धरान नगरपालिका
| धरान नगरपालिका | |||
| धरान नगरपालिकाको एक दृश्य | |||
| स्थापना : | २०१६ मार्ग ६ गते | ||
|---|---|---|---|
| अञ्चल: | कोशी अञ्चल | ||
| जिल्ला: | सुनसरी जिल्ला | ||
| क्षेत्रफल: | १६० | ||
| जनसंख्या: | ९५,३३२ | वडा संख्या: | १९ |
| भौगोलिक अवस्थिति: | तराई | ||
| मेयर: | ?? | ||
| टेलिफोन कोड: | ०२५ | ||
| वेबसाईट: | www.dharan.gov.np | ||
विषयसूची |
नामकरण [सम्पादन गर्ने]
हालको आधुनिक धरान सहर रहेको स्थानमा सुरूमा घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरूले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान सहरको नामकरण भएको भन्ने भनाई छ।
शीर्षक अक्षर [सम्पादन गर्ने]
धरान नगरपालिका [ह्गग्ःङ्आःङ्श् ईऊ॓ईऊऊ ईआई॓ऊईव् ९२ ईऊईगाभ्नु भन्दा अगाडी यो भाग विजयपुर राज्यमा पर्दथियो। यहा सेन बंशी राजाले शासन गर्दथे। यसको राजधानी बर्तमान धरानको उतर पूर्वी भागमा पर्ने विजयपुरमा थियो।
वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट सुरूवात भएको धरान, वि.स. १९५९मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.स. १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको इतिहासमा पाइन्छ।
वि.स. २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रूपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाइन्छ। नेपाल गजेट (मार्ग ६ गते २०१६)मा धरान नगरपालिका घोषित भएको भनिएको छ। वि.सं. २०१७ मङ्सिर १ गते घोषणा भएको धरान नगरपालिकाको पहिलो नेतृत्व दिने व्यक्तित्वमा स्वर्गीय केदारनाथ खनाल (प्रमुख) र कृष्णप्रसाद श्रेष्ठ (उपप्रमुख) हुनुहुन्थ्यो। वि.स. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम समेत घोषित भएको थियो।
सुरूमा ११ वडाहरू मात्र रहेको धरानलाई वि.स. २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाउँ पञ्चायत र पश्चिम तर्फ रहेको घोपा गाउँ पञ्चायतलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरियो जुन हाल सम्म कायम रहेको छ।
विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभइ नेपालकै नमुना नगरपालिका बन्न प्रयासरत छ।
यस नगरपालिकामा २,०४२८ वटा घर छन्। पूर्वाञ्चलको तराइ र पहाडको घांचमा अवस्थीत धरान सहर सुनसरी जिल्लामा पर्दछ र यो नेपालको जनसंख्याका हिसावले छैठौ ठूलो शहर हो।
ऐतिहासिक महत्वका स्थलहरू [सम्पादन गर्ने]
ऐतिहासिक महत्व बोकेको धरान सहरको सुरूवात विक्रम संवत् १९५० तिर विजयपुर डाँडामुनिको घनाजङ्गल फाड्ने क्रमबाट सुरू भएको हो। पूर्वाञ्चल क्षेत्रको शैक्षिक केन्द्र एवम् व्यापारिक मार्ग तथा पर्यटकीय नगरी धरान चारकोसे जङ्गलदेखि उत्तर महाभारत डाँडादेखि दक्षिण र स्थानीय सर्दुखोलादेखि पूर्व तथा सेउती खोलादेखि पश्चिमतर्फको भू-भाग समुद्र सतहदेखि ३६५ मिटर माथिको उचाइमा छ। दुई हजार ११२ हेक्टर क्षेत्रफलमा फैलिएको धरानमा दन्तकाली, बूढासुब्बा, पञ्चकन्या, पिण्डेश्वर, विश्वकर्मालगायत ३६ मठमन्दिर तथा देवस्थल छन्।
प्रमुख शैक्षीक प्रतिष्ठानहरू [सम्पादन गर्ने]
महेन्द्र बहुमुखी क्याम्पस, पिण्डेश्वर संस्कृत विद्यापीठ, केन्द्रीय खाध्यप्रविधी क्याम्पस, पूर्वाञ्चल इन्जीनियरीङ क्याम्पस, बि. पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतीष्ठान लगायत अन्य थुप्रै सरकारी तथा निजी शैक्षीक संस्था यो सहरमा छन।
धरानमा केही अञ्चल स्तरीय तथा इलाका स्तरीय सरकारी कार्याल समेत रहेका छन, धेरै जसो बेलायती पूर्व सैनीकहरूको बसोबास रहेको धरान नयां शैलीका घर सडक आदीले प्रसिद्ध छ।
प्रमुख आकर्षण केन्द्र [सम्पादन गर्ने]
धरानबासी तथा बाहीर बाट धरान भित्रिने पर्यटकहरू धरानको देखि केहीमाथी रहेको धनकुटा जिल्लामा अवस्थीत भेडेटार चढने गर्दछन, जहाबाट धरान नगर तथा सुनसरी र मोरङ जिल्लाका अधिकांश स्थान देख्न सकिन्छ। धरान सहर भित्रै रहेको आकर्षक घन्टाघर तथा भुकम्प स्मारक धरानका गहना भएर रहेका छन। धरान कोशी टप्पु वन्यजन्तु आरक्षको पूर्वपट्टीको द्धार समेत रहेकाले पर्यटक आवागमन पनि भइनै रहेको हुन्छ। पूर्वाञ्चलको प्रमुख बाणीज्य केन्द्र धरान पूर्वाञ्चलको सबै भन्दा महत्वपूर्ण शिक्षा तथा स्वास्थ्यको पनि केन्द्र हो। धरान जनसंख्याको हिसाबले नेपालका काठमाडौं,पोखरा,ललितपुर,बिराटनगर र वीरगंज पछि छैठौ ठूलो शहर हो। अव उपमाहानगरपालीका हुने पर्खाइमा रहेको यो शहरको जनसंख्या एकलाख तिस हजार भन्दा माथी पुगी सकेको छ। यदी बिचको जंगल हुदैनथ्यो भने धरान र इटहरी नगर जोडीइ सकेको हुन्थो होला। धरानमा आधुनीक सहरमा हुनुपर्ने संचार सुविद्या, इमेल, इन्टरनेट, मोवाइल, एस टि डी , आइ एस डि लगायतका टेलीफोन सेवा तथा रेल बाहेक सबै प्रकारका यातायात सेवा उपलब्ध छन। धरानको टेलीफोन कोड ०२५ हो। यहाँ भारत सरकारको सहयोगमा २०२९ सालमा २०२ रोपनी औद्योगिक क्षेत्रमा स्थापना भएका २५ उद्योगमध्ये हालसम्म पनि आधीभन्दा बढी उद्योग सञ्चालनमा छन्।
जनसंख्या [सम्पादन गर्ने]
नेपालको सन् २००१को जनगणना अनुसार धरानको जनसंख्या १३०,२६० छ।[१] यस मध्य पुरुष ४९%, र महिला ५१% छन्।
|
|||||
बाहिरी लिंकहरू [सम्पादन गर्ने]
References [सम्पादन गर्ने]
http://en.wikipedia.org/wiki/Dharan