सन् २०१२ को महाप्रलय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
an inscription in Mayan characters
A date inscription in the Mayan Long Count on the east side of Stela C from Quirigua showing the date for the last Creation. It is read as १३.०.०.०.० ४ AjawCumkuand is usually correlated as August ११ or १३, ३११४ BCE on the Gregorian calendar. The date of १३.०.०.०.० ४AjawK'ank'in is usually correlated as December २१ or २३, २०१२.

सन् २०१२को महाप्रलय पृथ्वीमा विध्वंसात्मक तथा रूपान्तरण गर्ने खालका घटनाहरू देखापर्नेछन भन्ने महाविनाश सम्बन्धि तर्कहरूको संयोजन हो ।[१][२][३] उक्त दिनलाई ५१२५ वर्ष लामो चक्रहुने प्राचिन अमेरिकी पात्रोको अन्त्यहुने दिनको रूपमा लिइएको छ । त्यस दिनमा पृथ्वीमा महाप्रलय आउने सम्भावना रहेको तथ्यलाई प्रमाणित गर्न विभिन्न खालका गणितीय सुत्र तथा ज्योतिषशास्त्रीय तर्क प्रस्तुत गरिएको भएपनि मुलधारका वैज्ञानिकहरू यसमा सहमत छैनन ।

सन् २०१२ डिसेम्बर २१मा प्रलय आएर पृथ्वी र पृथ्वीमा रहेका सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरूमा आध्यात्मिक तथा भौतिक रूपान्तरण हुने र महाविनाश पछि नयाँ युगको सुरुवात हुने भविश्यवाणी गरिएको छ ।[४] केहीले उक्त दिनलाई विश्वको अन्त्यको दिन वा विध्वंशको दिन पनि भनेका छन् । यस्तो भविश्यवाणी गर्नेहरूले सन् २०१२ डिसेम्बर २१मा आकाशगंगा तारापुञ्जको मध्य भागमा रहेको ब्ल्याक होल, सूर्यपृथ्वी एउटै समानान्तर रेखामा पर्ने[५], सौर्य आँधीले प्रलय ल्याउने, पृथ्वीको ध्रुवहरू हेरफेर हुने, निबिरु नामक ग्रह आएर पृथ्वीमा ठोक्कीने जस्ता अनेकौँ भविश्यवाणी गरेका छन् ।

विश्वभर विभिन्न क्षेत्रमा कार्यरत वैज्ञानिकहरू सन् २०१२ डिसेम्बर २१मा पृथ्वीमा प्रलय आउने तर्कसँग सहमत छैनन् । लामो समयदेखि माया सभ्यताको अध्ययन गरिरहेका विद्वानहरू प्राचिन माया सभ्यताको हालसम्म प्राप्त कुनै पनि अवशेषहरूमा महाप्रलयको बारेमा वर्णन नगरिएको तथ्य अघि सार्छन । हाल प्रयोगमा रहेका पात्रोहरूको चक्र ३६५ दिनमा सकिए जस्तै माया सभ्यताको पात्रो ५१२५ वर्ष लामो चक्र पूरा भएको हुनाले यसले कुनै विध्वंशको सङ्केत नगर्ने तर्क उनीहरूको छ ।[६][७] अन्तरीक्ष वैज्ञानिकहरू र अन्य वैज्ञानिकहरूले सन् २०१२ डिसेम्बर २१लाई विध्वंशको दिन मान्न अस्विकार गरेकाछन । उनीहरूले यस्तो अफवाहलाई सामान्य अनुसन्धानबाट नै गलत साबित गर्न सकिने हुनाले यसलाई छद्मविज्ञानको संज्ञा दिएकाछन । यस्तो अफवाहले जैविक विविधतामा आएको ह्रास र तापक्रम वृद्धि जस्ता महत्त्वपूर्ण बिषयबाट विश्वको ध्यान भंग गरेको आरोप वैज्ञानिकहरूले लगाएका छन ।

माया क्यालेन्डर[सम्पादन गर्नुहोस्]

