"असंलग्न आन्दोलन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: 'असंलग्न' भनेको कतैतर्फ पनि संलग्न नहुनु, नढल्कनु र नलाग्नु हो।...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{Merge|असंलग्न अभियान |date=August 2018 }}
'असंलग्न' भनेको कतैतर्फ पनि संलग्न नहुनु, नढल्कनु र नलाग्नु हो। 'परराष्ट्रनीति' भनेको कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग अपनाउने नीति हो। यसरी असंलग्न परराष्ट्रनीति भन्नाले कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग, उसको सैनिक कार्यवाही र उसको गतिविधि आदिसँग सरोकार नराख्ने, तटस्थ बस्ने र त्यसका गतिविधिमा संलग्नै नहुने नीति भन्ने बुझीन्छ।

१४:४६, २४ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

'असंलग्न' भनेको कतैतर्फ पनि संलग्न नहुनु, नढल्कनु र नलाग्नु हो। 'परराष्ट्रनीति' भनेको कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग अपनाउने नीति हो। यसरी असंलग्न परराष्ट्रनीति भन्नाले कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग, उसको सैनिक कार्यवाही र उसको गतिविधि आदिसँग सरोकार नराख्ने, तटस्थ बस्ने र त्यसका गतिविधिमा संलग्नै नहुने नीति भन्ने बुझीन्छ।

इतिहास

दोस्रो विश्वयुद्धपछि विश्वमा दुई अतिमहाशक्तिको उदय भयो: एउटा अमेरिका र अर्को सोभियत संघ। त्यसपछि कतिपय पूर्वी राष्ट्रहरु अमेरिकाको कट्टर समर्थन गर्दै त्यसकै लहरमा उभिए भने कतिपय पूर्वी युरोपलगायतका मुलुकहरु सिभियत संघको पक्षमा खुलेरै संलग्न भए। यसबाट अन्य कतिपय राष्ट्रहरुलाई एउटा महाशक्तिको पक्षमा लाग्ने पर्ने अन्यथा 'वल्लो घाट न पल्लो तीर' हुने परिस्थिति सिर्जना भयो। यसैपृष्ठभुमिमा एक थरी राष्ट्रहरुले यी दुवै महाशक्तिका पछि नलागी छुट्टै सङ्गठनको निर्माण गरे। त्यसै आन्दोलनको नाम असंलग्न आन्दोलन हो, त्यसले लिएको नीतिको नाम असंलग्न परराष्ट्र नीति हो र त्यसको एक सक्रिय सदस्य हो-नेपाल