सुइरोठुँडे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुइरोठुँडे
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
A. melanogaster
वैज्ञानिक नाम
Anhinga melanogaster
(Pennant, 1769)[२][३]
Distribution map
पर्याय

Plotus melanogaster

सुइरोठुँडे (वैज्ञानिक नाम- Anhinga melanogaster, तराईमा बोलिने- पनवा ) नेपाल लगायत दक्षिण तथा दक्षिणपूर्वी एसियाका भुभाग पाइने एक प्रकारको चराको प्रजाति हो। यसको लामो र पातलो घाँटी तथा सिधा र तिखो ठुँडो हुन्छ। यसले पनि जलेवाले जस्तै पानिमा डुबेर माछाको शिकार गर्छ।

विबरण[सम्पादन गर्नुहोस्]

वयस्क सुइरोठुँडेको शरिरको रङ्ग कालो र पँखेटामा चाँदी वा सेतो रङ्गको छिर्का भएको हुन्छ। शरीरको तलको भाग कालो खैरो मिसिएको हुन्छ। यसको आँखाको नानी सेतो र पँहेलो घेरा भएको हुन्छ। यसको घाँटी कालो खैरो मिसिएको, लामो र पातलो। यसको ठुँडो फिक्का खैरो तथा तल्लो भाग पँहेलो भएको, सिधा र तिखो हुन्छ। सुइरोठुँडेको तौल १.१६ देखी १.५ किलोग्राम (४०.९ - ५२.९ औँस) सम्म हुन्छ। यसको ठुँडोको लम्बाई ७४ देखी ९० मिलिमिटर (२.९–३.५ इन्च), पँखेटाको लम्बाई ३३१ देखी ३५७ मिलिमिटर (१३.०–१४.१ इन्च), शरीरको बिचको लम्बाई ४२ देखी ४७ मिलिमिटर (१.७–१.९ इन्च) तथा पुच्छरको लम्बाई २०२ देखी २४० मिलिमिटर (८.०–९.४ इन्च) हुन्छ।[४]

वितरण तथा वाससथान[सम्पादन गर्नुहोस्]

सुइरोठुँडे दक्षिण तथा दक्षिणपूर्वी एसियाका भुभागमा पाइने गर्छ। यो चरा सिमसार क्षेत्र तथा ताल तलैयाको वरीपरी वसोबास गर्ने गर्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Anhinga melanogaster", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. Mayr, E; G.W.Cottrell, सम्पादकहरू (१९७९), Check-list of birds of the world. Volume 1 (2nd संस्करण), Cambridge, Massachusetts: Museum of Comparative Zoology, पृ: 180–181। 
  3. Pennant, T (१७९०), Indian Zoology (2nd संस्करण), London: Henry Hughs, पृ: ५३। 
  4. Ali, Salim; Ripley, S.D. (१९७८), Handbook of the birds of India and Pakistan. Volume 1 (2nd संस्करण), Oxford University Press, पृ: 43–46।