अमेरिकामा युरोपेली मानिस पुग्नुभन्दा पहिला एउटा प्राचिन पात्रो प्रयोग गरिन्थ्यो । मेक्सिकोका प्राचिन ओल्मेक सभ्यताका मानिसले आविस्कार गरेको भए पनि[८] पछिल्लो समयमा माया सभ्यताका मानिसहरूले प्रयोग गरेका हुनाले यसलाई माया क्यालेन्डर भनेर चिनियो ।[९] उक्त पात्रो वर्षै पिच्छे दोहोरिने नभएर ५,१२५ वर्ष लामो चक्र भएको पात्रो थियो । त्यसैले यसलाई प्राचिन अमेरिकाको लामो गणनावाला पात्रो (मेसोअमेरिकन लङ काउण्ट क्यालेन्डर) पनि भनिन्छ । अनुसन्धानबाट प्राप्त तथ्यहरूका अनुसार सन् २०१२ डिसेम्बर २१ उक्त पात्रोको एक चक्र (१३ बक्तुन) पूरा हुने दिन हो । मध्य अमेरिकामा युरोपेलीहरूको साम्राज्य विस्तारहुनु भन्दा पहिलादेखि विभिन्न स्थानमा कुँदिएका तथा लेखिएका माया सभ्यताका धेरै सामग्रीहरू हालसम्म विद्यमान छन । माया सभ्यताका मानिसहरूले प्रयोग गरेका प्राचिन लिपीको अत्याधिक मात्रामा अध्ययन भइसकेको छ । [१०] हाल माया सभ्यताका मानिसमा प्रचलनमा रहेको पात्रो २६० दिनको भए पनि, प्राचिन पात्रो चक्रीय (एक वर्ष पछि दोहोरिने) नभएर निरन्तर अघि बढ्ने खालको थियो । उक्त पात्रोमा २०:२० दिनको एक ‘उइनल’, १८ उइनल (३६० दिन)को एक ‘तुन’, २० तुनको एक ‘कतुन’, २० कतुन (१४४,००० दिन वा लगभग ३९४ वर्ष)को एक बक्तुन हुन्छ । यसरी माया पात्रो अनुसार ८.३.२.१०.१५ भन्नाले ८ बक्तुन, ३ कतुन, २ तुन, १०उइनल र १५ दिन हुन्छ ।[११]

महाविनाश[सम्पादन गर्नुहोस्]

माया ग्रन्थहरूमा विश्वको आयुको बारेमा अत्याधिक मात्रामा वर्णन गरिएको पाइन्छ, तर यिनीहरूमा तथ्यहरूलाई विभिन्न तरिकाबाट विश्लेषण गर्न सकिने गरी बङ्ग्याइएको छ । [१२] ग्वाटेमालामा प्रचलित विश्वको उत्पतिको बारेमा गरिएका वर्णनहरूको सङ्ग्रह गरिएको ग्रन्थ पोपोल वुजका अनुसार हामी चौथो विश्वमा रहेका छौं । [१३]उक्त ग्रन्थका अनुसार देवताहरूले पृथ्वीको सृजना गर्नुभन्दा पहिला तीनवटा असफल विश्वको निर्माण गरेका थिए, उनीहरूको चौथो निर्माण सफल भएपछि यसमा मानव समुदाय राखिएको थियो । माया पात्रोका अनुसार १३ बक्तुन (लगभग ५,१२५ वर्ष) पूरा भएपछि पृथ्वीभन्दा अघिल्लो विश्व ध्वस्त भएको थियो । [१४][Note a] हालको माया पात्रो तेस्रो विश्व ध्वस्त भएर चौथो विश्व सुरुहुँदाबाट गणना भएको हो[Note b][Note c], जुन समय ११ अगष्ट ३,११४ बिसीसँग समान हुन्छ । [१५][१६] यसको मतलब चौथो विश्व (पृथ्वी) पनि १३ बक्तुन अर्थात १३.०.०.०.०, २१ डिसेम्बर २०१२मा ध्वस्त हुनेछ । माया सभ्यताका विशेषज्ञ ‘मउद वर्सेष्टर मकेम्सन’ले १३ बक्तुन पूरा हुनु माया सभ्यताका लागि अत्यन्तै महत्त्वपूर्ण घटना हुने कुरा उल्लेख गरेका छन् । [१७] सन् १९६६मा ‘माइकल डी. कोए'ले आफ्नो पुस्तक ‘द माया’मा ‘‘ १३ बक्तुनको अन्तिम दिनमा अर्मागेडन(भयानक युद्ध)ले सम्पूर्ण रूपले कमजोर भएका मानव समुदाय र सम्पूर्ण सृष्टिलाई ध्वस्त पार्नेछ ...यसरी लामो गणना भएको माया पात्रोको महाचक्र पूरा हुने त्यस दिन (डिसेम्बर २१)मा वर्तमान ब्रम्हाण्ड ध्वस्त पारिनेछ ।[१८]

an ancient manuscript page
The oldest surviving manuscript of the Popol Vuh, dated to 1701

विरोध[सम्पादन गर्नुहोस्]

अमेरिकी पुरतत्वविद, मानवशास्त्री, अभिलेख शास्त्री तथा लेखक माइकल डी. कोएले गरेको व्याख्या सन् १९९० पश्चात अन्य लेखकहरूले समेत अनुशरण गरे । [१९] अर्को तर्फ अन्य अनुशन्धानकर्ताहरूले माया क्यालेन्डरको १३ बक्तुनको अन्त्य अन्य नयाँवर्ष जस्तै उत्सव मनाउने काराण हुने उल्लेख गरेका छन् ।[३] यसले पात्रोको अन्त्य भएको सङ्केत गर्दैन ।[२०] माया सभ्यताको गहिरो अध्ययन गरेका विद्वान ‘मार्क भान स्टोन’का अनुसार माया वा एज्टेक वा प्राचिन अमेरिकन कुनै पनि ग्रन्थहरूमा सन् २०१२मा आकस्मिक तथा ठूलो परिवर्तन हुने सम्भावनाका बारेमा चर्चा गरिएको छैन । यो महाचक्रको अन्त्यको कहानी पूर्ण रूपमा आधुनिक आविश्कार हो भन्ने उनको धारणा रहेको छ ।[२१] सन् १९९०मा माया सभ्यताविद लिण्डा स्चिल र डेभिड फ्रेइडेलले मायाका कुनै पनि ग्रन्थ तथा प्राचिन अवशेषहरूमा, धेरैले उल्लेख गरेअनुसारको सृष्टिको अन्त्यलाई स्वीकार नगरिएको धारणा प्रस्तुत गरे ।[२२] अमेरिकामा रहेको ल्याटिन अमेरिकी कला र पुरातत्व विज्ञान संग्राहलय ‘फ्लोरिडा म्युजियम अफ नेचुरल हिस्ट्री’की संरक्षक सुसान मिलब्राथका भन्छिन् ‘‘हामीसँग अहिलेसम्म माया समुदायका मानिसहरूले सन् २०१२मा विश्व ध्वस्त हुन्छ भनेर भविश्यवाणी गरेको कुनै तथ्य वा प्रमाण छैन ।’’[३] फाउण्डेसन फर द एड्भान्समेन्ट अफ मेसोअमेरिकन स्टडिजकी कार्यकारी निर्देशक सान्द्रा नोवेलका अनुसार ‘प्राचिन माया समुदायका लागि यो पूर्णचक्र पूरा हुनु ठूलो उत्सव हुने थियो ।’ उनी थप्छिन— ‘सन् २०१२को महाविनाश’ पूर्ण रूपमा मानिसलाई धोखा दिएर पैसा कमाउन रचिएको षड्यन्त्र हो ।[३] ‘त्यस पछि अर्को चक्र सुरु हुनेछ’–मध्य अमेरिकी अनुसन्धान संस्था ट्युलान विश्वविद्यालयका निर्देशक ई. विलिज एन्ड्रयुज भीले भनेका छन् । उनी थप्छन–‘हामीलाई थाहा छ माया समुदायका मानिसहरूले यसभन्दा अगाडि पनि अर्को चक्र रहेको विस्वास गर्दथे, त्यसैले यो पछि पनि अर्को चक्र सुरुहुन्छ भन्ने कुरालाई उनीहरूले नकार्दैनन् ।’ [२३] उत्तरी ग्वाटेमालाको जुल्तुन भन्ने स्थानमा फेलापरेको अर्को नयाँ पात्रोको अनुसन्धान पश्चात एक पुरातत्वविदले भनेका छन– ‘‘एक माया भविश्यवेत्ताले अब ७,००० वर्षसम्म विश्वको अस्तित्व रहने अनुमान गरेका थिए, सम्पुर्ण वस्तुहरू बिल्कुल यस्तै रहने छन । हामी अन्त्यको पर्खाइमा रहने छौं । माया समुदायका मानिसहरू विश्व परिवर्तन हुदैन भन्ने कुरामा आश्वस्त हुन चाहन्थे । यो पूर्ण रूपमा फरक मानसिकता भयो ।[२४] ग्वाटेमालामा रहेका माया सभ्यताका प्रतिनिधिहरूले १३ बक्तुनको समाप्ति नै पृथ्वीको अन्त्य हो भन्ने कुरालाई पूर्ण रूप अस्वीकार गरेकाछन । एक आदिवासी समुदाय सम्बन्धी काम गर्ने संस्थाका अध्यक्ष रिकार्डो क्याजसले पात्रोको समाप्तिले मानव समुदायको अन्त्य नभइ मानव विवेकमा परिवर्तनको प्रतिनिधित्व गर्ने बताएका छन् ।[२५]

