बरहथवा नगरपालिका
बरहथवा नगरपालिका | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | जनकपुर अञ्चल |
जिल्ला | सर्लाही जिल्ला |
स्थापना | २०७२ असोज १ |
सरकार | |
• मेयर | कल्पना कुमारी कटुवाल |
• उप मेयर | रामबाबु प्रसाद साह |
क्षेत्रफल | |
• जम्मा | ७१.४ किमी२ (२७.६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५०,४२४ |
• घनत्व | ७१०/किमी२ (१८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-४६ |
वेबसाइट | barhathwamun.gov.np |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
बरहथवा नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सर्लाहीमा बरहथवा, मुर्तिया, हजरीया र लौकट यी ४ गाउँ विकास समितिहरूलाई समेटेर बरहथवा नगरपालिका घोषणा गरिएको हो।[४] बरहथवा नगरपालिकाको केन्द्र साबिकको बरहथवा गाउँ विकास समितिको बरहथवा बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
बरहथवा, मुर्तिया, हजरीया र लौकट यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर बरहथवा नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बरहथवा नगरपालिकाको जनसङ्ख्या ५०,४२४ रहेको छ।[५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
- ↑ ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |