योनीमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Vagina
स्त्री प्रजनन प्रणालीमा योनीमार्ग
योनीमार्गको द्वार सहित योनी
विबरण
पहिचान
ल्याटिनVagina
चिकित्सा विषय शीर्षकहरूD014621
TAA09.1.04.001
एनाटोमीको आधारभूत मोडेल19949
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

योनीमार्ग स्त्री प्रजनन प्रणाली अन्तर्गत पर्ने रेशादार मांसपेशीले बनेको नलि आकारको अङ्ग हो । यो स्त्रीजातिका स्तनधारी प्राणीहरूको पाठेघर देखि योनीद्वार सम्म फैलिएको हुन्छ । मानिसमा महिलाको दुई तिघ्राको कापमा गुदद्वार र मुत्रमार्गको बीचमा अगाडिबाट माथि तिर उठ्दै पछाडि तिर लगभग ४५ डिग्री कोण बनाई तेर्सो परेको हुन्छ ।

स्थान र संरचना

योनिका भागहरू:
- क्लिटोरिस हुड, - भगांकुर,
- मूत्रद्वारको छिद्र, - योनिमार्ग,
- बाहिरी भगोष्ठ, - भित्री भगोष्ठ, - गुद्वार

योनिको बाहिर देखिने भागलाई योनी वा भग भनिन्छ । यो दुई तिघ्रा बिच तलतिर रहेको मूत्रद्वार तथा प्रजनन अङ्ग हो। बयस्क महिलामा यो चारैतिरबाट रौँ ले घेरिएको हुन्छ। यो छालाको धेरै तह मिलेर बनेको हुन्छ, जसले भित्री अंगहरूलाई सुरक्षा प्रदान गर्दछ । योनिमार्ग पाठेघरको मुखदेखि योनिको बाहिरी भाग सम्म लगभग ८ देखि १० सेमी लामो नली हो जुन मूत्राशय र मूत्रमार्गको पछाडि तथा मलाशय एंवम् गुद्दार को अगाडि रहेको हुन्छ। एक वयस्क स्त्रीमा योनीको पछिल्लो भाग उसको अगिल्लो भाग भन्दा धेरै लामो हुन्छ र पाठेघरको साथ समकोण बनाउछ।

योनीको भित्ताहरु मुख्यतः चिल्ला मांशपेशी र फाइब्रोइलास्टिक यौन उत्पेरकले बनेको हुन्छ। सामान्य अवस्थामा योनीको भित्ताहरु आपसमा टाँसिएर रहने गर्छन् संभोग क्रियाको बेलामा लिंग प्रबेश हुदा यिनीहरु अलगिन्छन् ।

योनिको अम्लीय वातावरण शुक्राणुहरूको प्रतिकूल हुन्छ तर पुरुषको लिंग ग्रंथिबाट निस्कने पदार्थ क्षारीय हुन्छ, जसले योनिको अम्लियपनलाई निष्क्रिय गर्नमा मदत गर्छ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू