नेवार जाति

नेपाली विकिपीडियाबाट
(नेवार बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
गट्टा खेल्दै नेवार बालिकाहरू
बेल विवाहमा सहभागि नेवार बालिकाहरू
गाइजात्राको बेलामा बासुरी बजाउदै नेवार समुदायका महिला

नेवार भन्ने शब्दले नेपालको एउटा आदिवासी समुदायलाई जनाउंदछ । नेवारहरु जातीयभाषीक समुदाय हुन । नेवारहरुको मूलथलो काठमाडौं उपत्यका हो । नेवार जातिको काहा, क्वता, धिमे, पोङगा, कान्तादवदब, पैताखीँ, म्वालिङ, कुकुवय्, पछिमा, टिन्चु, भुस्याहा, वयः आदि प्रमुख बाजाहरू हुन् ।[१]

विषयसूची

[सम्पादन गर्ने] नेवार संस्कृति

[सम्पादन गर्ने] नेवार संगीत

[सम्पादन गर्ने] नेवार वास्तुशास्त्र

[सम्पादन गर्ने] नेवार ललितकला

[सम्पादन गर्ने] नेवार परिकार

बजि (चिउरा),व: (बारा),खें (अण्डा), मुस्या (भटमास), छोयला, कचिला, त:कुला, डायकुला, चतांमरी, योमरी, चाकु, अयला (रक्सी), थों (जाँड)आदी धेरै प्रकार छन् । नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवार समुदायमा नै छन् । उनीहरु जन्मदेखि मृत्यु पश्चातसम्म र पर्व अनुसारको खाना प्रकार अलग अलग तयार गर्दछन् ।

[सम्पादन गर्ने] नेवार चाडपर्व र जात्राहरु

नेवार समुदायमा चाडपर्व गथामुग:बाट शुरु भई सिथी नख: पछि अन्त हुन्छ । गथामुग: पछि गुन्हुपुन्हि (गाइजात्राको ९ दिन), मोहनी (दशैं), स्वन्ती वा न्हुदँ (तिहार), माघे संक्रान्ती, श्रीपंचमी, सिलाचह्रे (शिवरात्री), चैत्रदशैं, घोडेजात्रा, भोटोजात्रा, बुद्धजयन्ती, आदी मुख्य पर्वहरु मनाउने गर्दछन् । जात्राहरु आफ्नो स्थानीय अनुसार अलग अलग मनाउने गर्दछन् । पाटनमा मच्छेन्द्रनाथ जात्रा, काठमाडौंमा सेतो मच्छेन्द्रनाथ जात्रा, कीर्तिपुरमा सातगाउँले जात्रा, हाँडीगाउँ जात्रा, खोकनामा सिखली जात्रा, फर्पिङ्ग जात्रा, आदी जात्राहरु मनाउने गर्दछन् ।

[सम्पादन गर्ने] नेवार नाच

[सम्पादन गर्ने] नेपालभाषा

नेपालभाषा नेवारहरुको मातृभाषा हो । नेपालभाषा तिब्बत बर्मेली भाषा परिवारमा पर्ने एक भाषा हो । नेपालभाषालाई हाल आएर नेवारहरुले 'नेवा: भाय भन्छन् भने नेपालीमा नेवारी भन्ने गरिन्छ । यस भाषामा शब्दका भण्डार छन् । क देखि ज्ञ सम्म क का कि की ‍‍‍,,, एक एक अक्षर समेतको अर्थ रहेका छन् । त्यस्तै १ देखि ९ सम्म र १०, २०, ३०, ४०, ५० आदि भन्न आए पछि सबै भन्न सक्नेछ । नेपाली भाषामा जस्तो अमिल्दो छैन । अङ्ग्रेजीमा समेत ११ देखि १९ सम्म मिल्दैन । तर नेपालभाषामा मिल्ने भएकोले अझ बैज्ञानिक देखिन्छ । जस्तो १(छ), २नि, ३स्व, ४प्य, ५न्या, ६खु, ७न्हे, ८च्या, ९गु, १०झि, ११झिछ, १२झिनि, १३झिस्व, १४झिप्य, २०नी, २१नीछ, ३०स्वी, ३१स्वीछ, आदी । अनि साइज अनुसारको गणना गर्ने गरिन्छ । गोलो आकारको गणना गर्दा ग जोडेर छग, निग, स्वग,आदी । लाम्चो आकारकोमा पु जोडेर छपु, निपु, आदी । यसको धेरै शब्दहरु जापानीज र चिनिया भाषासँग मिल्दो जुल्दो छन् ।

[सम्पादन गर्ने] सन्दर्भ सामाग्री

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'" 


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा