हेल्मुट कोल
स्वरूप
हेल्मुट कोल | |
|---|---|
सन् १९९६ मा कोल | |
| जर्मनीको चान्सलर (पश्चिम जर्मनी, १९८२ -१९९०) | |
| पदमा सन् १९८२ अक्टोबर १ – सन् १९९० अक्टोबर २७[क] | |
| राष्ट्रपति | |
| उप-चान्सलर | |
| पूर्वाधिकारी | हेल्मुट Schmidt |
| उतराधिकारी | गेर्हार्ड स्रोडर |
हेल्मुट जोसेफ माइकल कोहल (जर्मनेली उच्चारण: [ˈhɛlmuːt ˈkoːl] (
); सन् १९३० अप्रिल ३- सन् २०१७ जुन १६) एक जर्मन राजनेता तथा क्रिस्चियन डेमोक्रेटिक पार्टीका राजनीतिज्ञ थिए। उनले सन् १९८२ देखि सन् १९९८ सम्म जर्मनीको चान्सलर (सन् १९८२ देखि सन् १९९० सम्म पश्चिम जर्मनीको, सन् १९९० देखि सन् १९९८ सम्म पुनः एकीकृत जर्मनीको) को रूपमा सेवा गरेका थिए। उनले सन् १९७३ देखि सन् १९९८ सम्म क्रिस्चियन डेमोक्रेटिक पार्टीको अध्यक्षको रूपमा काम गरेका थिए। कोलको १६ वर्षको कार्यकाल ओटो भोन बिस्मार्कपछि कुनै पनि जर्मन चान्सलरको सबैभन्दा लामो कार्यकाल थियो। उनको कार्यकालमा शीत युद्धको अन्त्य, जर्मन पुनर्मिलन, सोभियत सङ्घको विघटन र युरोपेली सङ्घको निर्माण जस्ता विश्व घटनाहरू भएका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ सन् १९८२ अक्टोबर १ देखि सन् १९९० अक्टोबर २ सम्म, हेल्मुट कोल पश्चिम जर्मनीको मात्र चान्सलर थिए, पश्चिम जर्मनी र पूर्व जर्मनी एकीकरण भएपछि सन् १९९० अक्टोबर ३ बाट उनी एकीकृत जर्मनीको चान्सलर भएका थिए।