सामग्रीमा जानुहोस्

स्वेता खड्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्वेता खड्का
जन्म२०४४ माघ २२ (उमेर ३८)
पनौती, काभ्रेपलाञ्चोक
राष्ट्रियतानेपाली
पेशाअभिनेत्री
राजनीतिक दलनेपाली कांग्रेस[१]
जीवनसाथीश्रीकृष्ण श्रेष्ठ (m. २०१४–२०१४, मृत्यु)
विजयेन्द्र सिंह (m. २०२०)

श्वेता खड्का एक नेपाली चलचित्र अभिनेत्री, निर्माता, राजनीतिज्ञ र उद्यमी हुन् जसले नेपाली चलचित्रमा आफ्नो कामका लागि परिचित छिन्।

व्यक्तिगत जीवन

[सम्पादन]

सन् ७ जुलाई २०१४ मा, श्वेता खड्काले उनको बारम्बार सह-कलाकार श्रीकृष्ण श्रेष्ठसँग विवाह गरिन् र एक महिना पछि १० अगस्त अर्थात् ४७ वर्षको उमेरमा निमोनिया र हड्डीको क्यान्सरका कारण श्रेष्ठको मृत्यु भएको थियो।[२][३] सन् ७ डिसेम्बर २०२० मा उनले विजयेन्द्र सिंहसँग विवाह गरिन्।[४][५]

राजनीतिक जीवन

[सम्पादन]

खड्का नेपालको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका सदस्य हुन्।[६][७]

पेशागत जीवनी

[सम्पादन]

सन् २००८ मा, खड्काले श्रीकृष्ण श्रेष्ठको अपोजिट 'कहा भेटिएला'बाट अभिनेतत्रीको रूपमा डेब्यु गरेकी थिइन्।[२] यो फिल्म बक्स अफिसमा ठुलो ब्लकबस्टर भएको थियो। यो फिल्म वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बन्न गएको थियो र सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो। उनले हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ र राज बल्लभ कोइरालाको साथमा हसिदेउ एक फेरा (२०१०) मा अभिनय गरे जुन औसत सफलता थियो। उनको अर्को फिल्म श्रीमान श्रीमति (२०११) जुन् उनले श्रीकृष्ण श्रेष्ठ र रेखा थापाको साथमा अभिनय गरिन् जस्ले व्यावसायिक रूपमा सफल हुन सकेको थिएन। सन् २०१४ मा, उनले आफ्नो तत्कालीन पति श्रीकृष्ण श्रेष्ठसँग कोहिनूर (२०१४) मा अभिनय गरिन्। चलचित्र क्षेत्रबाट ४ वर्षको अन्तरालपछि, उनी चलचित्र कान्छी (२०१८) बाट निर्माता र अभिनेत्रीको रुपमा फर्किएकी थिइन्। दयाहाङ राईको सहअभिनेता रहेको उक्त चलचित्र कोहिनूरसँगै आकाश अधिकारीले निर्देशन गरेका हुन्। यो फिल्मले ब्यापारिक रुपमा पनि निकै राम्रो गरेको थियो।[८]

सन्दर्भहरू

[सम्पादन]
  1. ↑ "भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश, देउवाले गरे पार्टीमा स्वागत", Ratopati.com, अन्तिम पहुँच १६ मे २०२३।
  2. 1 2 "Actress Shweta Khadka getting married", The Rising Nepal, अन्तिम पहुँच १६ मे २०२३।
  3. ↑ "Pneumonia takes away Kollywood actor Shrestha", The Kathmandu Post, अन्तिम पहुँच १६ मे २०२३।
  4. ↑ "Actress Shweta Khadka gets married to Bijayendra Singh (in pics)", Khabarkhub.com, अन्तिम पहुँच १६ मे २०२३।
  5. ↑ "Shweta Khadka begins a new chapter in life", My City, अन्तिम पहुँच १६ मे २०२३।[स्थायी मृत कडी]
  6. ↑ "भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश, देउवाले गरे पार्टीमा स्वागत", Ratopati.com, अन्तिम पहुँच १६ मे २०२३।
  7. ↑ "Bhuwan KC, Shweta Khadka join Nepali Congress", The Annapurna Express, अन्तिम पहुँच १६ मे २०२३।
  8. ↑ "Shweta Khadka", Lens Nepal, अन्तिम पहुँच १६ मे २०२३।

बाह्य कडीहरू

[सम्पादन]