डंगर गिद्ध
डंगर गिद्ध | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | G. bengalensis
|
वैज्ञानिक नाम | |
Gyps bengalensis (Gmelin, 1788) | |
डंगर गिद्धको पहिलेको वितरण नक्शा | |
पर्याय | |
Pseudogyps bengalensis |
डंगर गिद्ध नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा ह्वाइट-रम्पेड भल्चर (White-rumped Vulture) भनिन्छ ।
विवरण
[सम्पादन गर्नुहोस्]यो एक मध्यम आकारको गिद्ध हो यसको टाउको र घाँटिमा रौं हुदैनन् । यसका प्वाँखहरू धेरै चौडाइका हुन्छन् र पुछर सानो हुन्छ । यो ग्रिफन गिद्ध भन्दा निकै सानो हुन्छ र यसको घाँटिमा सेता प्वाँखहरूको गुच्छा हुन्छ । वयस्कको सेतो पीठ, पुट्ठा र प्वाँखहरूको भित्री भाग सेतो र अरु भाग गहिरो रंगका परहरूबाट भिन्न हुन्छन् जो कि साफ देखिन्छन् । शरीर कालो हुन्छ र सानोमा चाँदीनुमा स्लेटी हुन्छन् । टाउको गुलाबी रंगको हुन्छ र चुच्चो चाँदी रंगको हुन्छ । चुच्चोको किनाराहरू गहिरो रंगका हुन्छन् । नाकका प्वालहरू मसिनो हुन्छन् । अवयस्क गहिरो रंगका हुन्छन् र वयस्कका प्वाँखहरू आउनमा चार देखी पाँच वर्षको समय लाग्दछ । उड्ने बेला वयस्कका प्वाँखहरूको अग्रिम भाग गहिरो देखिन्छ र पाँखको तल्लो भाग अर्को भागमा सेतो हुन्छन् । पुछरको तल्लो पट्टीको भाग पनि कालो हुन्छ ।[२]
यो जिप्स गिद्धहरूको प्रजातिमा सबैभन्दा सानो हुन्छ । तर पनि एक ठुलो चरा हो । यसको वजन ३.५ देखी ७.५ किलो हुन्छ र लम्बाई करीब ७५ देखि ९३ से. मी. सम्म हुन्छ ।[३][४]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ BirdLife International (२०१२), "Gyps bengalensis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२।
- ↑ Rasmussen, Pamela C.; Anderton, J. C. (२००५), Birds of South Asia: The Ripley Guide. Volume 2, Smithsonian Institution and Lynx Edicions, पृ: 89–90।
- ↑ Hume, Allan Octavian (१८९६), My Scrap Book or rough notes on Indian Ornithology, Calcutta: Baptist Mission Press, पृ: 26–31, अन्तिम पहुँच २०११-०६-०१।
- ↑ Raptors of the World by Ferguson-Lees, Christie, Franklin, Mead & Burton. Houghton Mifflin (2001), ISBN 0-618-12762-3