सिरियाटेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिरियाटेल
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनSY0031100322 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसञ्चार
स्थापितसन् २०००
केन्द्रीय कार्यालयदमास्कस, सिरिया
उत्पादनहरूविश्वव्यापी मोबाइल सञ्चार प्रणाली / तेस्रो पुस्ता / चौथो पुस्ता
राजश्व646,468,156,345[१] (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
परिचालन आय
157,085,125,181[१] (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
128,783,097,159[२] (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटsyriatel.sy Edit this on Wikidata

सिरियाटेल (अरबी: سيريتل‎‎) सन् २००० मा स्थापना भएको सिरियाको अग्रणी दूरसञ्चार प्रदायक कम्पनी हो। यो कम्पनी र एमटिएन सिरिया, सिरियाको दूरसञ्चार क्षेत्रमा कार्य सञ्चालन गर्ने दुईवटा मात्र कम्पनीहरू हुन् साथसाथै एकअर्काका प्रतिस्पर्धी पनि। यसले १५० मेगाबाइट प्रति सेकेण्ड गति भएको चौँथो पुस्ता सञ्जाल अन्तर्गतको ब्राण्ड नाम सुपर सर्फ जस्तो तिव्र गतिको इण्टरनेट सेवाको पनि प्रस्ताव गर्दछ।[३] कम्पनीको प्रधान कार्यालय राजधानी दमास्कसमा रहेको छ।

कम्पनीको बारेमा[सम्पादन गर्नुहोस्]

सन् २००० मा स्थापना भए लगत्तै यो सिरियाको अग्रणी दूरसञ्चार प्रदायक कम्पनी बनेको थियो । यसले आवश्यक पूर्वाधार निर्माण गरी उत्कृष्ट दूरसञ्चार सेवा प्रदान गरेबापत यो सिरियाको लोकप्रिय मोबाइल सञ्जाल सञ्चालक बनेको हो। सिरियाटेलले हाल विश्वव्यापी मोबाइल सञ्चार प्रणाली ९०० / १८००, तेस्रो पुस्ता सेवा अन्तर्गत २१०० र चौँथो पुस्ता अन्तर्गतको १८०० दूरसञ्चार सञ्जालहरू सञ्चालन गर्दछ। [४]

कम्पनीको आकार[सम्पादन गर्नुहोस्]

सिरियाटेलको देशव्यापी रूपमा २६ व्यापारीक केन्द्रहरू रहेका छन् भने ४ वटा दूरसञ्चार केन्द्रहरू दमास्कस, एलेप्पो, लाताकिया र टार्टस रहेका छन्। टार्टसमा रहेको सेवा केन्द्रले दैनिक रूपमा बीस हजार भन्दा बढी ग्राहकहरूलाई उनीहरूको जिज्ञासा मेटाउने काम गर्दछ। घरेलु हिसाबले सिरियाटेल तिव्र वृद्धि भइरहेको दूरसञ्चार सञ्चालक कम्पनी हो जसमा यसका २,३२७ भन्दा बढी अत्यधिक कुशल कर्मचारीहरूले ७० लाख ५० हजार भन्दा बढी ग्राहकहरूलाई उत्तम सेवा प्रदान गरिरहेका छन्। सिरियाटेलसँग ३,८७६ वटा दोस्रो पुस्ता रेडियो ष्टेसनहरू रहेका छन् भने २,७६१ वटा तेस्रो पुस्ता सेवा केन्द्रहरू रहेका छन्। यो सञ्जाल देशव्यापी रूपमा छरिएर रहेको छ। यसले अन्य २३४ वटा दूरसञ्चार कम्पनीहरूसँग सहकार्य गरी विश्वका १२२ वटा देशहरूमा रोमिङ सेवा पनि सञ्चालन गर्दै आइरहेको छ।

उत्पादन[सम्पादन गर्नुहोस्]

१) पोष्टपेड सिम कार्ड

२) प्रिपेड सिम कार्ड

३) पोष्टपेड इण्टरनेट सेवा शृङ्खला

४) तेस्रो पुस्तामा आधारित डाटा स्थानान्तरण सेवा, सर्फ

५) चौँथो पुस्तामा आधारित डाटा स्थानान्तरण सेवा, सुपर सर्फ

सिरियाटेलको गुणस्तर[सम्पादन गर्नुहोस्]

कम्पनीले अप्रिल २००६ मा, आइएसओ ९००१:२००० गुणस्तर प्रमाणपत्र प्राप्त गरेको थियो। अप्रिल २००९ मा, सिरियाटेलल आइएसओ ९००१:२००८ को लागि आवश्यकता पर्ने नवीकरण समीक्षाको प्रमाणपत्र सफलतापूर्वक पार गरेको थियो। कम्पनीले पछि सम्पूर्ण आवश्यकता प्राप्त गरे पश्चात् यसलाई आइएसओ ९००१:२००८ गुणस्तर प्रमाणपत्र प्रदान गरिएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-२७ मिति