सर्वाधिक हेरिएका युट्युब भिडियोहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुइस फोन्सी (बायाँ) र ड्याडी याङ्की (दायाँ) द्वारा गाइएको "देस्पासितो" नामक गीतको श्रव्य दृश्यले अक्टोबर २०२० सम्म, ६.८ अर्ब भन्दा बढी अवलोकन प्राप्त गरेको छ।

युट्युब एक अमेरिकी श्रव्य दृश्य साझेदारी वेबसाइट हो जसको प्रधान कार्यालय सान ब्रुनो, क्यालिफोर्नियामा रहेको छ । यसलाई स्टिभ चेन , चाड हर्ली र जावेद करीमले संयुक्त रूपमा फेब्रुअरी २००५ मा स्थापना गरेका थिए भने यसमा सर्वप्रथम उर्ध्वभरण गरिएको श्रव्य दृश्य भनेको "मि एट द जु" (अनुवादित शीर्षक:चिडियाखानामा म) हो जुन करिमको खाताबाट अप्रिल २००५ मा गरिएको थियो।[१] यद्यपि सबैभन्दा धेरै हेरिएका श्रव्य दृश्यहरू सुरुमा छिटै सर्वव्यापी भएका श्रव्य दृश्यहरू हुन् जसमा "इभोलुसन अफ डान्स" र "चार्ली बिट माई फिङ्गर" आदी हुन्। सबैभन्दा धेरै हेरिएको श्रव्य दृश्यहरू साङ्गीतिक श्रव्य दृश्यहरूसँग सम्बन्धित छ। वास्तवमा अमेरिकी गायिका लेडी गागाको "ब्याड रोमान्स" देखि सबैभन्दा धेरै हेरिएको युट्युबका श्रव्य दृश्यहरू सूचीको शीर्षमा पुगेको प्रत्येक श्रव्य दृश्यहरूमा साङ्गीतिक कोशेलीहरू समावेश छन्। यद्यपि, हाल सूचीको शीर्ष स्थानमा नआएका श्रव्य दृश्यहरू, पहिले सर्वाधिक हेरिएको श्रव्य दृश्यहरू वेबसाइटमा सूचीबद्ध गरिएको छैन जहाँ पहिला यसलाई ठूलो उपलब्धि मानिन्थ्यो।

नोभेम्बर २००५ मा, ब्राजिलका फुटबल खेलाडी रोनाल्डिन्होले अभिनय गरेको नाइकीको विज्ञापनले १० लाख अवलोकन प्राप्त गरेको थियो जहाँ यो उपलब्धि हासिल गर्ने यो एक पहिलो श्रव्य दृश्य थियो।[२]

एक अर्ब भन्दा बढी हेराई[सम्पादन गर्नुहोस्]

यस वेबसाइटमा उर्ध्वभरण गरिएका श्रव्य दृश्यहरूले उनीहरूको प्रारम्भिक उर्ध्वभरण पश्चात् १ अर्ब अवलोकन पुग्न सफल भएको लाई एक अर्ब अवलोकनको समूहमा सूचीकृत गरिन्छ।[३]

डिसेम्बर २०१२ मा, " गङ्गनम स्टाइल " एक अरब दृश्यमा पुग्ने पहिलो श्रव्य दृश्य बन्न सफल भएको थियो।[४][५] जुन २०१५ सम्ममा, जस्टिन बिबरको "बेबी" ले पनि यो सीमा पार गर्न सफल भएको थियो[६][७], तर अक्टोबर २०१५ सम्ममा, कुल दश श्रव्य दृश्यहरूले यस सिमा पार गरेका थिए र यो सङ्ख्या फेब्रुअरी २०१८ मा १०० मा पुगेको थियो। [८]

  • गन्स एन रोजेसद्वारा सार्वजनिक गरिएको "नोभेम्बर रेन" नामक गीतले जुलाई २०१८ सम्ममा यस सिमा सम्म पुग्न सफल युट्युबको सृजना अघि तयार गरिएको पहिलो श्रव्य दृश्य बनेको थियो।[९]
  • युट्युबको सृजना अघि, लिङ्किन पार्कद्वारा सार्वजनिक गरिएको "नम्ब" नामक गीत सन् २००० दशकको पहिलो श्रव्य दृश्य हो जसले नोभेम्बर २०१८ मा १ अर्ब अवलोकन प्राप्त गरेको थियो। [१०]
  • क्वीनको "बोहेमियन रहापसोडी" नामक गीतले सन् १९७० को वा सन् १९९० को दशक अघिको पहिलो श्रव्य दृश्य हो जसले जुलाई २०१९ मा, एक अर्ब अवलोकन प्राप्त गरेको थियो।[११]
  • सन् १९८० मा, बनाइएको गन्स एन रोजेजको "स्वीट चाइल्ड ओ माइन" गीतले अक्टोबर २०१९ मा, एक अर्ब अवलोकन प्राप्त गरेको थियो।[१२]

