सामग्रीमा जानुहोस्

विकिपिडिया:हिज्जे परियोजना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिज्जे परियोजना

सामान्य प्रचलित अशुद्ध शब्दहरू

योगदानकर्ताहरू

छलफल

तथ्याङ्क

नेपाली लेखनमा हुने सामान्य त्रुटिहरूलाई सुधार गर्न तथा यस पृष्ठमा सूचीवद्ध गरी उल्लेख गरिएका शुद्ध शब्दहरूलाई प्रयोग गर्ने उद्देश्यका साथ यो परियोजना सुरु गरिएको छ। नेपाली लेखनमा कतिपय त्रुटिहरू यति प्रचलित भएका छन् कि प्रयोगकर्ताहरू झुक्किएर त्यसैलाई सही मानेर लेख्दै आएका छन्। यस परियोजना पृष्ठमा यस्तै प्रकारका शब्दहरूको सूची तयार पारिएको छ जसको उपयोग विकिपिडियामा गलत हिज्जेहरूको सुधार, हिज्जे जाँचक आदि बनाउनमा प्रयोग गर्न सकिन्छ।

नेपाली व्याकरणको सामान्य त्रुटिहरूका लागि विकिपिडिया:नेपालीमा सामान्य त्रुटिहरू हेर्नुहोस्।

टाइपिङका अशुद्धिहरू (टाइपो)

[सम्पादन गर्नुहोस्]

सामान्य रूपमा कम्प्युटर अथवा अन्य कम्प्युटिङ उपकरणहरूको प्रयोग गर्दा हुने टाइपिङका अशुद्धिहरूलाई टाइपो भनिन्छ। यस्ता गल्तीहरूमा टाइपकर्ताको ध्यान जाँदैन। कतिपय समय टाइपकर्ताद्वारा प्रयोग गरिएको टाइपिङ औजारद्वारा त्यो वर्ण वा चिह्न टाइप गर्ने तरिका थाहा नभएर समेत त्रुटि हुने गर्दछ।

अशुद्धशुद्ध
तरीकातरिका
शिर्षकशीर्षक
पनीपनि
सुरक्षीतसुरक्षित
लागीलागि
तपाई, तपाँईतपाईं, तपाईँ
स्वास्थस्वास्थ्य
प्राप्तीप्राप्ति
शक्तीशक्ति
अतिथीअतिथि
पुर्वपूर्व
हरुहरू
विध्याविद्या
द्धाराद्वारा
अघीअघि
पछीपछि
भोलीभोलि
सुचनासूचना
पनीपनि
बर्षवर्ष
पृष्टपृष्ठ
प्रयाप्तपर्याप्त

पञ्चमाक्षर शब्दहरू

[सम्पादन गर्नुहोस्]
अशुद्ध शब्दशुद्ध शब्द
गंगागङ्गा
अण्डरअन्डर
संग्रहालयसङ्ग्रहालय
संगठनसङ्गठन
संघसङ्घ
अंकअङ्क
मंगलमङ्गल
संजयसञ्जय
संचारसञ्चार
चंचलचञ्चल
अंचलअञ्चल
कुंजीकुञ्जी
विण्डोजविन्डोज
अंग्रेजीअङ्ग्रेजी
मंदिरमन्दिर
परंपरापरम्परा
यंत्रयन्त्र
संग्रहसङ्ग्रह
संकलनसङ्कलन
संकेतसङ्केत
संगित, संगीतसङ्गीत
संचालनसञ्चालन
मनोरंजन, मनोरन्जनमनोरञ्जन

आधुनिक शब्दहरू

[सम्पादन गर्नुहोस्]
पारम्परिक शब्दआधुनिक शब्द
दूरदर्शनटेलिभिजन
आकाशवाणी यन्त्ररेडियो
श्रव्यदृश्यभिडिओ, भिडियो (प्रचलित)
अण्डाअन्डा
शहरसहर
शहीद, शहिदसहिद
नक्शानक्सा
ऊर्जा प्रजनकजेनरेटर
टङ्कणटाइप
ब्रिटिशब्रिटिस

प्रचलनमा रहेका विदेशी शब्दहरू

[सम्पादन गर्नुहोस्]
अशुद्ध शब्दशुद्ध शब्द
पेटेण्टपेटेन्ट

अन्य शब्दहरू

[सम्पादन गर्नुहोस्]
अशुद्ध शब्दशुद्ध शब्द
काठमान्डू, काठमान्डु, काठमाडौ, काठमाडौं, काठमाण्डौकाठमाडौँ
बंगलादेशबङ्गलादेश
अफ्रीकाअफ्रिका
इंडोनेसिया, इण्डोनेसियाइन्डोनेसिया
अष्ट्रेलियाअस्ट्रेलिया
बंगालीबङ्गाली
इंगल्यान्ड, इंगल्याण्डइङ्ल्यान्ड
ल्याण्डल्यान्ड
इटालियालीइटालेली
वागमती, बाग्मती, वाग्मतीबागमती
फ्रेंच, फ्रेञ्चफ्रान्सेली
अमेरिकनअमेरिकी
नागालैंड‎, नागाल्याण्डनागाल्यान्ड
अष्ट्रियाअस्ट्रिया

नेपालीकरण भइसकेका केही आगन्तुक शब्दहरू

[सम्पादन गर्नुहोस्]
मूल शब्दभाषानेपाली शब्द
लिङ्कअङ्ग्रेजीकडी
टिमअङ्ग्रेजीटोली
क्लेडअङ्ग्रेजीप्राकृतिक समूह

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    यी पनि हेर्नुहोस्

    [सम्पादन गर्नुहोस्]