स्पेसएक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
SpaceX KSC LC-39A hangar (23791728242).jpg
SpaceX KSC LC-39A hangar (23791728242)
स्पेसएक्स
उद्योगAerospace
स्थापितमे ६, २००२; २१ वर्ष पहिले (२००२-०५-06)[१]
स्थापनाकर्ताएलन मस्क
केन्द्रीय कार्यालय
क्यालिफोर्निया, अमेरिका
३३°५५′१५″N ११८°१९′४०″W / ३३.९२०७°N ११८.३२७८°W / 33.9207; -118.3278निर्देशाङ्कहरू: ३३°५५′१५″N ११८°१९′४०″W / ३३.९२०७°N ११८.३२७८°W / 33.9207; -118.3278
मुख्य व्यक्ति
उत्पादनहरू
सेवाहरूOrbital rocket launch
मालिकएलन मस्क ट्रष्ट
(54% equity; ७८% माताधिकार)
कर्मचारी सङ्ख्या
८,००० (मे २०२०)
वेबसाइटwww.spacex.com

स्पेसएक्स (अङ्ग्रेजी: SpaceX) एक निजी अमेरिकी अन्तरिक्ष विमान, रकेट उत्पादक तथा अन्तरिक्ष बाहन कम्पनी हो जसको मुख्यालय क्यालिफोर्नियामा रहेको छ। यसको स्थापना उद्यमी एलन मस्कद्वारा सन् २००२ मा अन्तरिक्ष परिवहन लागत कम गर्ने र मङ्गल ग्रहको उपनिवेशणको उद्देश्यले भएको थियो।[२][३][४] स्पेस एक्स ले कयौं गाडीहरू, स्टारलिङ्क उपग्रह मण्डल, ड्रागन कार्गो स्पेस क्राफ्टको विकास गरेको छ र इन्टरनेसनल स्पेस स्टेसनमा मानिसलाई पुर्‍याएको छ।

सन् २००८ मा स्पेस एक्सले पहिलो प्राइभेट अन्तरिक्षयान "फाल्कन १" को प्रक्षेपण गरेको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

Musk, dressed in a suit, holds a metal model of the Starship
२०१९ मा उत्तर अमेरिकी एरोस्पेस रक्षा समुदाय (नोराड) र एयरफोर्स स्पेस कमाण्डलाई स्पेसएक्स स्टारसिपको क्षमताको बयान गर्दै मस्क

२००१ मा, एलन मस्क गैरनाफामुलक संस्था मार्स सोसाइटी (अनुवाद: मङ्गल ग्रह समाज)मा संलग्न भएका थिए। उनी मङ्गल ग्रहमा बिरुवाको हुर्काउनको लागि च्याम्बर बनाउने योजनाबाट प्रभावित भए र त्यो परियोजनामा आफैले पैसा दिने कुरामा छलफल गरे।[५] २००१ अक्टोबरमा, मस्क पुरानो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र, जसबाट हरितगृह पेलोड अन्तरिक्षमा पठाउन सकिन्थ्यो, खरिद गर्नको लागि मस्को भ्रमण गरे। उनले एन.पी.ओ लाभोच्किन र कोस्मोत्रास कम्पनीसंग छलफल गरे; यद्यपि उनीहरूले मस्कलाई सिकारुको रुपमा हेरे र एक जना रुसी प्रमुख डिजाइनरसंग त मस्कको विवाद नै भयो। उनको समुह खाली हात अमेरिका फर्कियो। २००२ फेब्रुअरीमा, त्यो समूह तीन अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको लागि रसिया गयो। उनीहरूले कोस्मोत्रास संग अर्को बैठक गरे। कोस्मोत्रासले एक रकेट ८ मिलियन डलर प्रस्ताव गर्यो, जुन मस्कले अस्वीकार गरे। त्यसको साटो मस्कले एउटा कम्पनी सुरु गर्ने निर्णय गरे जुनले किफायती रकेट बनाउन सक्थ्यो। [६] आफ्नो प्रारम्भिक सम्पत्तिको १०० मिलियन डलरबाट,[७] मस्कले स्पेस एक्सप्लोरेसन टेक्नोलोजीज कोर्प., (स्पेसएक्सको नामले कारोबार हुने, कम्पनी २००२ मे मा स्थापना गरे।[८] २०२१ अनुसार, उनी कम्पनीको सिइओ र मुख्य इन्जिनियर (Chief Engineer) पनि छन्।[९]