अन्तरिक्षसम्बन्धी अमेरिकी संस्था नासाले यो वर्षको २१ डिसेम्बरमा संसार नष्ट हुने कुरालाई ठाडै 'बकवास' भनेको छ । नासाका अनुसार साढे ४ अर्ब वर्षअघिदेखि अस्तित्वमा रहेको यो पृथ्वी अझै अर्बौं वर्षसम्म यही अवस्थामा रहिरहन्छ । 'माया क्यालेन्डरमै विश्वास गर्ने हो भने पनि यो २१ डिसेम्बर २०१२मा सकिँदैन,' नासाका ग्रहसम्बन्धी वैज्ञानिक डा. डेभिड मोरिसन एक भिडियो सामग्रीमा भनेका छन्, 'यो क्यालेन्डरको एउटा चक्र सकिएर अर्को चक्र थालनी हुने मिति मात्र हो ।' उनको यो अभिव्यक्ति नासाको वेबसाइटमा हेर्न र सुन्न सकिन्छ ।[२६]

निबिरु ग्रह[सम्पादन गर्नुहोस्]

निबिरु ग्रह ठोक्किने सम्भाव्यतालाई पनि नासाले इन्कार गरेको छ । 'यदि निबिरु ग्रह छ र त्यो पृथ्वीतर्फ आइरहेको हो भने त्यसलाई हामीले धेरै पहिल्यै देखिसकेका हुने थियौं,' मोरिसनको भनाइ छ, 'यदि कुनै कारणले यो ग्रह अदृश्य छ भने हामी त्यसको प्रभाव कुनै न कुनै छिमेकीका ग्रहहरूमा देखिसक्ने थियौं । निबिरु, पृथ्वी जत्रै छ भन्छन यदि पृथ्वी जत्रो ग्रह हाम्रो सौर्य मण्डलमा प्रवेस गर्यो भने त्यसको गुरुत्वाकर्षणले सबै ग्रहको स्थान परिवर्तन गरिदिने थियो । तर अहिलेसम्म त्यस्तो कुनै परिवर्तन देखिएको छैन । खास गरी मङ्गल ग्रहमा रहेको अन्तरीक्ष यानसँग सम्पर्क गर्दा मंगलग्रह र पृथ्वीको दुरी हामी दिन दिनै नाप्ने गर्छौं ।[२६] 'सर्वसाधारणमा आतंक फैलिने आशंकामा नासाले सूचना लुकाइरहेको छ/छैन भन्ने प्रश्नमा नासाका अर्का वैज्ञानिक डा योम्यान्स डानले सटिक जवाफ दिएका छन्, 'हामीले लुकाएको भए पनि हरेक रात आकाश हेरिरहेका हजारौं खगोलविद्हरूले समेत लुकाए त?' [२७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Robert K. Sitler (February २००६), "The 2012 Phenomenon: New Age Appropriation of an Ancient Mayan Calendar", Novo Religio: the Journal of Alternative and Emergent Religions (Berkeley: University of California Press) 9 (3): 24–38, आइएसएसएन 1092-6690, ओसिएलसी 357082680, डिओआई:10.1525/nr.2006.9.3.024  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Sacha Defesche (२००७), "'The 2012 Phenomenon': A historical and typological approach to a modern apocalyptic mythology.", skepsis, अन्तिम पहुँच २९ अप्रिल २०११ 
  3. ३.० ३.१ ३.२ ३.३ G. Jeffrey MacDonald (२७ मार्च २००७), "Does Maya calendar predict 2012 apocalypse?", USA Today, अन्तिम पहुँच १४ अक्टोबर २००९ 
  4. Benjamin Anastas (१ जुलाई २००७), "The Final Days" (reproduced online, at KSU), The New York Times Magazine (New York: The New York Times Company): Section ६, p.४८, अन्तिम पहुँच १८ मे २००९ 
