भगांकुर (अंग्रेजी उच्चारण: /ˈklɪtərɪs/, /klɪˈtɔərɪs/ वा युके /ˈklaɪtɒrɪs/) एक योनाङ्ग हो, जुन स्त्रीहरूमा मात्र पाइन्छ। यो योनीको अगाडी मोन्स प्यूबिस(Mons pubis)को तल,बाह्य ओष्ठ(Labia majora) जोडीएको स्थानमा रहेको हुन्छ। यो अंग पुरुषको लिङ्ग जस्तै कडा हुन सक्ने मांसपेसीले बनेको हुन्छ। सामान्यतया यसको लम्बाई २ से.मी.र मोटाई ०.५ से.मी. हुन्छ।
क्लिटोरियल क्रुरा(एकवचन: क्लिटोरियल क्रस) भगांकुरको आन्तरिक भागहरू हुन। यि भगांकुरको शरीरबाट एक उल्टो 'भी' जस्तै आकारमा फैलिएको हुन्छ। यि भेस्टिब्युलर बल्ब नजीकै हुन्छन र पनि क्लिटोरियल बल्बको नामले पनि चिनिन्छ। यिनीहरू मूत्रमार्ग, मूत्रमार्गिय स्पन्ज र योनीको दाँया र बायाँ हुन्छ र प्युबिक हाड सम्म फैलिएको हुन्छ। क्लिटोरियल क्रुराका मांसपेशिहरूलाई इस्चिओक्याभर्नोसि (ischiocavernosi) भनिन्छ।[१] प्रत्येक क्लिटोरियल क्रस प्युबिस र इस्कियमको रामी सँग जोडिन्छ। क्रुरा भगांकुरको आधार जस्तै हुन्छ, जुन खडा हुने तन्तुले बनेको कर्पस क्यभेर्नस मांसपेशिहरूको संयोजन हो।[१]
- ↑ १.० १.१ Gray, Henry (1918), Atlas of the Human Body, Lea & Febiger