तीन असफल प्रक्षेपणपछि, २००८ मा चौथो प्रयासमा स्पेसएक्स फाल्कन १ लन्च गर्न सफल भयो। पृथ्वीको भूकेन्द्रीय कक्षमा पुग्ने यो पहिलो निजी तरल-इन्धन रकेट थियो।[१०] त्यो वर्षको अन्त्यमा, स्पेसएक्सले फाल्कन ९ र ड्कोरयागन स्पेसक्राफ्ट लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा व्यवसायिक आपूर्ति सेवा कार्यक्रम (अङ्ग्रेजी: Commercial Resupply Services program) को १.६ बिलियन डलरको ठेक्का प्राप्त गर्यो । यसले २०११ मा अवकास पाउने स्पेस सटलको स्थान लियो।[११] २०१२ मा, ड्रयागन गाडीले बेर्थ प्राप्त गर्यो, जुन निजी कम्पनीको लागि पहिलो घटना थियो।[१२] पुनर्प्रायोज्य रकेटको लक्ष्यमा काम गर्दैगर्दा, २०१५ मा, स्पेसएक्सले फाल्कन ९ को पहिलो चरणलाई सफलतापूर्वक अवतरण गरायो।[१३] अवतरण अटोनोमस स्पेसपोर्ट ड्रोनसिप, एक समुद्र आधारित रिकभरी प्लेटफर्ममा भएको थियो।[१४] २०१८ मा, स्पेसएक्सले फाल्कन हेबी प्रक्षेपण गर्यो। यसमा तेस्ला रोडस्टार डमी पेलोडको रुपमा राखिएको थियो।[१५][१६] २०१७ मा, स्पेसएक्सले अर्को पिढीको गाडी तथा स्पेसक्राफ्ट सिस्टम, बिग फाल्कन रकेट लन्च गर्ने कुरा सार्वजनिक गर्योI बिग फाल्कन रकेटलाइ पछी स्टारसिप नामाकरण गरियो, र यसले स्पेसएक्सको सबै प्रक्षेपणलाई धान्न सक्छ।[१७] २०१८ मा, स्पेसएक्सले २०२३ लुनार सर्कमनेभिगेसन मिसन, एक निजी उडान डियरमुन प्रोजेक्ट को घोषणा गर्यो ।[१८] २०२० मा, स्पेसएक्सले पहिलो मानवसहितको उडान डेमो-२ प्रक्षेपण गर्यो, र स्पेसएक्स मानवलाई कक्षमा लैजान्र र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलो निजी कम्पनी बन्यो।[१९]

२०१५ मा स्पेसएक्सले स्याटेलाइट इन्टरनेट एक्सेस (अनुवाद:उपग्रह इन्टरनेट पहुँच) प्रदान गर्न पृथ्वीको तल्लो कक्ष उपग्रहको स्टारलिङ्क कन्स्टिलेसनको विकास प्रारम्भ गर्यो ।[२०] यसको पहिलो दुई प्रोटोटाइप स्याटेलाइट २०१८ फेब्रुअरीमा प्रक्षेपण गरियोI २०१९ मे मा परिक्षण स्याटेलाइटको दोस्रो खेप र कन्सटिलेसनको पहिलो ठूलो परिचालन भयो, त्यसमा पहिलो ६० स्याटेलाइट प्रक्षेपित गरिएका थिएI [२१] दशक लामो यस परियोजनाको डिजाइन, निर्माणम तथा कन्सटिलेसन परिचालनको कुल लागत स्पेसएक्सले कटिब १० अर्ब डलर अनुमान गरेको छI [२२][note १]

करार[सम्पादन गर्नुहोस्]

नासा[सम्पादन गर्नुहोस्]

कट्स[सम्पादन गर्नुहोस्]

व्यवसायिक कार्गो[सम्पादन गर्नुहोस्]

व्यवसायिक क्रु[सम्पादन गर्नुहोस्]

राष्ट्रिय सुरक्षा[सम्पादन गर्नुहोस्]

