वार्तालाप:मुख्य पृष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मुख्य पृष्ठ[सम्पादन गर्ने]

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको सामाग्रीहरु जहिले पनि एउटै नै हुने गर्दछ, जसले गर्दा हरेक दिन नेपाली विकिपिडियामा नयाँ लेखहरु राखिए वा प्रश्सत सामाग्री भएता पनि नभएको अनुभुती हुन जान्छ । यसलाई पनि English Wikipedia मा जस्तै प्रत्येक दिन नयाँ साम्रागी नेपाली विकिपिडियामा आउने गराउनु पर्ने देखेको छु । Nirjal stha (कुरा गर्ने) ०५:३०, २४ जनवरी २०१४ (युटिसी(UTC))

@Nirjal stha:, यस कुरामा समर्थन गर्दछु , कृपया सबै भन्दा पहिले कस्तो लेखलाई नेपाली विकिपिडियाको मुख्य पृष्ठमा राख्ने भन्ने कुरामा एक रूपरेखा बनाऔँ । त्यस पछि त्यस रूपरेखाका आधारमा स्तरीय लेखहरूको सूची तयार पारौँ । त्यस पछि लेखहरूलाई मुख्य पृष्ठमा राख्ने प्रकृयालाई अटोमेट गर्न र हिज्जे तथा भाषिक जाँच गर्न म सहयोग गर्न सक्छु ।--सरोज(Saroj) (कुरा गर्ने) १४:२०, २१ जुन २०१४ (युटिसी(UTC))
@सरोज(Saroj): सराेज जी तपार्इकाे समर्थनकाे लागी धन्यवाद, मुख्य लेखमा सुधार गर्नकाे लागी हामी सबै सम्पादकहरू एकजुट हुनु पर्दछ । मुख्य लेखमा कस्ताे लेखलार्इ र कसरी छनाैट गर्ने भन्ने सम्बन्धमा अहिले प्रमुख लेखका मापदण्ड काे खेस्रा र प्रमुख लेखहरूको लागी छनाैटकाे लागी प्रमुख लेखहरूको लागी आवेदन प्रक्रिया तयार गर्दैछाै । कृपया तपार्इ पनि अाफ्नाे सल्लाह र सुझाव दिनु हाेला । Nirjal stha (कुरा गर्ने) १४:३२, २१ जुन २०१४ (युटिसी(UTC))

अहिले मुख्य पृष्ठको लेखका लागि को को काम गर्दैछन् । मैले नि सहयोग गर्न के के गर्न सक्छु। अनि यो छठको मात्र किन आइराखेको जैले नि...? Learnerktm (कुरा गर्ने) ०५:३५, १३ अक्टोबर २०१४ (युटिसी(UTC))

सबै नेपाली विकिपेडियन !! गृह पृष्ठमा समाचार र अन्य सामग्री निरन्तर अद्यावधि गर्नुपर्यो क्या !! चार महिना अगाडिको समाचार आजसम्म छ यार !! keka (कुरा गर्ने) ०३:५६, १९ मे २०१९ (युटिसी(UTC))

नेपाली सूचनाहरु वढीभन्दा बढी विकिपिडियामा राखौं Shusil khanal (कुरा गर्ने) ०४:२७, २० जुलाई २०१९ (युटिसी(UTC))

en:wikt:Appendix:Indo-Iranian Swadesh lists (extended)[सम्पादन गर्ने]

Please add variant word of you languages in this list.--Kaiyr (कुरा गर्ने) ०८:३८, १७ अगस्त २०१४ (युटिसी(UTC))

 Yes check.svg  Done.- निर्मल दुलाल (कुरा गर्नुहोस) १४:००, १७ अगस्त २०१४ (युटिसी(UTC))

राष्ट्रवादी विद्यार्थी समाज[सम्पादन गर्ने]

राष्ट्रवादी विद्यार्थी समाज नेपालको नेपाली राष्ट्रवादमा आधारित गैर सरकारी र गैरदलिय स्वतन्त्र व्यक्तिहरूको संगठन हो ।

सुरुमा 'राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता , राष्ट्रप्रेमी विद्यार्थीको एकता' भन्ने मूल नाराका साथ २०६८ मा स्थापित राष्ट्रवादी विद्यार्थी समाज चेतना र समृद्धिको चाहनालाई राष्ट्रियतामा जोड्दै आफ्नो मूल नारालाई 'एकता,समृद्धि र राष्ट्रियता' मा परिवर्तन गरेको छ । समाजको सदस्यता देशैभरि भएको आँकडा छ । संविधानमा राष्ट्रियता समेट्न,ग्रेटर नेपाल कायम राख्न ,मिचिएका सिमा खाली गर्न विविध चेतनामुलक कार्य गर्दै आएको छ । राष्ट्र निर्माता पृथ्वीनारयण शाहलाई आदर्श मान्ने समाजलाई कहिलेकाहीँ समाजलाई भारतको कट्टर बिरोधीको रुपमा हेरेपनि भारतसँग समानता चाहेको बताउँछ । यसको लोगो दुई क्रस खुकुरीमाथि नेपालको राष्ट्रिय झण्डा रहेको छ ।

