होलस्टाइन गाई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
होलस्टाइन फ्रेजियन गाई
Holstein cow
गाई
अन्य नामहरूहोलस्टाइन गाई
मूल देशनेदरल्यान्ड, जर्मनी, डेनमार्क, अस्ट्रिया, स्विजरल्यान्ड, बेल्जियम
वितरणविश्वव्यापी
प्रयोगदुग्ध कृषि
विशेषताहरू
तौल
  • ६८०-७७० किलो (१५००–१७०० पाउन्ड)
उचाइ
  • १४५–१६५ सेमी (५८–६५ इन्च)
आवरणकालो र सेतो धब्बा (कहिलेकाहिँ रातो र सेतो)
सिङको स्थितिसिङ भएको, मुख्यतया बाछोहरूको हुँदैन
टिप्पणीहरू
बहुमुखी जातको गाई

होलस्टाइन फ्रेजियन्स (सङ्क्षिप्त रूपमा उत्तर अमेरिकी देशहरूमा होलस्टाइनसंयुक्त अधिराज्य तथा आयरल्यान्डमा फ्रेजियन शब्दको प्रयोग गर्ने गरिन्छ) नेदरल्यान्डको उत्तर हल्यान्डफ्रेजल्यान्ड राज्य र जर्मनीको उत्तरी क्षेत्रको स्लेसविग-होलस्टाइन राज्यबाट उत्पति भएको दुधालु गाईको एक जाति हो। यस जातिको गाईलाई संसारकै सबैभन्दा बढी दुग्धजन्य उत्पादन गर्ने दुधालु जनावरको रूपमा चिन्ने गरिन्छ।

नेदरल्यान्ड र जर्मनीका वैज्ञानिकहरूले सो क्षेत्रमा रहेका चौर तथा घाँसे मैदानलाई समुचित उपयोग गर्नको लागि यो जातिको गाईको विकास गरेका थिए। एक शताब्दीभन्दा बढी समयदेखि यो जातिको गाईले दुग्धजन्य उत्पादनमा उच्चकोटीको टेवा पुर्‍याइरहेको छ।[१][२]

होलस्टाइन गाई संसारमा सबैभन्दा बढी पालिने गाईको प्रजाति हो। यसलाई १५० भन्दा बढी देशहरूमा पालन गर्ने गरिएको छ। नयाँ संसारको विकाससँगै, उत्तर अमेरिकादक्षिण अमेरिकामा दूधको लागि बाजार विकसित भएसँगै दुग्धजन्य उत्पादन र पशुपालनको लागि नेदरल्यान्डतर्फ ध्यानाकर्षण गरेको थियो। लगभग ८,८०० होलस्टाइन गाई (कालो दाग भएको जर्मन प्रजाति) आयात गरिएपछि, युरोपमा फैलिएको महामारीको समस्याले विदेशी बजारमा यसको निर्यात बन्द गर्नुपरेको थियो।

युरोप महादेशमा यस जातिको गाईको उपयोग उत्तरी युरोपमा दूध र दक्षिणी युरोपमा मासुको लागि गर्ने गरिन्छ। सन् १९४५ देखि यो जातिको गाईलाई युरोपेली राष्ट्रिय विकासले गाईवस्तु प्रजनन र दुग्धजन्य उत्पादमा तीव्रतालाई क्षेत्रीयकृत गरेको छ।

विशेषता[सम्पादन गर्ने]

होलस्टाइन गाईको रङ समान्यतया कालो र सेतो वा रातो र सेतो रङको हुने गर्छ। यो यसको आवरणको रङको एउटा खास विशेषता हो। केही दुर्लभ अवसरहरूमा, केही गाईहरू सेतोसँगै कालो र रातो दुवै रङको हुन्छ। यो गाई 'निलो' रङको पनि हुने गरेको छ। यस रङको गाईको प्रजाति सेतो गोरू र कालो गोरूसँगको मिश्रित गराएर गर्ने गरिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Gateway to dairy production and products", FAO (fao.org), अन्तिम पहुँच २० जुलाई २०२० 
  2. CIV, France, a tradition of animal husbandry. Animal husbandry and environment at the Wayback Machine अभिलेखिकरण २०१३-०४-१२ मिति. Civ-viande.org. Retrieved on 2011-11-03.