अन्तरिक्ष पर्यटन[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "California Business Search (C2414622 - Space Exploration Technologies Corp)", California Secretary of State, अन्तिम पहुँच मे ५, २०१८  वेब्याक मेसिन अभिलेखिकरण मार्च १२, २०१७ मिति
  2. Kenneth Chang (सेप्टेम्बर २७, २०१६), "Elon Musk's Plan: Get Humans to Mars, and Beyond", New York Times, अन्तिम पहुँच सेप्टेम्बर २७, २०१६ 
  3. "Making Life Multi-planetary", RELAYTO/ (अङ्ग्रेजीमा), २०१८, अन्तिम पहुँच अप्रिल ४, २०१८ 
  4. Shontell, Alyson, "Elon Musk Decided To Put Life On Mars Because NASA Wasn't Serious Enough", Business Insider, अन्तिम पहुँच फेब्रुअरी २, २०१९ 
  5. Vance (2015), pp. 99, 102—103.
  6. Vance, Ashlee (मे १४, २०१५), "Elon Musk's space dream almost killed Tesla", BloombergL.P., मूलबाट फेब्रुअरी २३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ७, २०१५ 
  7. Wayne, Leslie (फेब्रुअरी ५, २००६), "A Bold Plan to Go Where Men Have Gone Before", The New York Times, मूलबाट अप्रिल १२, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १६, २०१५ 
  8. California Business Search (C2414622 – Space Exploration Technologies Corp), मूलबाट फेब्रुअरी २३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १३, २०२०  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २३, २०१८ मिति
  9. Koren, Marina (मे ६, २०२१), "Elon Musk Is Maybe, Actually, Strangely, Going to Do This Mars Thing", The Atlantic 
  10. Ledur, Júlia (मे १, २०१९), "Falcon Flights", Reuters, मूलबाट फेब्रुअरी १०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १०, २०२१ 
  11. Chang, Kenneth (मे २२, २०१२), "Big Day for a Space Entrepreneur Promising More", The New York Times, मूलबाट जुलाई १, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ११, २०२१ 
  12. Harwood, William (मे ३१, २०१२), "SpaceX Dragon returns to Earth, ends historic trip", CBS News, मूलबाट अप्रिल २२, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३, २०१३ 
  13. "SpaceX rocket in historic upright landing", BBC News, डिसेम्बर २२, २०१५, मूलबाट अगस्ट ३१, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ३०, २०१६ 
  14. O'Kane, Sean (मे २७, २०१६), "SpaceX successfully lands a Falcon 9 rocket at sea for the third time", The Verge, New York City: Vox Media, मूलबाट जुन २७, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ३०, २०१६ 
  15. Drake, Nadia (फेब्रुअरी २५, २०१८), "Elon Musk's Tesla in Space Could Crash Into Earth", National Geographic, मूलबाट फेब्रुअरी १०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १०, २०२१ 
  16. Chow, Denise (नोभेम्बर ६, २०१९), "'Starman' and the Tesla Roadster that SpaceX launched into orbit have now cruised beyond Mars", NBC News, मूलबाट फेब्रुअरी १०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १०, २०२१ 
  17. "Starship Update", सेप्टेम्बर २८, २०१९, मूलबाट डिसेम्बर १३, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १३, २०२० 
  18. "Elon Musk Says SpaceX Will Send Yusaku Maezawa (and Artists!) to the Moon", Wired, सेप्टेम्बर १८, २०१८, मूलबाट जुलाई १६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २७, २०१९ 
  19. Wattles, Jackie (मे ३०, २०२०), "SpaceX and NASA launch Crew Dragon in Florida: Live updates", CNN, मूलबाट अगस्ट २९, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ३०, २०२० 
  20. Johnson, Eric M.; Roulette, Joey (अक्टोबर ३१, २०१८), "Musk shakes up SpaceX in race to make satellite launch window: sources", Reuters, मूलबाट मे १८, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०२१ 
  21. Hall, Shannon (जुन १, २०१९), "After SpaceX Starlink Launch, a Fear of Satellites That Outnumber All Visible Stars – Images of the Starlink constellation in orbit have rattled astronomers around the world", The New York Times, मूलबाट अगस्ट २१, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १, २०१९ 
  22. Shepardson, David; Roulette, Joey (जुलाई ३०, २०२०), "Taking on SpaceX, Amazon to invest $10 billion in satellite broadband plan", Reuters, मूलबाट जनवरी ७, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १२, २०२१ 
  23. Sheetz, Michael (डिसेम्बर ७, २०२०), "SpaceX's Starlink wins nearly $900 million in FCC subsidies to bring internet to rural areas", CNBC, मूलबाट डिसेम्बर १६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १२, २०२१ 
  24. Wattles, Jackie (डिसेम्बर ८, २०२०), "SpaceX gets almost $900 million in federal subsidies to deliver broadband to rural America", CNN, मूलबाट डिसेम्बर १८, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १२, २०२१ 


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found