  5. "2012: Shadow of the Dark Rift", NASA, २०११, अन्तिम पहुँच २८ अक्टोबर २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. David Stuart, The Order of Days: The Maya World and the Truth about 2012, Harmony Books, 2011
  7. David Webster (२५ सेप्टेम्बर २००७), "The Uses and Abuses of the Ancient Maya" (PDF), The Emergence of the Modern World Conference, Otzenhausen, Germany: Penn State University, अन्तिम पहुँच १४ अक्टोबर २००९  वेब्याक मेसिन अभिलेखिकरण ४ जुलाई २०१२ मिति
  8. de Lara and Justeson 2006
  9. Andrew K. Scherer (२००७), "Population structure of the classic period Maya", American Journal of Physical Anthropology 132 (3): 367–380, डिओआई:10.1002/ajpa.20535, पिएमआइडी 17205548 
  10. Marcus, Joyce (१९७६), "The Origins of Mesoamerican Writing", Annual Review of Anthropology 5: 25–67, जेएसटिओआर 2949303 
  11. Vincent H. Malmström (१९ मार्च २००३), "The Astronomical Insignificance of Maya Date 13.0.0.0.0" (PDF), Dartmouth College, पृ: २, ११ जुन २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ११ जुन २००९ मिति
  12. Severin 1981, पृष्ठ 75.
  13. Schele & Freidel 1990, पृष्ठ. 429–430.
  14. Freidel, Schele & Parker 1993, पृष्ठ 63.
  15. Aveni 2009, पृष्ठ 46.
  16. 2012 Maya Calendar Mystery and Math, Surviving Yucatan
  17. Makemson 1957, p. 4
  18. Coe 1966, पृष्ठ 149.
  19. Carrasco 1990 p. 39; Gossen and Leventhal 1993 p. 191
  20. Milbrath 1999, p. 4
  21. Mark Van Stone, "2012 FAQ (Frequently Asked Questions)", FAMSI, १० फेब्रुअरी २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  22. Schele & Freidel 1990, पृष्ठ. 81–82, 430–431.
  23. Ryan Rivet (२५ जुन २००८), "The Sky Is Not Falling", Tulane University, अन्तिम पहुँच २६ फेब्रुअरी २०११  वेब्याक मेसिन अभिलेखिकरण १८ अप्रिल २०११ मिति
  24. Vance, Eric (१० मे २०१२), "Unprecedented Maya Mural Found, Contradicts 2012 "Doomsday" Myth", National Geographic, अन्तिम पहुँच ११ मे २०१२ 
  25. Àngels Maso (२०१०), "La controversia detrás de la profecía del 2012", Prensa Libre, अन्तिम पहुँच १ जनवरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण १० जनवरी २०१२ मिति
  26. २६.० २६.१ The Science of Doomsday 2012
  27. पृथ्वी ध्वस्त हुने हल्ला मात्र ! वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-१४ मिति