शिवपुरी बाबा

शिवपुरी बाबा एक हिन्दु सन्त थिए। उनको जन्मको नाम जयन्थन नम्बुदिरिपाद थियो र स्वामी गोविन्दनाथ भारतीको नामले पनि चिनिन्थे। उनको मृत्यु २८ जनवरी १९६३[१] मा नेपालको पशुपतिनाथ मन्दिर नजिकैको ध्रुबस्थलीमा भएको थियो। उनको जन्म दक्षिण भारतको, केरलमा सन् १८२६[१] मा भएको थियो। उनी १३७ वर्ष बाँचेको भनी दाबी गरिएको छ।[२] [३] [४] [५]
जीवनी
[सम्पादन गर्नुहोस्]
उनी ९ वर्षको उमेरमा अनाथ भएका थिए र उनका हजुरबुवा अच्युतमले उनलाई हुर्काएका थिए। अच्युतम, टिपु सुल्तानको दरबारमा ज्योतिषी थिए र उनको गहना र मसलाको व्यापार थियो। आफ्नो हजुरबुवाको मृत्यु पछि, शिवपुरी बाबा ध्यान गर्न नर्मदा वन गएका थिए। त्यसपछि उनी ज्ञान फैलाउन संसारभरि यात्रामा गएका थिए। [६]
उनले ५० भन्दा बढी देशको भ्रमण गरेका थिए। उनले महारानी भिक्टोरिया, लियो टोलस्टोय र अल्बर्ट आइन्स्टाइन लगायतका त्यस समयका धेरै प्रमुख व्यक्तिहरूसँग भेट गरेका थिए।[७]
आफ्नो जीवनको पछिल्लो चरणमा शिवपुरी बाबा नेपाल आए र काठमाडौँको शिवपुरीको जङ्गलमा ध्यान गरेर बिताए। [२] उनी करिब ४० वर्ष जङ्गलमा बसेका थिए। [८]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- 1 2 "सय वर्षको उमेरमा बेलायतबाट नेपाल आएका थिए शिवपुरी बाबा", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०३-१०।
- 1 2 Singh, Rishi (२००९-०२-२८), "One’s religion", The Himalayan Times, अन्तिम पहुँच २०२३-०६-०४।
- ↑ Bennett, John G; Manandhar, Thakur Lal (१९६५), Long pilgrimage: the life and teaching of Sri Govindananda Bharati known as The Shivapuri Baba।
- ↑ Shreshtha Malla, YB (२०१०), The Shivapuri Baba (otherwise known as Swami Govindananda Bharati): through different angles: being the teachings of the Baba।
- ↑ Longevity Now: A Comprehensive Approach to Healthy Hormones, Detoxification, Super Immunity, Reversing Calcification, and Total Rejuvenation, २०१३।
- ↑ "Shivapuri Baba", अन्तिम पहुँच २०२३-०६-०४। अभिलेखिकरण २०२२-१२-०८ वेब्याक मेसिन
- ↑ Arun, Swami Anand (२०२०-०१-२८), "Remembering Shivapuri Baba, a great Enlightened Mystic who also taught meditation & yoga to Queen…", Medium, अन्तिम पहुँच २०२३-०६-०४।
- ↑ Karki, Laxmi (२००६), Socio-economic Impact of Shivapuri National Park on Local Community: A Case Study of Budhanilkantha Area।