००९ मा जारी गरिएको थियो र लगत्तै समूहकी सदस्य नाडिया बिनाइसाले सन् २००० र सन् २००६ को बीचमा तीन पुरुषसँग असुरक्षित यौन सम्बन्ध राखेको प्रमाणित भएको थियो।[५७] २६ अगस्ट २०१० मा, उनलाई गम्भीर शारीरिक क्षति र सङ्क्रमण पुर्‍याउने अभिप्रायले राखिएको यौन सम्पर्कका कारण दोषी ठहर गरिँदै २ वर्षको निलम्बित सजाय सुनाएको थियो। [५८] यस गिती सङ्गालोले समालोचकहरू मार्फत मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो र यसले जर्मनेली चार्टमा २६औँ स्थानमा पुगेको थियो[५९] जुन समूहको इतिहासमै कमजोर प्रस्तुति थियो। यसमा समावेश गीत "वान लाइभ" जर्मनेली चार्टमा १५औँ स्थानमा पुगेको थियो।[६०][६१][६२]

मे २०१० मा, समूहले अर्को विश्व भ्रमणको घोषण गरेको थियो। [५२][६३] समूहकी सदस्य बिनाइसा यस भ्रमणमा बिरामी भएको भन्दै सहभागिता नजनाउने जनाएकी थिइन्।[६४] सेप्टेम्बर २०१० मा, बिनाइसाले २ वर्षे निलम्बन सजाय सुनाइए पश्चात् समूहबाट टाढिएकी थिइन् जसले गर्दा टोली ३ सदस्यीय समूहमा रूपान्तरण भएको थियो।[६५] बाँकी रहेका ३ सदस्यीय टोलीको समूहले पुन: अर्को गिती सङ्गालो जारी गर्ने जनाएको थियो।[६६] यस साङ्गीतिक समूहको दशौँ वार्षिकोत्सवको लागि घोषणा गरिएको यस परियोजना, अन्य योजना तथा व्यक्तिगत एकल परियोजनाहरूको पक्षमा पूरा हुन नसेको अवस्थामा लुसी डियाकोभस्काले समूह आ-आफ्नो एकल परियोजनामा काम गर्ने भन्दै दोस्रो पटक विघटन भएको जनाएकी थिइन्।[६६]

सदस्यहरू[सम्पादन गर्नुहोस्]

सदस्यहरू सन् २००० सन् २००१ सन् २००२ सन् २००३ सन् २००४ सन् २००५ सन् २००६ सन् २००७ सन् २००८ सन् २००९ सन् २०१० सन् २०११ सन् २०१२ सन् २०१३ सन् २०१४
भनेसा पिट्रुओ
(सन् २०००–२००३)
नाडिया बिनाइसा
(सन् २०००–२००३; सन् २००७–२०१०)
लुसी डियाकोभस्का
(सन् २०००–२००३; सन् २००७–२०१४)
सेन्डी मोलिङ
(सन् २०००–२००३; सन् २००७–२०१४)
जेसिका वाल्स
(सन् २०००–२००२; सन् २००७–२०१४)

साङ्गीतिक प्रस्तुति[सम्पादन गर्नुहोस्]

गिती सङ्गालोहरू[सम्पादन गर्नुहोस्]

  • एलिमेन्ट्स (सन् २००१)
  • नाउ ... अस! (सन् २००२)
  • पियोर (सन् २००३)
  • डेस्टिनी (सन् २००७)
  • वेलकम टु डान्स (सन् २००९)

भ्रमणहरू[सम्पादन गर्नुहोस्]

  • रिभर्स अफ जोए भ्रमण
    (१९ अक्टोबर देखि १० डिसेम्बर २००१)
  • फोर सिजन्स भ्रमण
    (७ नोभेम्बर देखि ३ डिसेम्बर २००२)
  • एन इन्टिमेट इभिनिङ विथ नो एन्जेल्स
    (१७ मे देखि २२ मे २०१०)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Scooter erfolgreichste deutsche Band aller Zeiten", Kontor Records (जर्मनेलीमा), Presseportal, २००८-०३-०३, अन्तिम पहुँच २००९-०५-०९ 
  2. २.० २.१ ots, "BLITZ Spezial über die No Angels", Presseportal (जर्मनेलीमा), अन्तिम पहुँच ५ अप्रिल २००७ 
  3. Oberwittler, Jörg (२००७-०३-१९), "Mädchen-Handel, Runde zwei", Der Spiegel (जर्मनेलीमा), अन्तिम पहुँच २००९-०५-०९ 
  4. "No Angels - Popband", NDR.de (Germanमा), मूलबाट २००७-०९-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०४-२० 
  5. Benaissa, Nadja, "Offizielle Bekanntmachung auf meiner Seite..." (जर्मनेलीमा), मनईस्पेस, अन्तिम पहुँच २०१०-०९-०७ 
  6. ६.० ६.१ mut, "Annemarie - Erster roter Teppich nach Rauswurf bei DSDS", Berliner Morgenpost (Germanमा), अन्तिम पहुँच २००९-०५-१५ 
  7. ७.० ७.१ Schaertl, Marika (२००१-०२-१९), "Holger, der Engel-Macher", Focus (जर्मनेलीमा), अन्तिम पहुँच २००९-०४-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-२६ मिति
  8. ८.० ८.१ Lachnit, Katja (२०००-०८-२६), "Diese Mädchen wollen Popstars werden", Hamburger Abendblatt, अन्तिम पहुँच २००९-०४ 
  9. ९.० ९.१ Fischer, Marc (२००१-०२-०१), "Popstar ist auch nur ein Job", Der Spiegel (जर्मनेलीमा), अन्तिम पहुँच २००९-०४-२६ 
  10. १०.० १०.१ १०.२ "Chartverfolgung / No Angels / Single" (जर्मनेलीमा), musicline.de PhonoNet, मूलबाट २०१२-१०-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०७-२९ 
  11. ११.० ११.१ ११.२ "Austrian Charts > No Angels" (जर्मनेलीमा), austriancharts.at Hung Medien, अन्तिम पहुँच २०१०-०७-२७ 
  12. १२.० १२.१ "Swiss Charts > No Angels" (जर्मनेलीमा), अन्तिम पहुँच २००९-१२-१४ 
  13. "No Angels > Biography", itunes.apple.com, अन्तिम पहुँच २०१०-०९-०५ 
  14. "Billboard Hot Singles Sales (2002-06-01)", बिलबोर्ड, अन्तिम पहुँच २००७-०६-२३  वेब्याक मेसिन अभिलेखिकरण २०११-०५-२१ मिति
  15. "Chartverfolgung / No Angels / Longplay" (Germanमा), musicline.de PhonoNet, मूलबाट २००९-१२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०७-२७ 
  16. "No Angels starten Tour", Stern, अन्तिम पहुँच २००७-०३-२७ 
  17. HA/dpa (२००१-११-१५), "Die neuen No Angels", Hamburger Abendblatt (जर्मनेलीमा), अन्तिम पहुँच २००९-०४-२९ 
  18. १८.० १८.१ १८.२ १८.३ AT LEAST ONE OF artist or title MUST BE PROVIDED for GERMAN CERTIFICATION.
  19. Peitz, Dirk (२००१-११-२३), "Mit Atlantis aus der Versenkung", Rhein Zeitung, अन्तिम पहुँच २००७-१२-२३ 
  20. dpa (२००९-०४-२१), "Die Popband No Angels", Kölner Stadt-Anzeiger, मूलबाट २०१२-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०५-०३ 
  21. Gauger, Joachim, "Now... Us! review", laut.de (Germanमा), अन्तिम पहुँच २००९-०५-०३ 
  22. Eisen, Matthias, "No Angels - Now... Us! (review)", CDStarts.de (जर्मनेलीमा), अन्तिम पहुँच २००९-०५-०३  वेब्याक मेसिन अभिलेखिकरण २००८-०८-०४ मिति
  23. "Now... Us!", Austriancharts, अन्तिम पहुँच २००७-०६-०१ 
