सामग्रीमा जानुहोस्

हिल्सा, नेपाल

हिल्सा
गाउँ, सीमा नाका
नेपाल-चीन सीमामा रहेको हिल्सा गाउँ
नेपाल-चीन सीमामा रहेको हिल्सा गाउँ
हिल्सा मा पर्दछ नेपाल
हिल्सा
हिल्सा
नेपालमा हिल्साको अवस्थिति
निर्देशाङ्क: ३०°०९′०७″उ ८१°२०′०३″पू / 30.15194°N 81.33417°E / 30.15194; 81.33417
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाहुम्ला
गाउँपालिकानाम्खा गाउँपालिका
साविकको गाविसमुचु
उन्नतांश
३,६४० मिटर (११९४० फिट)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

हिल्सा नेपालको उत्तर-पश्चिमी कुनामा अवस्थित एक गाउँ तथा महत्वपूर्ण सीमा नाका हो। यो चीनको तिब्बत स्वायत्त क्षेत्रसँग जोडिएको छ। तिब्बती पठारबाट बहने हुम्ला कर्णाली नदी यहीँबाट नेपालको हिमाली क्षेत्रमा प्रवेश गर्दछ। हिल्सा कर्णाली प्रदेशको हुम्ला जिल्लामा पर्दछ र यसको पारीपट्टी चीनको न्गारी प्रान्तको पुराङ जिल्ला पर्दछ।

हिल्सा कर्णाली नदीको दक्षिणी किनारमा अवस्थित नेपालको एक सीमावर्ती गाउँ हो, जहाँबाट तिब्बत जाने सीमा नाका रहेको छ। कित्ता गाउँ र हिल्साको बीचमा कर्णाली नदीको ३.५ किलोमिटर खण्डले नेपाल र चीनबीचको सिमानाको काम गर्दछ। हिल्सामा भने नदीका दुवै किनारहरू नेपालभित्रै पर्दछन्। तिब्बत जाने मार्गका लागि एक पुलमार्फत कर्णालीको उत्तरी किनारमा जानुपर्ने हुन्छ र त्यसपछि उत्तरी किनारमा रहेको गाउँको भाग पार गरेपछि तिब्बती सीमा पुगिन्छ। त्यहाँ चीनले सीमा नाकाहरू सञ्चालन गरेको छ।[]

सीमाको अर्को तर्फ तिब्बतको पुराङ जिल्ला पर्दछ, जहाँ व्यापारिक सहर ताक्लाकोट रहेको छ जुन करिब ५६ किमी माथि अवस्थित छ र प्रसिद्ध तीर्थस्थलहरू कैलाश तथा मानसरोवर रहेका छन्।[] कैलाश-मानसरोवरतर्फ जाने तीर्थयात्रीहरू सामान्यतया हिल्साबाट करिब ५१ किलोमिटर दक्षिणमा रहेको सिमिकोट विमानस्थलसम्म हवाई जहाजमा उड्छन्, त्यसपछि हेलिकप्टरमार्फत हिल्सा पुग्छन् र सडकमार्गबाट सीमा पार गर्छन्।[][] सन् २०१६ मा सीमासम्म मोटर चल्ने पुल र सडक निर्माण गरिएसँगै सिमिकोटदेखि तिब्बतसम्म सडक यातायातको पहुँच सम्भव भएको थियो।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Ramesh Bhushal, Faith to reality, नेपालीस टाइम्स, ७ जनवरी २०१९। A journey down the Karnali: Living in fear of floods, द थर्ड पोल, ७ जनवरी २०१९ मा पनि प्रकाशित।
  2. Nepalganj gets moving, नेपाली टाइम्स, ३१ अगस्ट २०१८।
  3. "At least 500 Kailash Manasarovar pilgrims stranded in Simikot in Nepal", द न्यु इन्डियन एक्सप्रेस, २ जुलाई २०१८।
  4. Bridge at Hilsa to link Humla with China, काठमाडौँ पोस्ट, ५ जुलाई २०१६।
  5. Hilsa bridge connects Karnali with China, माई रिपब्लिका, २६ डिसेम्बर २०१६।