सामग्रीमा जानुहोस्

दोधारा चाँदनी पुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोधारा चाँदनी पुल
पार गर्नेमहाकाली नदी कञ्चनपुर जिल्ला,  नेपाल
डिजाइननेपाली इन्जिनियर, नेपाल
जम्मा लम्बाई१४५२.९६ मिटर
चौडाई१.६ मिटर
लामो स्पान२२५.४० मिटर
खोलिएकोसन् २००५
निर्देशांक२८°५५′२१.५२″उ॰ ८०°६′३०.०८″पू॰ / २८.९२२६४४४°N ८०.१०८३५५६°E / 28.9226444; 80.1083556निर्देशाङ्कहरू: २८°५५′२१.५२″उ॰ ८०°६′३०.०८″पू॰ / २८.९२२६४४४°N ८०.१०८३५५६°E / 28.9226444; 80.1083556

दोधारा चाँदनी पुल, सामान्यतया महाकाली पुलको रूपमा पनि परिचित, पैदल यात्रीहरूको लागि निर्माण गरिएको एक झोलुङ्गे पुल हो। यो पुल एसियाकै लामो मानिन्छ।[] यो पुल महाकाली नदी माथि निर्माण गरिएको छ। यसको लम्बाइ १४५२.५ मिटर रहेको छ। []

नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदल यात्री पुलहरू मध्ये एक यो पुल नेपालको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा अवस्थित छ। यसले कञ्चनपुर जिल्लाको महाकाली नदीले छुट्याएको दोधारा र चाँदनी गाउँलाई जोड्दछ। यसले नदीले कटान गरेको भारत–नेपाल सीमा नजिकको नेपाली भूभागलाई जोडेको छ।

यो पुल भीमदत्त नगरपालिकादेखि करिब १२ किलोमिटर दक्षिणपश्चिम, महाकाली बाँधभन्दा ८ किलोमिटर तल र भारतीय सीमाभन्दा ५.५ किलोमिटर दक्षिण र तल रहेको छ। दक्षिण करिब ११.४ किलोमिटर टाढा भारतीय सीमा रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "दोधारा चाँदनी झोलुङ्गे पुल", प्रशासन, अन्तिम पहुँच अगस्ट १३, २०१४ 
  2. "दोधारा चाँदनी: उहिले विकट, अहिले समृद्ध", शिलापत्र