ऐरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ऐरी नेपालमा बसोवास गर्ने एक क्षत्रिय थर हो । खासगरी सुदूर पश्चिम नेपालको बैतडी जिल्लामा मुल बसोवास भएका ऐरीहरू अहिले नेपालका विभिन्न क्षेत्रमा फैलिएर रहेको पाइन्छ । ऐरीहरू गौतम गोत्रिय क्षेत्री हुन् ।[१]

ऐरीहरूको पुर्खा नेपाल प्रवेस[सम्पादन गर्नुहोस्]

गौतम गोत्री ऐरीहरूको ऐतिहासिक पक्षतिर दृष्टि गोचर गर्दा नेपालका अन्य गौतम गोत्री थरहरूका झैं ऐरी थरको पुर्खा पनि प्राचिन कत्युर प्रदेश हुँदै नेपाल प्रवेस गरेको देखिन्छ । वास्तवमा ऐरीहरूको मुल पुर्खा प्राचिन कान्यकुव्ज वा कन्नौजबाट उत्तर पश्चिम तिर गएको देखिन्छ । यसक्रममा ऐरीहरूको पुर्खा पनि कन्नौज पछि लामो समयसम्म प्राचिन कत्युरमा आई बसेको हो । वास्तवमा प्राचिन कान्यकुव्ज वा कन्नौज र प्राचिन कत्युरको इतिहास खोतल्दा ति क्षेत्रहरूमा सबैभन्दा सबल रूपमा गौतम गोत्रीहरू रहेको देखिन्छ । किनकी कन्नौज सभ्यताको स्थापनाकर्ताको रूपमा प्राचिन लुम्बीनी सभ्यताको समाप्ती पछि लुम्बिनी छोडेर दक्षिण तिर लागेका गौतम गोत्रीहरूले नै कन्नौज सभ्यता बसालेका हुन् भन्ने तर्क बलियो छ । [१] कन्नौजमा सबैभन्दा बढी विकास भएको सभ्यता भनेकै गौतम गोत्रीहरूको सभ्यता हो । कन्नौजमा विक्रमादित्य संवतको सुरूवात हुनुभन्दा पनि केही सताब्दी पहिले देखि नै कन्नौजमा आफुलाई चन्द्र वंशी भन्ने गौतम गोत्रीहरूको राजसत्ता स्थापित भईसकेको थियो । त्यही राज खानदानका व्याक्ति सोम चन्द थिए । सोम चन्द कन्नौजबाट कत्युर आएर कत्युरमा आफ्नो राजसत्ता स्थापना गरे । उनै सोम चन्दका सन्ततिहरू अहिले नेपाल तथा कुमाउँ, गढवाल क्षेत्रमा फैलिएक चन्दहरू हुन् । ठिक यही प्रकार गौतम गोत्री ऐरीहरूको पुर्खा पनि कन्नौज हुँदै कत्युर (हालको कुमाउ, गढवाल ) आएका थिए । [१]

थरको नाम ऐरी हुनाको कारण[सम्पादन गर्नुहोस्]

प्राचिन कत्युर प्रदेशबाट एक समयमा ऐरीहरूका पुर्खा कर्णाली नदी पार गरी तत्कालिन खस प्रदेश (हालको डोटी तथा कर्णाली प्रदेश) प्रवेस गरेका थिए । उनिहरू किन र कुन समयमा कत्युरबाट नेपाल प्रवेस गरेका थिए भन्ने कुरा एकिन गर्न सकिएको छैन । तर शुरुमा ऐरीहरूलाई हडासै बिष्ट भनिन्थ्यो । पछिमात्र हडासैबाट ऐरीमा परिणत भएको भनिन्छ । [१] एक भनाइ अनुसार कुनै समयमा बैतडीको स्वराड क्षेत्रमा मान्छे खाने बाघको बिगबिगी भएको थियो । त्यही बाघलाई मार्न त्यहाँका राजाद्वारा उर्दी जारी गरिएको थियो । तर कसैले पनि मार्न नसके पछि अन्तमा जाली बिष्ट नामका एकजना बहादुर व्याक्ति बाघ मार्छु भन्दै जंगल गए । आखिर त्यो बाघ उनले मारे । बाघ मारेको बेर्न गएका राजा बाघ मारेको ठाउँमा बुग्दा ति जाली बिष्ट मरेको बाघलाई लिएर एक ऐरी (एक प्रकारको काँडेदार झाड) को झाडी भित्र बसिरहेका रहेछन् । त्यो देखेर राजा खुसी हँदै ति जाली बिष्टलाई तिमी आज देखी बिष्ट हैन ऐरी बिष्ट भयो भनेर ऐरीको उपाधी दिएछन् । त्यही दिन देखी ति जाली बिष्टका सन्ततिहरूलाई ऐरी बिष्ट भन्न थालियो । आखिरमा गएर बिष्ट शब्द छोडी केवल ऐरीमात्र लेख्न थाले । सिकारीलाई ऐरी पनि भनिन्छ । बाघको सिकार गरेर ऐरीको झाङमा बसेकाले बिष्टबाट ऐरी हुनाको मुल कारण यही हो भनि व्याख्या गरिएको छ । [१]

मुख्य बसोवास[सम्पादन गर्नुहोस्]

हाल बैतडी क्षेत्रमा एक थरी ऐरी बिष्ट नै लेख्छन् भने एक थरी बिष्टहरू ऐरी लेख्ने गर्दछन् । बैतडिमा ऐरीहरूको मुल वास स्थान वाशुलिंग गाविस, शिद्धेश्वर गाविस, गोजरी गाविस, कैलाली जिल्लाको धनगढी नगरपालिका, बोराडाँडी, हसनपुर, कञ्चनपुर जिल्लाको महेन्द्र नगर, वाणी, बैङ्क, रामपुर बिलासपुर, वेलौरी, काठमाडौँ भक्तपुर लगायतका स्थानहरूमा रहेको छ । गौतम गोत्री ऐरीहरूका कुल देवता केदारनाथ, वाशुलिंगा र पृतिनाथ हुन् । अहिले ऐरीहरू नेपालको सरकारी सेवा देखी विभिन्न स्थानमा सबलरूपमा स्थापित भएको पाइन्छ । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय, लेखक राजेश कुमार बटाला
"https://ne.wikipedia.org/w/index.php?title=ऐरी&oldid=1203275" बाट अनुप्रेषित