लुट (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लूट (चलचित्र)बाट अनुप्रेषित)
लुट
चित्र:Loot 2012 film.jpg
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकनिश्चल बस्नेत
पटकथानिश्चल बस्नेत
निर्मातामाधव वाग्ले
नरेन्द्र महर्जन
मुख्य कलाकारसौगात मल्ल
दयाहाङ राई
कर्मा शाक्य
प्रवीण खतिवडा
सुष्मा कार्की
छायाङ्कनपुरुषोत्तम प्रधान
सम्पादनसुरेन्द्र पौडेल
सङ्गीतरोशन थापा
किरण तुलाधर [२]
वितरक
कम्पनीहरू
प्रिन्सेस मुभिज
ब्ल्याक हर्स पिकचर्स प्राइभेट लिमिटेड
प्रदर्शन मिति
  • १३ जनवरी २०१२ (2012-01-13) (नेपाल)
[१]
अवधि
१२१ मिनेट
देशनेपाल
भाषानेपाली
बजेट५-७ लाख [३]
बक्स अफिस५ करोड २० लाख

लुट सन् २०१२ को एक नेपाली अपराध रोमाञ्चकारी चलचित्र हो। यस चलचित्रलाई निश्चल बस्नेतले निर्देशन र लेखन गरेका थिए जसबाट उनले निर्देशन र लेखनको क्षेत्रमा पाइला राखेका थिए। चलचित्रलाई माधव वाग्ले र नरेन्द्र महर्जनले प्रिन्सेस मुभिज र ब्ल्याक हर्स पिक्चर्ससँगको सहकार्यमा निर्माण गरेका थिए। चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, प्रतीक राज न्यौपाने, सुशील राज पाण्डे, ऋचा शर्मा, सृजना सुब्बा, प्रवीण खतिवडा र सुष्मा कार्की लगायतको अभिनय रहेको छ।

चलचित्रमा हाकु काले (सौगात मल्ल), गरिबीबाट पीडित छन् र उनी हालै सफल बैङ्क डकैतीबाट प्रेरित भएका छन्। उनले अन्य चार अपराधीसँगै काठमाडौँमा एउटा बैङ्क लुट्ने योजना बनाएका छन्। यस चलचित्रमा उक्त भूमिकाको लागि सौगात मल्लले आलोचनात्मक प्रशंसा प्राप्त गरेका थिए। अनुमानित बजेट ५ लाख देखि ७ लाख नेपाली रुपैयाँमा निर्माण गरिएको यस चलचित्रले बक्स अफिसमा ५ करोड २० लाख नेपाली रूपैयाँ सङ्कलन गरेको थियो। यस बाहेक यो चलचित्रले तीन वटा राष्ट्रिय चलचित्र पुरस्कारहरू समेत प्राप्त गरेको थियो। वि.सं २०७३ मा यसको भाग दुई लुट २ प्रदर्शनमा आएको थियो।

कथानक[सम्पादन गर्नुहोस्]

काठमाडौँ, नेपालमा हाकु काले (सौगात मल्ल) गरिबीको चपेटामा छन् र यसबाट आफूलाई बाहिर निकाल्ने सोचमा छन्। हालैको सफल बैङ्क डकैतीबाट प्रेरित भएर उनले पाँच महिना भित्र बैङ्क लुट्ने योजना बनाएका छन्। उनी बैङ्क लुट्नका लागि पैसाको खाँचो परेका मानिसहरूको खोजी गर्छन् र जुवाडे नरेश, लागुऔषध कारोबारी खत्री र बेरोजगार गोफ्ले र पाण्डेलाई उनीसँग लैजान्छन्।

समूहले बैङ्क डकैती गर्ने योजना बनाएका छन् र प्रत्येक व्यक्तिले के-कस्ता कामहरू गर्ने भनी निर्णय गर्छन्। समूहले तीन मोटरसाइकलमा बैङ्क जाने; आइपुगेपछि खत्रीले नम्बर प्लेट परिवर्तन गर्ने योजनामा छन्। हाकु पहिले नै बैङ्कभित्र हुनेछ र उसले बैङ्कलाई अन्वेषण गर्नेछन् अनि सुरक्षित अवस्थामा अरूलाई सङ्केत गर्नेछन्। गोफ्लेले बैङ्कका सुरक्षाकर्मीहरूको नियन्त्रण गर्नेछ, खत्री र पाण्डेले ग्राहक र कर्मचारीलाई कोठाभित्र थुन्ने र नरेशले बैङ्क प्रबन्धकलाई बैङ्कको ढुकुटी खोल्न बाध्य पार्ने, खत्री र पाण्डेले पैसा चोर्ने र त्यसपछि गिरोह बैङ्कबाट भाग्ने योजना बनाएका हुन्छन्।

डकैतीको दिनमा, गिरोह अन्तिम पटकको लागि भेला हुन्छन् र लुट सफल भएपनि वा नभएपनि यसभन्दा पछि एक अर्कालाई नचिन्ने वाचा गर्दछन्। तिनीहरूले बैङ्क लुट्छन् तर प्रहरी उनीहरू भाग्नु अघि नै आइपुग्छन्। प्रहरीले हकु कालेलाई बाहेक गिरोहका चार सदस्यको कब्जामा लिन्छन् भने हाकु कालेले भने कुनै अर्को समूहसँग मिलेर बैङ्कलाई लुट्ने योजना बनाएका हुन्छन्। हाकु पैसा लिएर भाग्ने निर्णय गर्छन् र हाकुले उक्त योजना सम्झँदै गर्दा चलचित्रको अन्त्य हुन्छ।

उत्पादन[सम्पादन गर्नुहोस्]

लेखन[सम्पादन गर्नुहोस्]

प्रारम्भमा, लुट एक छोटो ४० मिनेट लामो चलचित्रको रूपमा लेखिएको थियो। बस्नेत र उनका सहयोगीहरूले यस छोटो चलचित्रका लागि ५ देखि ७ लाख उठाएका थिए भने यस यसको निर्माण टोलीले यसलाई पूर्ण चलचित्रका बदल्ने निर्णय गरेको थियो। पछि उनले यस पटकथा सौगात मल्ल र कर्मा शाक्यलाई दिएका थिए जसले यसलाई प्रस्तुत गरेका थिए। लुटको लागि कथा लेख्दा, निश्चल बस्नेतले आफैँ प्रमुख चरित्र हाकु कालेको रूपमा अभिनय गर्ने तय गरेका थिए। एक अन्तर्वार्तामा बस्नेतले सौगात मल्लले यसमा थप स्वाद र कालेलाई नेवारी चरित्रमा परिणत गरेर र हाकु नाम (निर्माणमा) जोडेकोमा खुसी व्यक्त गरेका थिए।

छायाङ्कन[सम्पादन गर्नुहोस्]

चलचित्रको लगभग सबै जसो छायाङ्कन काठमाडौँमा भएको थियो। बस्नेत यो चलचित्र एक छापामार शैली ढाँचामा चित्रित होस् भन्ने चाहेका थिए। निर्माण टोलीले सहरमा फोहोर र धुवाँ धुलो बढी भएको स्थान खोजी गरेको थियोे जुन मूलत: दैनिक जीवनबाट लुकेको छ। निर्माण समूहले अग्लो भवनहरूमा छायाङ्कन गर्दा खेरी धेरै समस्याको सामना गर्नु परेको थियो।

प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

लुट देशव्यापी रूपमा २०६८ पुष २९ मा प्रदर्शनमा आएको थियो जहाँ यसले कुल ५.२ करोड नेपाली रूपैयाँ सङ्कलन गरेको थियो। चलचित्रलाई १०० दिन भन्दा बढी चलचित्र गृहहरूमा देखाइएको थियो। खबर पत्रिका नेपाली टाइम्सले लुटको कथा 'पूर्ण मौलिक नभई केही आगन्तुक भएको भनेर लेखेको थियो। द राइजिङ नेपालले यस चलचित्रले 'नेपाली सिनेमाका बारेमा जनताको धारणा' परिवर्तन गरेको कुरा लेखेको थियो। चलचित्रको प्रमुख भूमिकामा रहेका सौगात मल्लले यस चलचित्रबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेका थिए। माई रिपब्लिकाले यस चलचित्रले "नेपाली चलचित्रको स्थितिमा परिवर्तन ल्याएको दावी गरेको थियो। चलचित्रमा समावेश 'उध्रेको चोली' नामक गीतका अभिनय सुष्मा कार्कीले गरेकी थिइन् जसबाट उनको चर्चा बढ्न थालेको थियो।

पुरस्कार[सम्पादन गर्नुहोस्]

वि.सं. २०६८ को राष्ट्रिय चलचित्र पुरस्कारमा, चलचित्रको तर्फबाट सौगात मल्ल, निश्चल बस्नेत र पुरुषोत्तम प्रधानले क्रमशः उत्कृष्ट अभिनेता, निर्देशक र छायाकारमा पुरस्कार प्राप्त गर्न सफल भएका थिए।[४]

लुटले प्राप्त गरेको पुरस्कार
पुरस्कार वर्ष श्रेणी प्राप्तकर्ता(हरू) नतिजा स्रोत(हरू)
राष्ट्रिय चलचित्र पुरस्कार वि.सं. २०६८ प्रमुख भूमिका (पुरुष) सौगात मल्ल विजयी [४]
उत्कृष्ट निर्देशक निश्चल बस्नेत विजयी
उत्कृष्ट छायाकार पुरुषोत्तम प्रधान विजयी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "'LOOT’", Hamro Sydney, अन्तिम पहुँच ०१-१०-२०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-१० मिति
  2. "'OST of Loot released’ trailer: Watch Jason Segel and Emily Blunt not get married", The Himalayan Times, अन्तिम पहुँच ०१-१०-२०१२ [dead link]
  3. "'Business Talk - Loot’", MeroCinema, अन्तिम पहुँच ०१-१२-२०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-०२ मिति
  4. ४.० ४.१ "Loot", Lens Nepal, मूलबाट ७ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जनवरी २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]