लेखनाथ न्यौपाने[सम्पादन गर्ने]

लेखनाथ न्यौपाने स्वतन्त्र पत्रकार हुन । उनि अहिले नेपाल पत्रकार महासंघ ललितपुरको अध्यक्ष हुन । उनको जन्म २०४२ साल मंसिर १५ गते भएको हो । उनले पत्रकारिता सम्न्धी बिभिन्न पुरस्कार पनि पाएका छन । उनि क्रान्तिकारी पत्रकार संघ लुम्बिनी अञ्चलका ससथपक संयोजक समेत हुन ।

मुख्य पृष्ठको आवरण परिवर्तन[सम्पादन गर्ने]

hai[सम्पादन गर्ने]

Hot Kiran daju (कुरा गर्ने) २०:२२, २१ मार्च २०१५ (युटिसी(UTC))

गलत[सम्पादन गर्ने]

हात्ती पोलो खेलमा एक टिममा ४ जना खेलाडी हुन्छन्। यस खेलकोको विश्वकप नेपालमा (चितवनको सौराहामा) हुने गर्छ । ← यो गलत भयो
हात्ती पोलो खेलमा एक टिममा ४ जना खेलाडी हुन्छन्। यस खेलकोको विश्वकप नेपालमा (चितवनको मेघौलीमा) हुने गर्छ ← यो सही हो


बिजय पोख्रेल (कुरा गर्ने) ०८:००, ३ अप्रिल २०१५ (युटिसी(UTC))

आहा सार्है राम्रो काम Kcbijay123 (कुरा गर्ने) ११:५५, १० डिसेम्बर २०१८ (युटिसी(UTC))

चितवन मेघौलि Indra bahadur Rokaya (कुरा गर्ने) २१:५४, ५ मार्च २०२० (+0545)

अाज्ञार्थक क्रियाहरूमा एकरूपता ल्याउने बारे[सम्पादन गर्ने]

विकिपीडियाको यस नेपाली संस्करणको इन्टरफेसमा प्रयोगकर्ताले नियन्त्रण गर्नुपर्ने सेटिङ्हरूमा भएका अाज्ञार्थक शब्दहरूमा एकरूपता नभएका कारण प्रयोग गर्दा अलि असजिलो महसुस हुने गर्छ। म यसमा परिवर्तन हुनुपर्ने अावश्यकता देख्छु। जस्तैः अंक परिवर्तन, पढ्ने, सम्पादन, विषय थप्नुहोस्, इतिहास हेर्ने, सम्पादन गर्ने, कुरा गर्ने अादि। यी सबैलार्इ निम्न रूपमा परिवर्तन गरी एकरूपता ल्याउन सके सुनमा सुगन्ध हुने थियोः अंक परिवर्तन गर्नुहोस्, पढ्नुहोस्, सम्पादन गर्नुहोस्, इतिहास हेर्नुहोस्, सम्पादन गर्नुहोस्, कुरा गर्नुहोस् अादि। Suniltheblue (कुरा गर्ने) ०९:०१, २५ फेब्रुअरी २०१६ (युटिसी(UTC))

प्रदेशमा झरेको फुल[सम्पादन गर्ने]

मिति २०४७ साल भाद्र महिनाको २१ गते पर्वत जिल्लाको सुदुर दक्षिण विहादी गाउँपालिका वडा नम्बर ४ वहाकी लिङसिङ लामाखर्कमा साहित्यिक श्रष्टा दिनेश भुसालको जन्म भएको थियो ।

शीर्षक अक्षर[सम्पादन गर्ने]

बुवा अनन्तलाल र आमा भीमादेवी भुसालको सन्तानको रुपमा जन्म लिनुभएको हो साहित्यकार भुसाल । नेपाली साहित्यको नया आयामको रुपमा युवा सर्जक दिनेश भुसाल को पहिलो कृति  प्रदेशमा झरेको फूल नेपाली साहित्यको बजारमा उपलब्ध भएको छ । नेपाली साहित्यको क्षेत्रबाट नेपाली समाजमा रही आएको यथार्थ र वास्तविक कहानीलाई जस्ताको त्यस्तै उतारिएको पुस्तक लेखक दिनेश भुसालको पहिलो साहित्यको उपमा हो भन्न सकिन्छ । नेपालीहरु विदेश जान्छन्, दुख गर्छन्, दुई चार पैसा कमाउने आश गर्छन् । दुर्भाग्यपूर्ण कतिपय विदेश मै ज्यान गुमाउछन । परदेशी भूमिमा जीवनलाई सम्पन्न बनाउने गरी भएको यात्रा जब परिकल्पना नगरेको घटना हुन्छ, समुन्नत बन्ने सपना फूल जस्तै ओइली झर्छन, सुकी जान्छन । युवा साहित्यकारको रुपमा आफुलाई चिनाउने र साहित्यको माध्यमबाट नेपाiली समाजलाई परिवर्तन गरि शिक्षित र सभ्य समाज बनाउने साहित्यकार दिनेश भुसालको उदेश्य रहेको छ ।

विकिपीडीयामा के के गर्न मिल्छ[सम्पादन गर्ने]

म विकिपीडीयामा नया छु। मलाई विकिपिडिया कसरी चलाउने जान्नु छ । विकिपीडियामा बार्तालाप कसरी गरिन्छ।सुझव दिनुहोला । सन्दिप अधिकारी (कुरा गर्ने) ०७:२८, ६ नोभेम्बर २०१६ (युटिसी(UTC))

@सन्दिप अधिकारी: To talk with other users. Please visit their talk pages and click on + button at the top of the page. Then you can leave message for him/her. But always sign your posts using ~~~~ when you left new message.Rubik's cube.svgI am wikipedian Talk ०८:१३, ६ नोभेम्बर २०१६ (युटिसी(UTC))

@सन्दिप अधिकारी: जी, विकिपिडिया एक स्वतन्त्र विश्वकोष हो । जसलाई सबैले सम्पादन गर्न सक्दछन् । विकिपिडियाको बारेमा थप जानकारीको लागी यहाँ हेर्नु होला साथै तपाईको प्रयोगकर्ता पृष्ठमा पनि नयाँ प्रयोगकर्ताहरूको सहयोगको लागी आवश्यक पर्न जानकारी राखिएको छ । कृपया सो अध्ययन गर्नु हुन अनुरोध गर्दछु ।Nirjal sign.png कुरा गर्ने ०८:२९, ६ नोभेम्बर २०१६ (युटिसी(UTC))

म पनि भर्खर आको 😏 Kcbijay123 (कुरा गर्ने) ११:५६, १० डिसेम्बर २०१८ (युटिसी(UTC))

 पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो। नेपालको इतिहासका शीर्षस्थ एवम् श्रदेय पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे। Yubaraj Khadka Khotang (कुरा गर्ने) १९:५२, १० जनवरी २०१९ (युटिसी(UTC))

वाह! क्यावात पुस्तकालय दिवस -अशोक थापा[सम्पादन गर्ने]

पुस्तकालय दिवसका विषयमा बोल्नु पर्दा म बढी भावुक पनि हुन्छ------खै कहाँबाट सुरु गरुँ पुस्तकालय दिवस युवाहरूको जोशाबाट निसृत युगीन घटना हो भन्दा अर्गेलो हुँदैन सायद।आज पुस्तकालय दिवस छैठौँ वर्षमा प्रवेश गर्दै गरेको घटनाले एकातिर रोमाञ्चकता र अर्कातिर निराशा थपेको छ।हुन त हरेकका जीवनमा खुशी र दु:ख दुवै प्रतिस्पर्धी बनेर रहेका हुन्छन्।पुस्तकालय दिवसको जन्मदेखि विकास र विस्तारका हरेक घटनासँग म प्रत्यक्ष र परोक्ष रूपमा संलग्न छु निरन्तर।कहिले पुस्तकालय दिवसको मिति निर्धारणमा कस्सिएर लाग्छु, कहिले यसको राष्ट्रिय संयोजन गर्ने गहन जिम्मेबारीमा, त कहिले निबन्ध प्रतियोगिता अनि कहिले स्मारिका र पुस्तकालय संघको कुरियर सम्पादन गर्नमा यो मैले स्वयंसेवी भावनाले गरेका कार्यहरू हुन् त्यसप्रति न मेरो कुनै खेद नै छ न त सिकायत नै।सिकायत छ त भने त्यस कुरामा छ जो पुस्तकालय संघको हिमायती भन्दै बजार तताउँछन् र संस्थालाई कमजोर बनाउने षड्यन्त्रमा लाग्छन् नेपाल पुस्तकालय संघलाई उचित स्थान दिनु हुँदैन भन्छन् व्यक्तिगत आग्रहले।छैठौँ पुस्तकालय दिवसमा पुस्तकालय संघलाई उपाध्यक्षको भूमिका दिन मैले चर्को सङ्घर्ष गर्नु पर्योग र अन्तमा सफलता पनि हात मिल्यो।संस्थाप्रति हाम्रो गहिरो नाता छ भन्ने तर संस्थालाई कमजोर बनाउनेहरूको गोहीको आँसु झार्नुको के अर्थ छ? व्यक्तिगत रिसइवीले संस्थालाई कमजोर बनाउनु घर झगडाका कारण घरमै आगो लगाएर खरानी बनाउनु जस्तो हो भन्ने हेक्का सबैले राख्नु पर्छ छैठौँ पुस्तकालय दिवसका सम्बन्धमा सबैलाई चेतना होस्। इतिहासका कालखण्डमा संस्थामा विवाद आउनु स्वाभाविक हो।जिउँदो संस्थामा नै विवाद आउने हो।विवाद आउनु भनेको विकासका लागि क्रियाशील रहनु हो द्वान्द्वात्म भौतिकवादले सङ्घर्षले विकासको गति लिन्छ भन्नेमा विश्वाजस राख्छ।विवाद आउँदैमा संस्था भताभुङ्ग र चौपट हुने होइन र पुस्तकालय दिवसलाई संस्थाको विवादमा मुछ्नु हुँदैन भन्ने मेरो आग्रह हो।पुस्तकालय दिवस नेपालमा सबैभन्दा संस्थागत हुँदै गएको घटना हो भन्नलाई कुनै आइतबार कुर्नु पर्दैन।देशविदेशमा यो एड्भोकेसी युक्त सफल कार्यक्रम हो भन्ने पुष्टि भइसकेको छ।डा. मेरिन कोरिन को नेपाल भ्रमणले पनि यस कुरालाई प्रमाणित गर्छ।पुस्तकालय दिवसका सन्दर्भमा हामी जसरी जुट्न सफल भएका छौँ अन्य कुनै पनि कार्यक्रममा भलकुसारी गर्न सकेका छौनौँ।पुस्तकालय दिवसलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ त्यसको प्रतिकार भण्डाफोर गर्न ढिलो गर्नु हँदैन।षड्यन्त्र अग्रगति लिनेका विरुद्ध पश्चगामी सोचका व्यक्तिबाट भएको छ।जो तीसौँ वर्षसम्म पुस्तकालय संघमा विराजमान भए र माखो मारेनन् उल्टै संस्था विघटन गर्दै अर्को संस्था दर्ता गर्ने वहानावाजीमा लागे र अझै पनि भ्रम छर्दैछन्।तर अब यस प्रकृतिका भ्रमले काम गर्ने वाला छैन किनभने नेपालको पुस्तकालय क्षेत्रमा चेतनशील युवाको आगमन भइसकेको छ।पुस्तकालय दिवसका सन्दर्भमा पश्चगामी सोचका चिन्तनको वहिस्कार गर्नु आवश्यक होइन अनिवार्य भइसकेको छ। पुस्तकालय क्षेत्रमा युवा पुस्ता अगाडि आउने कि पुराना पुस्तकाल अझै ओगटेर बस्ने? भन्ने पुस्ता द्वन्द्को समस्या देखिएको छ।संसारका विकसित मुलुकमा युवाले सफल नेतृत्व गरेको दृष्टान्त प्रशस्तै छन्।यसो भनिरहँदा पुरानो पुस्तालाई सम्मान गर्नु हुँदैन भनेको होइन सपेक्षित रूपमा सिनियरहरूको अनुभव र युवाहरूको उर्जालाई फ्युजन गर्नु पर्छ भन्नु नै सत्य हुन जान्छ।पुस्तकालय दिवस युवाहरूको स्पिरिटबाट जन्मेको (LISSA) कार्यक्रम भएकाले एउटा बुलन्द आवाज उद्घोष गर्न ढिला गर्नु हुँदैन कि अजय शक्ति युवाके नेतृत्वमा यो पेसा संस्थागत हुनु पर्छ र हुन्छ पनि।पुस्तकालय दिवसका सन्दर्भमा युवा पुस्ता एकजुट होऔँ र पुराना पुस्ताको सम्मान गरौँ। संघ-संस्थामा विवाद आउनु नौलो कुरा होइन।यस पटकको पुस्तकालय संघको विवादले सिडियो कार्यालयको ढोका ढकढक्यायो र ज्याक, फोर्स र भनसुनको उपक्रम पनि चल्यो।यो नेपालका सन्दर्भमा कुनै नौलो कुरा होइन।जब मुद्धा मामिलामा पुगिन्छ त्यसबेला कानुनका अक्षरमात्र बोलिन्छन् अन्य सामाजिक साङ्गठनिक भावना शून्यतामा परिणत हुन्छ र एउटै पेसाका मित्रहरूमा सत्रुताको विजारोपण हुन्छ।नेपालको पुस्तकालय क्षेत्रमा विवादको चिरा निकै गहिरियो त्यो सजिलै पुरिनेवाला छैन।छैठौँ पुस्तकालय दिवसमा सन्दर्भमा घुन र सुन पहिचान गर्ने सद्वुद्धि सम्पूर्ण पुस्तकालयकर्मीमा पलाओस्। पुस्तकालय क्षेत्र निकै कम उन्नत र कमविकसित क्षेत्र मानिन्छ।सरकारी उदाशीनताको पनि हदै नागिसकेको छ।व्यक्तिगत स्वार्थ र कुण्ठामा अल्झिने हामी पुस्तकालयकर्मी नै यसको कारक हौँ।हाम्रो कुण्ठाकै कारण यो पेशा विकसित हुनाको सट्टा सीमित हुँदैछ र चाउरिँदै छ।सुक्दै गएर खण्डहर बन्दै गएको रुख जस्तो बिम्ब यस पेसामा देखिन थालेको छ।हामी यति व्यक्तिवादी बनेका छौँ कि हाम्रो सामाजिक भावना शून्यतामा गिरेको छ।पुस्तकालय दिवसका सन्दर्भमा व्यक्तिगत कुण्ठा दूर होस् र संस्थागत भावना जागृत होस्। पुस्तकालय संघ संघहरूको पनि संघ भएकाले राम्रो र सही व्यक्तिको नेतृत्वको अपेक्षा गरिन्छ।तर सही व्यक्ति भन्दा पनि आफू अनुकूलको पपेड व्यक्ति आयो कि आएन? भन्ने आग्रहका कारण पुस्तकालय संघमा विवाद आएको हो।सूचनाको विलम्वता त वहाना मात्र हो।प्रकारान्तरले एउटै इन्ट्रेस, एउटै व्यक्ति हावी हुने षड्यन्त्रबाट सारा घटनाक्रम विकसित भएको देखिन्छ।पुस्तकालय दिवसमा अवसरमा कुशल नेतृत्वको खोजी र कठपुतली नेतृत्वको वहिस्कार सम्पूर्ण पुस्तकालयकर्मी जान ढिलो गर्नु हुँदैन। काठमाडौँ मात्र नेपाल हो।मोफसल नेपाल होइन? काठमाडौँ छोड्दा कि अफिसको काज चाहिन्छ कि गाडी सुविधा भन्ने मनोवृत्ति पनि पुस्तकालय पेसाकर्मीमा विद्यमान छ।काठमाडौँ बाहिर ६-६ वटा क्षेत्रीय पुस्तकालय संघ (पूर्वाञ्चल, चितवन, लुम्विनी, पोखरा, दाङ, भक्तपुर) बनी सके तर काठमाडौँ भन्दा बाहिर निस्कनु पर्योल भने काठमाडौँका पुस्तकालयकर्मीहरू निधारमा पसिना छुटाउँछन्।के काठमाडौँ मात्र नेपाल हो? मोफसलका पुस्तकालयकर्मी के निर्जीव वस्तुहरू हुन्? पुस्तकालय दिवसका सन्दर्भमा काठमाडौँ बाहिर पनि नेपाल छ, काठमाडौँ बाहिर पनि पुस्तकालयकर्मी छन् भन्ने सद्वुद्धि पलाओस्।धन्यवाद नमस्कार। पुस्तकालय दिवस छैठौँ वर्षको छोटो समयमा विकासको सिँडीमा चढ्न सफल भएको छ।यो हामी सबैको प्रयासले भएको हो।टिम वर्क नै सर्वसम्मत विकासको अवधारणा हो।फुटेर होइन जुटेर यस कार्यक्रमलाई सफल र समुन्नत बनाउन सकिन्छ भन्ने कुरामा कसैको दुई मत हुँदैन सायद।आज जुन प्रकृतिका विखण्डरनकारी कुरा सार्वजनिक भएका छन् त्यसले समाधानको बाटो भन्दा विवादको खाडललाई झन गहिरो बनाएर लाने देखिन्छ।यसर्थ एकचोटि व्यक्तिगत कुण्ठाको सट्टा समूहिक भावना, युवा पुस्ताको खण्डन होइन प्रोत्साहन, को आयो होइन कस्तो स्वभावको नेतृत्व आयो भनेर केही त्याग्ने र केही लिने सार्वभौम सिद्धान्तको अनुसरणमा जुटेर संस्थागत हुँदै गएको पुस्तकालय दिवसलाई अझ सफल बनाउने दिशा अग्रसर हुन सकौँ।र एकजोटि सबैले सकारत्मक सोचले भनौँ क्या वात पुस्तकालय दिवस!

विकिपीडिया को सम्बन्धमा[सम्पादन गर्ने]

कतै "विकिपिडिया" लेखिएको छ र कतै "विकिपीडिया" ।यस मध्य शुद्ध कुन चाई हो? सन्दिप अधिकारी (कुरा गर्ने) १२:२४, १९ डिसेम्बर २०१६ (युटिसी(UTC))

प्रमुख समाचारहरू[सम्पादन गर्ने]

प्रमुख समाचारहरु खण्डमा समाचारहरु अपडेट गर्दा राम्रो देखिएला ।--RHcosm (talk) १०:२०, १३ सेप्टेम्बर २०१८ (युटिसी(UTC))

वैज्ञानिक अनुसन्धान[सम्पादन गर्ने]

प्रमोदानन्द झा ( वैज्ञानिक ) - नेपाल www.praphysics.wordpress.com पढनुस् र समालोचना गरौ ! Praphysics (कुरा गर्ने) १६:३३, १५ जुन २०१९ (युटिसी(UTC))

ढकाल थरको उत्पति कसरी भयो[सम्पादन गर्ने]

गोरखाबाट ढांक =ढकाल अपराजित ढकाल (कुरा गर्ने) ०३:२९, २७ नोभेम्बर २०१९ (युटिसी(UTC))

साहित्यको नयाँ विधा साइनो को परिचय[सम्पादन गर्ने]

नयाँ साहित्य विधा "साइनो" परिचय साहित्यको नौलो विधा देख्न सकिने साइनो यो, सात आठ नौ अक्षरमा लेख्न सकिने साइनो यो । आफ्नै अर्थ दिन्छन् यहाँ तिनै पंक्ति फरक-फरक, जोड्दा सबै चौबीस अक्षर यसको अर्थ अलग ।।

समग्रमा ब्यन्जना अबिधा र लक्षणाले भरीएको, नेपाली साहित्यको जगतमा साइनो यो छरीएको । आफन्तको नाता सम्बन्ध यो मित्रतालाई जनाउँदै,, यो साइनोले आफ्नो पहिचान विश्वसामु बनाउँदै ।।

गहिरिएर सोचौं मित्र थोरै शब्द ठूलै अर्थ दिन्छ, लेखौं हामी खारीएर साइनोले अर्कै रुप लिन्छ । शिरबिन्दु,चन्द्रबिन्दु,हलन्त,आधाअक्षर गणना नगरौं, मागेपछि विस्मयादिबोधक,प्रश्नचिन्ह,पूर्णविराम राखौं ।।

कति राम्रो साहित्य विधा मौलिकता नै झल्काउने, पढ्दा,सुन्दा झङ्कृत भइ मनमुटुमा आगो सल्काउने । अरुसङ्ग मिल्दैमिल्दैन नियम हुन्छ यसको आफ्नै सुत्र, पहीले-पहीले बुझ्नैगाह्रो बुझेपछि बनाउँछ मन्त्रमुग्ध ।।

सातले सातवार आठले अष्ठदिशा नौअक्षर नवरस, साहित्यलाई साथदेउ सहयोग गर अब हेरेर नबस । कति सरल सबै यी अक्षरले चौबीस घण्टा जनाउने, लतैलाग्छ यत्तिजाने जतिखेरै सधैं साइनो बनाउने ।।

©-सुरेन्द्र शाही "गुलाब कान्छो",

     २०७६/१०/०४ सुरेन्द्र शाही (कुरा गर्ने) ११:१२, १८ मार्च २०२० (नेपाली समय)

नविनतम साहित्य विधा साइनोसम्बन्धी अलिकति कुरा[सम्पादन गर्ने]

नविनतम साहित्य विधा साइनोसम्बन्धी अलिकति कुरा १. साइनोको परिचय

साइनो शुद्ध नेपाली शब्द हो । यो नाता सम्बन्धको पर्यायवाची शब्द साइनु नै साइनो हो । साइनोले एकार्काको नातासम्बन्ध र मित्रतालाई इङ्गित गर्छ । आफन्तसङ्गको सम्बन्ध, मित्रतासङ्गको सम्बन्ध घरपरिवार बिचको सम्बन्ध, घरपरिवार र समाजको सम्बन्ध, समाज-राष्ट्रको सम्बन्ध, एक राष्ट्रको अर्को राष्ट्रसङ्गको सम्बन्ध, आकाश र धर्तीको सम्बन्ध, ग्रह र उप-ग्रहको सम्बन्ध समग्रमा ब्रह्माण्डसङ्गको सम्बन्धले नै संसार जगडिएको छ र साइनोमा अल्झिएको छ । साइनो आफैमा स्वतन्त्र र लोकप्रिय शब्द हो जसले एकआर्काप्रतिको नाता सम्बन्ध र मित्रतालाई जनाउँछ । सामान्यतया साइनोले एकब्यक्ति र ब्यक्तिबिचको नातासम्बन्ध जे छ त्यही नै साइनो भनेर बुझाउँछ । जस्तै: आमाबाबुसङ्ग छोराछोरीको साइनो, साथीहरुबिच मित्रताको साइनो, आमाको दाइभाइसङ्ग पर्ने मामाभान्जको साइनो आदि जस्ता सम्बन्धलाई नै नाता सम्बन्ध र साइनो भनिन्छ ।

तर यहाँ भने साहित्य विधाको नयाँ संरचना साइनोको चर्चा गर्न गैरहेको छु । विश्वसाहित्य जगतमा जन्मिएका कथा, कविता, निबन्ध, नाटक, उपन्यास जस्ता चर्चित धेरै साहित्य विधाका थुप्रै उपविधाहरु भएपनि नेपालमा मात्रै भर्खरै उत्पादित गद्य कविताको अर्को विधा भनौ या उपविधा हो साइनो । साइनो मुलत सात, आठ र नौ (७-८-९) अक्षरीय तीन हरफमा लेखिने गद्य कविता हो । यसमा तिनवटै हरफले स्वतन्त्र र अलग-अलग अर्थ दिन्छन् र समग्र तीन हरफको एक सुन्दर र सुगठित पुस्प गुच्छाजस्तै अनुच्छेद (गुच्छा) बन्छ जसको अर्थ बृहतलाग्छ । जस्तो: गुलाफको फूल, कमलको फूल र सयपत्री फूलका एक-एक थुङ्गा फूललाई एकै गुच्छामा राख्यौं भने कति सुन्दर देखिन्छ र समग्रमा फूलको सौन्दर्यता र छुट्टै परिभाषा पाउन सकिन्छ । त्यस्तै साइनोका तीन हरफबाट पाइने भाव एउटैमालामा गाँसिए भने यसको भाव र अर्थ निकै गहन र चोटिलो बन्दछ । कुनै एक गरिब मान्छेलाई तँ साह्रै गरिब छस् गरेर खाने होइनस् भन्नुमा र तपाई गरिबै भएपनि तपाइका यी पौरख चलाउनुभयो भने बिहानबेलुका हातमुख जोड्न सजिलो हुन्छ भन्दा कति फरक पर्छ । हो त्यस्तै साइनोले कुनैपनि समाजमा भएका सामाजिक संस्कार, आर्थिक, राजनितिक, ब्यापारीक, वातावरणमा भए गरेका घटना समग्रमा सकारात्मक र नकारात्मक दुवैपक्षलाई सिधै भन्दापनि साहित्यिक रुपमा गहन र ओजस्वी भावमा ब्यंग्यात्मकताबाट केही कुरा पस्किनु र मानबको मनमस्तिष्कलाई तरङ्गित गरि मन्मुटुलाई हलचलमा ल्याउनु र यसको भनाइ ठिक हो भनेर महसुस गराउनु साइनोको मुख्य ध्यय हो ।

२.साइनोको उत्पति

२०७६/०४/१६ गते (०१ अगस्ट २०१९)मा "मान्छे छैन इमानी न शहरमा छ धन न त झुपडीमा पिसानी ।" भन्ने पहिलो साइनो सामाजिक सञ्जाल फेसबुक मार्फत बाल साहित्यका धरोहर प्रध्यापक छायादत्त न्यौपाने "बगर" ले प्रकाशन गरेपछि साइनोको उत्पत्ति भएको देखिन्छ । साहित्यको नयाँ विधा साइनो उत्पत्तिको श्रेयपनि वहाँलाई नै जान्छ । त्यसपछि साइनोले थुप्रैको ध्यान आफुतिर केन्द्रित गराएको छ । साइनो नेपाली साहित्य जगतकै माटोमा र नेपाली मौलिकतामा उत्पती भएको हुनाले यसलाई साइनो नामदिएको हो । साइनोबारे आ-आफ्ना बिचार बिमर्श, तर्कबितर्क गर्दै, एकआपसमा छलफल गर्दै साइनो लेखनलाई निरन्तर अघि बढाइएको छ । थोरै समयमा साइनोले नेपाली साहित्य क्षेत्रमा जरा गाडीसकेको छ । विदेशमा रही नेपाली साहित्यलाई मायागर्ने साहित्यकार, सर्जकहरुलेपनि साइनोलाई लेख्दै आउनु भएको छ । नेपालमापनि पुर्व मेचीदेखि पश्चिम महाकालीबाट साहित्यकारहरुले साइनोलाई चासो दिदै र लेख्दै क्रमशः साइनोमा साङ्ग्लिने क्रम बढ्दो गतिमा छ ।

गर्भावस्थाको साइनोले यति छिटो गति लिनु भनेको नेपाली साहित्य माटोलाई थप उर्जाशील बनाउनु हो । यही गतिमा साइनो साहित्य झाँगिदै गयो भने विश्वसाहित्यमाझ आफ्नो पहिचान सङ्गसङ्गै नेपाली साहित्यलाईपनि चिनाउन सफल हुनेछ । मलाई लाग्छ हिरा खोज्ने कुरा सोचेरमात्र हुदैन हिरा टिप्न त समुद्रको गहिरामा गएर समुद्रको सतह खोतल्नुपर्छ अनि पो बहुमुल्य त्यो हिरा भेटाउन सकिन्छ त्यो पनि कमै मात्रामा । साइनोपनि नेपाली साहित्य जगतको बहुमुल्य हिरा नै हो जसलाई नेपाली मुलमै जन्माउन पाइएको छ, उम्रार्न मिलेको छ । जसले नेपालको मौलिकता झल्काउछ र निकट भविस्यमा साइनो साहित्य मार्फत नेपाललाई विश्वसामु चिनाउने अबसर पाउने छ । यो साइनो साहित्यको यात्राले विश्व भ्रमण गर्ने छ ।

टेलिभिजन र विभिन्न राष्ट्रिय अनलाइन मिडिया तथा पत्रपत्रिकामा समेत धेरै साइनोकारका साइनोबारे जानकारी सहित साइनोहरु प्रकाशित र प्रकाशन भइसकेका छन्, भने विभिन्न साहित्यिक कार्यक्रममापनि साइनो वाचन भइसकेका छन् । यसका साथै साइनोकारहरुले आ-आफ्नो फेसबुक मार्फतपनि साइनो प्रकाशन गर्दै आइरहनुभएको छ । साइनोलाई अझै ब्यबस्थित, सुगठित र बुलन्दगरी लैजाने दृढ-संकल्पकासाथ साइनोकारहरुको बृहत छलफल पश्चात सामाजिक सञ्जाल फेसबुक (अनुहार किताब)मा साइनो मन्च निर्माण गरि साइनोबारे जानकारीका साथै साइनोकारहरुका साइनो प्रकाशन गर्दै आइरहेको छ ।

३. साइनो कसरी लेख्ने ?

सात, आठ र नौ अक्षरमा लिखिने साइनो चौबीस अक्षरीय सुन्दर र सानो साहित्य माला हो । साइनोका यी चौबिस अक्षरले वर्णनात्मक, भावात्मक, ब्यंग्यात्मक जस्ता फरक-फरक तरिकाले सर्जक र पाठकलाई नयाँ रस्वादन प्रदान गर्दछ । यो कुनै यात्रामा हुँदा हिड्दाहिड्दै, फुर्सदको समयमा, बसेको समयमा, कसैसँग कुरागरिरहेको समयमा यात जुनसुकै समयामा यसलाई लेख्न सकिन्छ । साइनो लेखनकालागि लामो समयपनि खर्चिरहनु पर्दैन । साइनो लेख्दा जति साहित्यिक सब्दलाई खेलाउन र केलाउन सक्यो त्यति नै सशक्त, सुगठित, कर्णप्रीय, मार्मिक र गहन भावको हुनुकासाथै बास्तबिक साइनो बन्दछ । साइनो लेख्दा कुनै ब्यक्तिलाई चोट पुर्याउने र समाजलाई नपच्ने अपशब्दको प्रयोगगरि लेखियो भने त्यसलाई साइनो भन्न र मान्न सकिँदैन । साइनो जुनसुकै कोणबाट लेखियातापनि सन्देशमुलक र सान्दर्भिक हुन आबस्यक छ । साइनोको अन्त्यमा शब्दको भाव अनुसार प्रश्नवाचक(?), पुर्णविराम(।) र विस्मयादिबोधक(!) चिन्ह राख्नसकिन्छ । साइनोको सुत्र भनेकै सात, आठ र नौ अक्षरको तीन पंक्तिमा लेख्निने र तिनै पंक्तिको एक गुच्छा बनाउनु हो । साइनोमा आधा अक्षर, शिरबिन्दु, चन्द्रबिन्दु, ऋकार र हलन्तभएका शब्दपनि राख्नसकिन्छ तर यीनको गणनाभने हुदैन । जस्तो: भयौं भन्थे एकीकृत्-७ अक्षर सिद्धान्त माक्र्सवादको-८ अक्षर ब्यहाल छ गणतन्त्रको ।-९ अक्षर यो साइनोमा चन्द्रबिन्दु, आधा अक्षर, ऋ लागेको र हलन्त अक्षरसबै छन् तर तिनलाई गणना गरिएको छैन ।

हेरौं केही साइनोहरु: १. कति बेच्छौ सिमाना ? मुकुण्डो खोल भ्रष्टको रोज लौ समृद्धिको बाटो । २. छिमेकी त चिन्दैन धनको यो बुर्कुसीले कहाँ छ खै त्यो मानवता ? ३. हिमालमा चाँदनी ! पहाडमा हिरा मणि !! तराईमा फल्छ नि सुन !!! ४. रुवाएर किसान बन्यौ है उद्योगपति हतियार बन्नेछ आँशु । ५. बनायो मन्त्रमुग्ध ! यतै गिद्धको नजर !! हिराको टुक्रा मेरो देश !!! ६. अस्थिपञ्जर मान्छे केही दिनको पाहुना विलीन हुनेहो माटोमा । ७. ज्वती शिक्षाको छरी ! गर्नु छ रुपान्तरण !! दुर-दराजको बस्ती त्यो !!! ८. पहिचान छ बेग्लै रातो र चन्द्रशुर्यमा फहरायो नेपाली झण्डा । १०. कलिलो छ विरुवा ! ओकल्छ बीस त्यो फूल !! सुन्दर भएर के गर्नु ? ११. हेमन्त तान्छ वर्षा ! उसैको कब्जामा मुटु !! शरीरकै निम्तोमा राडी !!! १२. भत्काउनु छ बाँध आडम्बरी धनको त्यो फूल फुल्ने छ समताको । १३. पहाड भयो तिल ! जीउन भयो मुस्किल !! भएँ बाटो मुनिको फूल !!! १४. चेस बोर्ड एउटै ! बेग्लै हात्तीको लम्काइ !! अनेक छ गोटीको चाल !!! १५. रातै मेरो रगत ! तल्लो जातको रे म त !! पानी चल्दैन, चल्छ श्रम !!!

 -सुरेन्द्र शाही "गुलाब कान्छो"
  shahi.surendra1992@gmail.com