शिवपुरी बाबा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिवपुरी बाबाको मुर्ति

शिवपुरी बाबा एक हिन्दु सन्त थिए। उनको जन्मको नाम जयन्थन नम्बुदिरिपाद थियो र स्वामी गोविन्दनाथ भारतीको नामले पनि चिनिन्थे। उनको मृत्यु २८ जनवरी १९६३ मा नेपालको पशुपतिनाथ मन्दिर नजिकैको ध्रुबस्थलीमा भएको थियो। उनको जन्म दक्षिण भारतको, केरलमा सन् १८२६ मा भएको थियो। उनी १३७ वर्ष बाँचेको भनी दाबी गरिएको छ।[१] [२] [३] [४]

जीवनी[सम्पादन गर्नुहोस्]

शिवपुरी राष्ट्रिय निकुञ्जमा शिवपुरी बाबाको कुटी

उनी ९ वर्षको उमेरमा अनाथ भएका थिए र उनका हजुरबुवा अच्युतमले उनलाई हुर्काएका थिए। अच्युतम, टिपु सुल्तानको दरबारमा ज्योतिषी थिए र उनको गहना र मसलाको व्यापार थियो। आफ्नो हजुरबुवाको मृत्यु पछि, शिवपुरी बाबा ध्यान गर्न नर्मदा वन गएका थिए। त्यसपछि उनी ज्ञान फैलाउन संसारभरि यात्रामा गएका थिए। [५]

उनले ५० भन्दा बढी देशको भ्रमण गरेका थिए। उनले महारानी भिक्टोरिया, लियो टोलस्टोयअल्बर्ट आइन्स्टाइन लगायतका त्यस समयका धेरै प्रमुख व्यक्तिहरूसँग भेट गरेका थिए।[६]

आफ्नो जीवनको पछिल्लो चरणमा शिवपुरी बाबा नेपाल आए र काठमाडौँको शिवपुरीको जङ्गलमा ध्यान गरेर बिताए। [१] उनी करिब ४० वर्ष जङ्गलमा बसेका थिए। [७]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Singh, Rishi (२००९-०२-२८), "One’s religion", The Himalayan Times, अन्तिम पहुँच २०२३-०६-०४ 
  2. Bennett, John G; Manandhar, Thakur Lal (१९६५), Long pilgrimage: the life and teaching of Sri Govindananda Bharati known as The Shivapuri Baba 
  3. Shreshtha Malla, YB (२०१०), The Shivapuri Baba (otherwise known as Swami Govindananda Bharati): through different angles: being the teachings of the Baba 
  4. Longevity Now: A Comprehensive Approach to Healthy Hormones, Detoxification, Super Immunity, Reversing Calcification, and Total Rejuvenation, २०१३। 
  5. "Shivapuri Baba", अन्तिम पहुँच २०२३-०६-०४ 
  6. Arun, Swami Anand (२०२०-०१-२८), "Remembering Shivapuri Baba, a great Enlightened Mystic who also taught meditation & yoga to Queen…", Medium, अन्तिम पहुँच २०२३-०६-०४ 
  7. Karki, Laxmi (२००६), Socio-economic Impact of Shivapuri National Park on Local Community: A Case Study of Budhanilkantha Area