श्री दरबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री दरबार
नक्सा
सामान्य विवरण
वास्तुकलाको ढाँचानवशास्त्रीय वास्तुकला, यूरोपेली एवम् मुगल वास्तुकला
सहरपाटन
राष्ट्रनेपाल
निर्माणकार्यको थालनी१९८४
लागतअज्ञात
ग्राहकचन्द्र शमशेर
प्राविधिक विवरण
बनावटइँटा र ढुंगा
आकार१४० रोपनी
योजना तथा निर्माण
वास्तुकारकुमार नरसिंह राणा, किशोर नरसिंह राणा

"श्री दरबार" नेपाल राजधानी काठमाडौँ पाटनमा अवस्थित एक राणाकालीन दरबार हो ।[१] यो दरबार लाजिम्पाट दरबारको पुर्व पट्टि पाटनढोकामा रहेको छ र व्यवस्थित आँगन, बगैचा र भवनको व्युहले सुसच्छीत छ । श्री दरबारको निर्माण प्रधानमन्त्री चन्द्र शमशेरले वि.सं १९८४ मा गरेका थिए ।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

श्री दरबारको दृश्य

श्री दरबारको निर्माण चन्द्र शमशेर ज ब राले आफ्नी कान्छी रानी बाल कुमारी देवी र उनका छोरा जनरल मदन शमशेर र विष्णु शमशेरको लागि गरेका थिए । वि.स १९८६ मा चन्द्र शमशेरको निधन भएपछी , उनकी पत्नी बालकुमारी देवीले नेपाल छाडेर बरनासीमा बस्न थालिन र आफ्ना सबै श्री सम्पति छोराहरु मदन शमशेर र विष्णु शमाशेरको नाममा नामसारी गरिदिइन् । प्रधानमन्त्री भिम शमशेरको कार्यकालमा विष्णु शमशेर , सरकारको बिना अनुमति नेपाल छाडेर संयुक्त अधिराज्य बेलायत र पछि संयुक्त राज्य अमेरिका बस्न थाले । विष्णु शमशेरलाई अंग्रेजी इसाई महिला बिबाह गरेको तथा गाईको मासु खाएको आरोप समेत लागेको थियो । त्यसपछि श्री दरबारको भवन र जमिन मदन शमशेर र उनकी रानी जगदम्बा कुमारी देवीको नाममा आयो ।  मदन शमशेरको निधन पछि , उनका पुत्रहरू गोपाल शमशेर र उनका भाइहरूको नाममा आयो ।

हालको अवस्था[सम्पादन गर्नुहोस्]

सिंह दरबारको निर्माण पछि बाकी रहेको " श्री ३ चन्द्र १९०९" इँटा

श्री दरबारको ठुलो हिस्सा मदन शम्शेरकी पत्नी जगदम्बा कुमारी देवीले केहि बेचिन् र केहि दानमा दिईन् । अहिले श्री दरबारको मुख्य भवनमा मदन शमशेरका सन्ततिहरु बसेका छन् तर धेरै जसो जग्गाहरु बेचिइसकेको छ र त्यो आसपासको टोललाइ श्री दरबार टोल भनिन्छ । मदन पुरस्कार पुस्तकालयसाझा यातायातको कार्यालय पनि यहि टोलमा रहेको छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. दीक्षित, कमल (फाल्गुण १६, २०७१), "मजलिसको आँखा–९ (श्रीदरबार)", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९ 
  2. JBR, PurushottamShamsher (२००७), Ranakalin Pramukh Atihasik Darbarharu [Chief Historical Palaces of the Rana Era] (Nepaliमा), Vidarthi Pustak Bhandar, आइएसबिएन 978-9994611027