विजडम जब्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विजडम जब्स
व्यवसाय प्रकार
निजी
उद्योगइन्टरनेट जागिर खोज संयन्त्र
स्थापित२०१० (2010)
स्थापनाकर्ताअजय कोल्ला
केन्द्रीय कार्यालय
ह‌ैदराबाद
,
भारत
वेबसाइटwww.wisdomjobs.com

विजडम जब्स एक भारतीय रोजगारी वेबसाइट हो जसले भारत, मध्य पूर्व र उत्तर अफ्रिकामा सेवा सञ्चालन गर्दछ।[१][२][३] यो भारतका प्रमुख दुईवटा जागिर वेबसाइटहरू जस्तै नौकरी डटकम र मोन्सटर डटकम पछिको अर्को लोकप्रिय रोजगारी प्रदान गर्ने वेबसाइट पनि हो जसले अनुमानित रूपमा सीप परीक्षण र जागिर खोजकर्ताहरूलाई मुल्याङ्कन गर्दछ।[४] यस कम्पनीको स्थापना सन् २०१० मा भएको थियो। यसको प्रधान कार्यालय भारतको प्रमुख व्यापारीक केन्द्र मध्ये एक हैदराबादमा अवस्थित छ।[५] अलेक्सा इन्टरनेटका अनुसार यो विश्वव्यापी लोकप्रिय वेबसाइटहरूको सूचीमा ६१२८औँ स्थानमा रहेको छ भने भारतमा यसको क्रमांक ५४५ रहेको छ।[६]

इतिहास[सम्पादन गर्नुहोस्]

विजडम जब्स डटकमलाई सन् २०१० मा अजय कोल्लाले स्थापना गरेका थिए।[७] कोल्लाले सुरुवाती चरणमा गुगल समूहको सुरुवात गरे जहाँ उनले विभिन्न रिक्त पदहरुमा जागिर प्रदान गरे र उनका बेरोजगार साथीहरूलाई रोजगारीका लागि सहयोग पुर्‍याएका थिए।[८] सन् २००८ देखि २०१० सम्म, यो समूहले करीव २०,००० व्यक्ति राख्यो, जसबाट कोल्लाले एक अनलाइन विद्यार्थी रोजगार बजारको लागि सम्भावित बजार हेर्नका लागि नेतृत्व गरेको थियो जसले विद्यार्थीहरूलाई भरपर्दो व्यवसायीक रोजगारदाताहरूसँग जोडिन मद्दत गरेको थियो।[१][९] उनले ३.५ मिलियन भारतीय रुपैयाँ लगानी गरेर एक जागिर खोज्ने वेबसाइट विजडम जब्स डटकमको स्थापना गरेका थिए जसमा अनलाइन सीप परीक्षण उपकरण, प्राग्न्या मिटर समावेश थियो। यसले जागिर खोजकर्ताहरूलाई परीक्षण गरी उनीहरूको सीपहरूलाई परिमाणीकरण गर्दछ।[१][१०][११]

वृद्धि[सम्पादन गर्नुहोस्]

स्थापना भएदेखिनै कम्पनीले भारत, मध्य पूर्वउत्तर अमेरिकामा गरी ३,५०० भर्नाकर्ताहरू मार्फत पैंतीस मिलियन भन्दा बढी जागिर खोजकर्ता तथा ग्राहक आँकडा आधार विकास गरिसकेको छ।[१२]

उत्पादन तथा सेवाहरू[सम्पादन गर्नुहोस्]

१) प्राग्न्या मिटर — प्राग्न्या मिटर एक अनलाइन उमेदवार मूल्याङ्कन उपकरण हो जसले आवेदकहरूलाई उनीहरूको जाँचमा प्राप्त अङ्कका आधारमा परीक्षण र छनौटमा मद्दत गर्दछ।

२) भि कनेक्ट — भर्नाकर्ताहरूका लागि आवाज प्रसारण उपकरण।

३) भिआरएस हब — आवेदकहरूलाई पछ्याउने प्रणाली।

४) कुइक सोर्स — एक अनुकूलन स्रोत सेवा। [१३]

पुरस्कार तथा मान्यताहरू[सम्पादन गर्नुहोस्]

१) विजडम जब्स डटकमले सन् २०१४-१५ भारतीय सानो मध्यम उद्यम कम्पनी मार्फत इण्डिया एसएमई १०० पुरस्कार प्राप्त गरेको थियो।[१४]

२) विजडम जब्स डटकमलाई भारतीय वाणिज्य तथा उद्योग सङ्घले भारतको शीर्ष एसएमई सूचकाङ्कमा सूचीबद्ध गरेको थियो भने यसलाई २०१५-१६ मा उत्कृष्ट प्रदर्शनको लागि उत्कृष्टता प्रमाणपत्र पनि प्रदान गरेको थियो।[१५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "How Ajay Kolla turned a Rs 30-lakh venture into a company generating revenue of Rs 22 crore", द इकोनोमिक टाइम्स, २०१४-०९-२९, अन्तिम पहुँच २०१८-०१-१५ 
  2. "`Pharma, retail and healthcare sectors lead in salary hikes'", द टाइम्स अफ इण्डिया, २०१७-०८-०३, अन्तिम पहुँच २०१८-०१-१५ 
  3. "Indian IT targets Arabian Gulf", द नेसनल युएई, २०१६-०९-०३, अन्तिम पहुँच २०१८-०१-१५ 
  4. कुरमानाथ, केभि (२०१४-१२-०१), "Wisdomjobs.com to dilute 25% to raise ₹40 crore", द हिन्दु (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०१-१४ 
  5. "Companies as good as their retention rates", द न्यु इण्डिएन एक्सप्रेस (अङ्ग्रेजीमा), २०१७-११-०१, अन्तिम पहुँच २०१८-०१-१४ 
  6. "विजडम जब्सको तथ्याङ्क", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच नोभेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-११ मिति
  7. "Most employees dissatisfied with their salary structures: Survey - Times of India", द टाइम्स अफ इण्डिया, अन्तिम पहुँच २०१८-०१-१५ 
  8. गुप्ता, सुम्या, "Wisdomjobs com Forsees A Future Where Skill Assessment Will be An Essential Part of Job Portal Services", बिडब्ल्यु डिसरप्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०१-१५ 
  9. "अजय कोल्ला", हफिङटन पोष्ट भारत (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०१-१४ 
  10. "Companies focus on quality of hire to improve biz metrics: Report", द इकोनोमिक टाइम्स, २०१७-११-०६, अन्तिम पहुँच २०१८-०१-१५ 
  11. "Excl: Job search portal Wisdom Jobs in talks to raise $6.5M from Gaja Capital, Helion", टेक सर्कल डटइन (अङ्ग्रेजीमा), २०१४-११-०४, अन्तिम पहुँच २०१८-०१-१५ 
  12. "Embellished resumes,skill gap key challenges in fresher hiring", हिन्दुस्तान टाइम्स (अङ्ग्रेजीमा), २०१७-०५-१८, अन्तिम पहुँच २०१८-०१-१५ 
  13. "Wisdomjobs launches hiring solution for start-ups | Gadgets Now", ग्याजेट नाउ, अन्तिम पहुँच २०१८-०१-१५ 
  14. "Wisdomjobs.Com Cracks A Place In 'India'S Top 100 SME' Index", स्टार्टअप सिटि डटकम, अन्तिम पहुँच २०१८-०१-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-१५ मिति
  15. कोरूकोण्डा, रवि, "Wisdomjobs Archives - Start-Up Hyderabad", स्टार्ट-अप हैदराबाद (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०१-१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]