  24. "NRJ Music Award für die No Angels", Nacktmulle, अन्तिम पहुँच २००८-०६-१४ [dead link]
  25. "Chartverfolgung - No Angels/Mousse T.: Let's Go to Bed", Media Control, Musicline, अन्तिम पहुँच २००९-०५-०३  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-१८ मिति
  26. "No Angels go Big Band", ots (Germanमा), Presseportal, २००२-१०-०२, अन्तिम पहुँच २००९-०५-०३ 
  27. cs (२००२-११-२३), "Es war eine kunterbunte Party", Hamburger Abendblatt, अन्तिम पहुँच २००९-०५-०४ 
  28. WE LOVE No Angels docukumentation. PRO Sieben. अभिगमन मिति २०९७ अप्रिल।
  29. "Band Biography", Star Channel (जर्मनेलीमा), मूलबाट २००९-०२-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-१२-२९  वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-०३ मिति
  30. "No Angels/Pure - Produkt Infos", Media Control (जर्मनेलीमा), Musicline, अन्तिम पहुँच २००९-०५-०३ 
  31. Reichel, Matthias, "Pure review", CDstarts, अन्तिम पहुँच २००७-१२-२९  वेब्याक मेसिन अभिलेखिकरण २००९-०१-१२ मिति
  32. "Jahrescharts 2003", Music-Central, मूलबाट २००९-०२-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-१२-२९  वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-०३ मिति
  33. "Chartverfolgung - NO ANGELS: No Angel (It's All in Your Mind)", Media Control, Musicline, मूलबाट २००९-०९-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०५-०३  वेब्याक मेसिन अभिलेखिकरण २००९-०९-२१ मिति
  34. ३४.० ३४.१ "Chartverfolgung - NO ANGELS: Someday", Media Control, Musicline, मूलबाट २००९-०९-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०५-०३  वेब्याक मेसिन अभिलेखिकरण २००९-०९-२१ मिति
  35. ३५.० ३५.१ "Chartverfolgung - NO ANGELS: Feelgood Lies", Media Control, Musicline, मूलबाट २००९-०९-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०५-०३  वेब्याक मेसिन अभिलेखिकरण २००९-०९-२२ मिति
  36. ३६.० ३६.१ ३६.२ ३६.३ Gauger, Joachim (२००३-११-२०), "No Angels: Da waren's wieder fünf", laut.de, अन्तिम पहुँच २००९-०५-०३ 
  37. ३७.० ३७.१ "Natürlich sind auch Tränen geflossen", Der Spiegel, २००३-०९-०७, अन्तिम पहुँच २००७-०४-०२ 
  38. ३८.० ३८.१ ३८.२ Schulte am Hülse, Jessica (२००७-०७-२९), "Popstar sein ist ein Pakt mit dem Teufel", Die Welt, अन्तिम पहुँच २००८-०६-२६ 
  39. "Chartverfolgung - Do They Know It's Christmas?", Media Control, Musicline, मूलबाट २००९-०९-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०५-०३  वेब्याक मेसिन अभिलेखिकरण २००९-०९-२१ मिति
  40. ४०.० ४०.१ Gauger, Joachim (२००३-०९-१०), "Pure-Tour definitiv abgesagt", laut.de, अन्तिम पहुँच २००७-०४-०२ 
  41. ४१.० ४१.१ "Chartverfolgung - NO ANGELS: Reason", Media Control, Musicline, मूलबाट २००९-०९-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०५-०३  वेब्याक मेसिन अभिलेखिकरण २००९-०९-२१ मिति
  42. "Chartverfolgung - Do They Know It's Christmas?", Media Control, Musicline, मूलबाट २००९-०९-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०५-०३  वेब्याक मेसिन अभिलेखिकरण २००९-०९-२१ मिति
  43. Gauger, Joachim, "Acoustic Angels review", laut.de, अन्तिम पहुँच २००९-०५-०३ 
  44. ४४.० ४४.१ "No Angels @ Viva Live", Youtube, अन्तिम पहुँच २००७-०२-०१ 