सन् २०१८ सम्ममा धेरै श्रव्य दृश्यहरूले एक अर्ब अवलोकन प्राप्त गरेका थिए दुई-तीन अर्ब अवलोकनको साथ उच्च सिमाको साथ यसलाई बढी चासो दिन थालिएको थियो। मे २०१५ मा "गङ्नम स्टाइल"ले दुई अरब अवलोकन प्राप्त गर्ने पहिलो श्रव्य दृश्य बनेको थियो। [५]देस्पासितो अगस्ट २०१७ मा ३ अर्ब अवलोकन प्राप्त गर्ने पहिलो श्रव्य दृश्य बन्न सफल भएको थियो[१३][१४][१५] र त्यस पछि यसले अक्टोबर २०१७ मा, ४ अर्ब र अप्रिल २०१८ मा, ५ अर्ब र फेब्रुअरी २०१९ मा, ६ अर्ब अवलोकन प्राप्त गरेको थियो।[१६]

अगस्ट २०२० सम्म चौधवटा श्रव्य दृश्यहरूले तीन अर्ब अवलोकन पार गरेका थिए, जसमध्ये ५ वटा चारवटाले ३ अर्ब भन्दा बढी अवलोकन प्राप्त गरेका थिए भने दुईले क्रमश: चार र पाँच अर्ब अवलोकन प्राप्त गरेका थिए। "सि यु अगेन"ले अगस्ट २०१७ मा ३ अर्ब अवलोकन पार गर्ने दोस्रो श्रव्य दृश्य बनेको थियो र त्यसपछि नोभेम्बर २०१७ मा "गङ्नम स्टाइल"ले यो सिमा पार गरेको थियो। "सेप अफ यु"ले जनवरी २०१९ मा, चार अर्ब अवलोकन पार गर्ने दोस्रो श्रव्य दृश्य बनेको थियो र फेब्रुअरी २०१९ मा, सि यु अगेनले यो सिमा पार गरेको थियो।[१७] "बेबी सार्क डान्स" अप्रिल २०२० मा ५ अर्ब अवलोकन पार गर्ने दोस्रो श्रव्य दृश्य बनेको थियो र यो जुलाई २०२० सम्म, मा ६ अरब अवलोकन प्राप्त गर्ने दोस्रो श्रव्य दृश्य हो।

अगस्ट २०२० सम्म, सबैभन्दा छोटो समयमा एक अर्ब अवलोकन प्राप्त गर्ने श्रव्य दृश्यहरूमा "हेलो" (८७ दिन)[१८], "देस्पासितो" (९७ दिन) र "सेप अफ यु" (९७ दिन) हुन्।[१९] सबैभन्दा छोटो समयमा दुई अर्ब अवलोकन प्राप्त गर्ने श्रव्य दृश्यहरूमा "देस्पासितो" (१५४ दिन), "सेप अफ यु" (१७७ दिन) र "गर्ल्स लाइक यु"[२०] (२९३ दिन) हुन् भने सबैभन्दा छोटो समया तीन अर्ब अवलोकन प्राप्त गर्ने श्रव्य दृश्यहरूमा देस्पासितो (२०३ दिन) र "सेप अफ यु" (३४२ दिन) हुन्। [२१]सबैभन्दा छोटो समयमा चार अर्ब अवलोकन प्राप्त गर्ने श्रव्य दृश्यहरूमा "देस्पासितो" (२११ दिन) र "सेप अफ यु" (७०८ दिन) समावेश छन्।[२२]

