टाइम (पत्रिका)
स्वरूप
प्रधान सम्पादक | न्यान्सी गिब्स |
---|---|
श्रेणी | समाचार पत्रिका |
आवृति | साप्ताहिक |
कुल वितरण (२०१३) | ३२,८९,३८७ [१] |
पहिलो अङ्क | ३ मार्च १९२३ |
कम्पनी | टाइम इन्कोर्पोरेसन |
देश | संयुक्त राज्य अमेरिका |
प्रधान कार्यालय | न्यु योर्क सहर |
भाषा | अङ्ग्रेजी |
वेबसाइट | www |
आइएसएसएन | 0040-781X |
ओसिएलसी सङ्ख्या | 1311479 |
टाइम (पत्रिका) अमेरिकाबाट प्रकाशित हुने साप्ताहिक समाचार पत्रिका हो जसको प्रकाशन न्यु योर्क सहरबाट हुन्छ । यसको स्थापना सन् १९२३ मा भएको हो र कयौं दशकसम्म यसमाथि हेनरी ल्यूसको प्रभुत्व रहेको थियो । टाइम को विश्वभरमा कयौं संस्करण प्रकाशित हुने गरेको छ । यूरोप संस्करण टाइम यूरोप (पूर्व नाम: टाइम अटलान्टिक)को प्रकाशन लण्डनबाट हुने गरेको छ र यसले मध्य पूर्व, अफ्रिका र सन् २००३बाट यसले ल्याटिन अमेरिकालाई पनि समेट्ने गरेको छ । यसको एसिया संस्करण टाइम एसिया हङकङबाट संचालित हुने गरेको छ । दक्षिण प्रशान्त संस्करण सिड्नीमा आधारित छ र यसमा अस्ट्रेलिया र न्यू जील्याण्ड सहित प्रशान्त महासागरको द्वीप समूह समेट्ने गरिएको छ । सन् २००८ मा टाइमले आफ्नो क्यानाडामा स्थापित विज्ञापनदाता संस्करणलाई बन्द गरिदिएको थियो ।[२]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Consumer Magazines", Alliance for Audited Media, अन्तिम पहुँच फेब्रुअरी १०, २०१४।
- ↑ "Time Canada to close", टोरंटो: Mastheadonline.com, दिसम्बर १०, २००८, अन्तिम पहुँच दिसम्बर १, २०१३।
बाह्य लिंक
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा टाइम (पत्रिका) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट (Mobile)
- टाइम वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२७ मिति
विकिमिडिया कमन्समा टाइम (पत्रिका) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।