  45. "Alles über 'No Angels'", Webkatalog, मूलबाट २००७-०५-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०३-२५ 
  46. "Destiny review", CDStars, मूलबाट २००७-०९-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०५-१२  वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२६ मिति
  47. "Die Popstars gehen am Donnerstag bei ProSieben in die sechste Runde", Sat & Kabel, मूलबाट २००७-०९-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०६-१२ 
  48. Out Now Music - Productions वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-०४ मिति
  49. ४९.० ४९.१ "Germany's No Angels tank at Eurovision", The Local, अन्तिम पहुँच २००८-०५-२५ 
  50. ५०.० ५०.१ "Grand-Prix-Kandidaten 2008", Bild-Zeitung, मूलबाट २००८-०१-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-१० 
  51. uq/dpa, "No Angels singen für Deutschland", FOCUS Online, अन्तिम पहुँच २००८-०३-०६ 
  52. ५२.० ५२.१ "European Hot 100", Billboard.biz, अन्तिम पहुँच २००८-०३-१३ 
  53. "Germany's No Angels on the way to heaven?", Eurvision.tv, अन्तिम पहुँच २००८-०५-२५ 
  54. "Germans fear no one likes them after Eurovision dud", Reuters, २००८-०५-२५, अन्तिम पहुँच २००८-०५-२५ 
  55. "No Angels nehmen Songs in USA auf", Sueddeutsche.de, अन्तिम पहुँच २००८-०८-०५ 
  56. "'Wir feiern auf jeden Fall' - Die No Angels wollen beim Eurovision Song Contest gut punkten", ddp, मूलबाट २००८-०५-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०५-१९  वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-२१ मिति
  57. "No Angels star released on bail after ten days", Bild-Zeitung, अन्तिम पहुँच २००९-०५-०३  वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-२३ मिति
  58. Dobler, Eberhard, "No Angels - Welcome to the Dance review", laut.de (जर्मनेलीमा), अन्तिम पहुँच २००९-०७-२० 
  59. Riepe, Constantin (२०१४-०६-२१), "Kein Kontakt mehr zu Nadja!" (जर्मनेलीमा), Bunte.de, अन्तिम पहुँच २०१४-०६-२८ 
  60. "No Angels mit neuen Plänen", Münchner Merkur, अन्तिम पहुँच २००८-०५-२४ 
  61. "No Angels super gelaunt beim VOL Live Interview", Voralberg Online (जर्मनेलीमा), अन्तिम पहुँच २००८-०७-०६ 
  62. Stihler, Carolin (२०१३-०५-२७), "Wir rocken den Leinewebermarkt", Westfalen-Blatt (Germanमा), मूलबाट २०१३-०६-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०६-०६  = Archive.today अभिलेखिकरण २०१३-०६-२० मिति
  63. "Nadja Benaissa im d@h_blog-Interview: 'Ich war wie die WM'", Deutsche Aids Hilfe (जर्मनेलीमा), २००९-०९-२०, अन्तिम पहुँच २०१०-०१-३१ 
  64. "Ein Engel im Cockpit", Fascination Speed (जर्मनेलीमा), ImageShack.us, अन्तिम पहुँच २०१०-१०-१० 
  65. "Exklusive Akustik-Clubtour im Mai 2010 mit Konzerten in München, Frankfurt, Köln, Hamburg & Berlin" (जर्मनेलीमा), Online-Artikel.de, २०१०-०३-२३, मूलबाट २०१०-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०८-३१  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-२७ मिति
  66. ६६.० ६६.१ "No Angels: Da Waren’s Nur Noch Drei" (जर्मनेलीमा), Frankfurter Neue Presse, २०१०-०५-२०, मूलबाट २०११-१०-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०८-३० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:नो एन्जेल्स