शङ्कर शमशेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शङ्कर शमशेर जबराबाट अनुप्रेषित)
शङ्कर शमशेर जङ्गबहादुर राणा

शङ्कर शमशेर जङ्गबहादुर राणा एक नेपाली कूटनीतिज्ञ थिए। उनले बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्सनेदरल्यान्ड्स को राजदुत भएर काम गरे। उनका बुबा चन्द्र शमशेर नेपालका प्रधानमन्त्री थिए।

जीवन र क्यारियर[सम्पादन गर्नुहोस्]

उनको जन्म १९०९ मा सिंह दरबार, काठमाडौंमा भएको थियो। उनी बडा महारानी बाला कुमारीका छोरा थिए। उनी दरबार हाई स्कुलबाट शिक्षा पाएका थिए।

शंकरशमशेरलाई ‘ज्ञानी हजुर’ पनि भनिन्थ्यो। १९८६ सालमा चन्द्रशमशेरको मृत्युपछि शंकरशमशेर ‘ज्ञानी हजुर’ सिंहदरबारबाट हरिहर भवन सरेका थिए। १९९० सालको भूकम्पले हरिहर भवनमा क्षति पुर्‍याएको थियो। ज्ञानी हजुरले मर्मत गराएका थिए। ज्ञानी हजुरलाई २००५ सालमा तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरले हजुरियामा नियुक्ति गरे। २००६ सालमा शंकरशमशेर संयुक्त अधिराज्य - बेलायत को राजदूत बनाइयो। २००७ सालको क्रान्तिमा उनले राजा ज्ञानेन्द्रलाई मान्यता दिलाउनको लागि पहल गरेको हुनाले राजा त्रिभुवन सँग उनको सम्बन्ध राम्रो थिएन। बि.सं. २००७ मा प्रजातन्त्र स्थापनापछि शंकरशमशेर उतै बसे। २००९ सालमा उनलाई राजदूतबाट हटाइयो र उनको उपयोग गरिरहेको हरिहर भवन सरकारले अधिकरण गर्यो।[१]

मृत्यु[सम्पादन गर्नुहोस्]

शंकर शमशेरको मृत्यु २०३४ बेलायतमा भयो।

सन्दर्भ[सम्पादन गर्नुहोस्]