एक अर्ब भन्दा धेरै पटक हेरिएका श्रव्य दृश्यहरू मध्ये धेरै जसो लोकप्रिय कलाकारहरूले व्यावसायिक साङ्गीतिक श्रव्य दृश्य पर्दछन्। बालबालिकाहरूका लागि लक्षित सामग्रीहरूमा रूसी एनिमेटेड कार्टुन "मासा एन्ड द बेअर"का दुई शृङ्खलाहरू[२३], बेलायती एनिमेसन स्टुडियो" लिटिल बेबी बमद्वारा "द ह्विल अन द बस"को संस्करण र लुलु बेबी र चुचु टिभीको "जोनी जोनी एस पापा" समावेश छ।[२४] गीत "बेबी सार्क"का विभिन्न संस्करणमा गरी जनवरी २०१९ सम्ममा, ५ अर्ब भन्दा बढी अवलोकनहरू सङ्कलन गरिएको छ जबकि पिन्कफोङ्गले सार्वजनिक गरेको मूल संस्करणले पहिले नै दुई अर्ब अवलोकन पार गरेको थियो।[२५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "तपाई युट्युब हेर्नु हुन्छ? पढ्नुहोस् नजानी नहुने १५ तथ्य"नेपाल बोट। सङ्ग्रह मिति ३ अगस्ट २०२० 
  2. "2005: Nike video featuring Ronaldinho becomes first YouTube film to reach one million views"। द ड्रम। 
  3. स्पानोस, ब्रिट्नी (अक्टोबर १३, २०१५)। "The Billion View Club: YouTube's Most Watched Music Videos"रोलिङ स्टोन। सङ्ग्रह मिति अक्टोबर १५, २०१९ 
  4. "गङ्नम स्टाइलको युट्युब रेकर्ड तोड्यो 'किल दिस लभ'ले ..."गन्थन। सङ्ग्रह मिति ३ अगस्ट २०२० 
  5. ५.० ५.१ "युट्युबमा तोडियो गंगनम स्टाइलको रेकर्ड - अनलाइन खबर"अनलाइन खबर। सङ्ग्रह मिति ३ अगस्ट २०२० 
  6. "युट्युबका १० तथ्य, जुन तपाईँलाई थाहा नहुन पनि सक्छ"पहिलो पोस्ट 
  7. "जस्टिन बिबरको भिडियोले रेकर्ड राख्यो (भिडियोसहित)"नेपाली जापान। सङ्ग्रह मिति ३ अगस्ट २०२० 
  8. "There Are Now Over 100 YouTube Videos With At Least A Billion Views"। फोर्ब्स। 
  9. क्रिस्टोफर, माइकल (जुलाई १६, २०१८), "Guns N' Roses' 'November Rain' Is First '90s Video to Top 1 Billion YouTube Views", लाउडवायर, अन्तिम पहुँच अक्टोबर १५, २०१९ 
  10. "Linkin Park's 'Numb' video has reached 1 billion views on YouTube"  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-२७ मिति
  11. कार्पानी, जेसिका (जुलाई २२, २०१९), "Bohemian Rhapsody becomes first pre-1990s song to rack up billion hits on YouTube, site announces", द डेली टेलिग्राफ, अन्तिम पहुँच अक्टोबर १५, २०१९ 
  12. बेल, ब्रिएना (अक्टोबर १५, २०१९), "Guns N' Roses' 'Sweet Child O' Mine' Becomes First '80s Music Video's to Hit 1 Billion YouTube Views", भेराइटी, अन्तिम पहुँच अक्टोबर १५, २०१९ 
  13. "'सी यु अगेन'लाई उछिन्दै गीत 'देस्पासितो'ले कटायो ३ अर्ब भ्यू(भिडियो)"सेतोपाटी। सङ्ग्रह मिति ३ अगस्ट २०२० 
  14. "छोटो समयमै तोडियो युट्युबमा सबैभन्दा बढी हेरिएको 'सि यु अगेन'को रेकर्ड"पहिलो पोस्ट। सङ्ग्रह मिति ३ अगस्ट २०२० 
  15. "युट्युबमा सबैभन्दा धेरै हेरिएका ३ गीत, ५ वर्ष राज गरेको 'गङनम स्टाइल' कहाँ पुग्यो?"सेतोपाटी। सङ्ग्रह मिति ३ अगस्ट २०२० 
  16. "Top 20 Most Viewed YouTube Music Videos", अप्रिल ९, २०२०, अन्तिम पहुँच अप्रिल १२, २०२० 
  17. "युट्युबमा सबैभन्दा बढी हेरिएको भिडियोको रेकर्ड गंगनम स्टाइलबाट खोसियो"पहिलो पोस्ट। सङ्ग्रह मिति ३ अगस्ट २०२० 
  18. "अरू बोन्ड थिम गीत गाउँदिन: एडेल - आमसञ्चार"आमसञ्चार। सङ्ग्रह मिति ३ अगस्ट २०२० 
  19. "६ महिनामा नै 'देस्पासितो' ले बनायो किर्तिमान"रातोपाटी। सङ्ग्रह मिति ३ अगस्ट २०२० 
  20. "Fastest to 3 billion", Kworb, अन्तिम पहुँच अप्रिल १२, २०२० 
  21. "Fastest to 4 billion", क्वोर्ब, अन्तिम पहुँच अप्रिल १२, २०२० 
  22. "Fastest to 1 billion"क्वोर्ब। सङ्ग्रह मिति अप्रिल १२, २०२० 
  23. "यी हुन् युट्युब इतिहासमै धेरै पटक हेरिएका ५ भिडियो (भिडियो सहित)"टेकपाना। सङ्ग्रह मिति ३ अगस्ट २०२० 
  24. "The rise and rise of the Billion Club: the list of YouTube videos with over one billion views", न्यु स्टेटमेन, अक्टोबर ११, २०१७, अन्तिम पहुँच मार्च १२, २०२० 
  25. रूदुलोभिच, पेत्राना (जनवरी ३०, २०१९), "Baby Shark videos have amassed a record-breaking 5 billion views", पोलिगन, अन्तिम पहुँच अक्टोबर १५, २०१९