विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/ओरिदू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उरिदू[सम्पादन गर्नुहोस्]

उरिदू कतारी सेयरधनी कम्पनी (अरबी: أوريدو‎‎}) पूर्व कुतल, एक अन्तर्राष्ट्रिय दूरसञ्चार कम्पनी हो। यो कतारमा दूरसञ्चार सेवा प्रदान गर्ने पहिलो कम्पनी पनि हो। सन् २०१४ सम्म, यो देशको सबैभन्दा ठूलो सार्वजनिक कम्पनीहरू मध्ये एक हो जसमा १४,००० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्। कम्पनी सफलतापूर्वक विभिन्न वित्तीय बजारहरूमा सूचीकृत भएको छ जसमा यो दोहामा सन् १९९८, लन्डनमा १९९९, बहराइनमा सन् २००१ र अबु धाबीमा सन् २००२ मा सूचीत भएको थियो। क्यूटेलले सन् २००५ मा, खाडी सफल पुरस्कार र सन् २००६ मा खाडी आर्थिक पुरस्कार समेत जित्न सफल भएको थियो। यो संसारको सबैभन्दा ठूलो मोबाइल दूरसञ्चार कम्पनीहरु मध्ये एक हो, जसको सेप्टेम्बर २०१५ सम्ममा विश्वभरि ११५ मिलियन भन्दा बढी ग्राहकहरू रहेका थिए। यो सन् २००५ देखि छिटो वृद्धि हुने दूरसञ्चार कम्पनी पनि हो। कतारमा यस कम्पनी, विश्वको उत्कृष्ट दूरसञ्चार सेवा प्रदानका लागि व्यक्तिगत, संयुक्त र घरेलू ग्राहकहरूको छनौट बन्न सफल छ। उरिदूले ओमानमा उरिदू ओमान मार्फत सेवा पुर्‍याएको छ। यो १५औँ एसियाली खेलकुदको आयोजक समितिको मुख्य सदस्य पनि हो। १५औँ एसियाली खेलकुद दोहामा १ देखि १५ डिसेम्बर २००६ सम्म आयोजना गरिएको थियो र यसले कार्यक्रमको बेलामा विशेष रूपमा दूरसञ्चार सेवा प्रदान गरेको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ११२४, अक्षर: ५९६.५, स्पेस: १८१
  • मुख्य सम्पादक: पर्वत सुबेदी, हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: एसियाली बहुराष्ट्रिय दूरसञ्चार कम्पनी
२०२० फेब्रुअरी २५, १३:१९:१३ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- पर्वत सुबेदी (कुरा गर्ने) ११:१९, १० चैत २०७६ (नेपालकाे प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। पर्वत सुबेदी (कुरा गर्ने) ११:१९, १० चैत २०७६ (नेपालकाे प्रमाणिक समय)