माधवप्रसाद घिमिरे (प्रशासक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माधवप्रसाद घिमिरे
माधवप्रसाद घिमिरे
गृह तथा परराष्ट्रमन्त्री
कार्यकाल
२०६९ चैत्र १ (14 March 2013) – २०७० मंसीर
राष्ट्रपतिरामवरण यादव
पूर्वाधिकारीबिजयकुमार गच्छदार(गृह), नारायणकाजी श्रेष्ठ (परराष्ट्र)
मुख्यसचिव
कार्यकाल
वि.सं. २०६६/४/२२ – – २०६९/४/२१
नियुक्ति कर्तामाधवकुमार नेपाल
प्रधानमन्त्री
पूर्वाधिकारीडा. भोजराज घिमिरे
उतराधिकारीलिलामणि पौडेल
व्यक्तिगत विवरण
जन्मविसं २०१७ माघ २५ गते मंगलबार(१९६१-०२-०७)७ फेब्रुअरी १९६१
पाल्पा जिल्ला, नेपाल
मृत्यु२०७३ असोज १९
मुङलिङ नजीकै त्रिशुली नदी
राष्ट्रियतानेपाली
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय, नेपाल

माधवप्रसाद घिमिरे(२०१७-२०७३) नेपाल सरकारका पूर्व मुख्य सचिव हुन्। हाल यिनी खिलराज रेग्मीको अध्यक्षतामा २०६९ चैत्र १ गते गठित अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९का गृह तथा परराष्ट्रमन्त्री थिए।[१][२] लामो समय निजामति सेवामा रहेर विशिष्ट श्रेणीसम्म पुगेका घिमिरेलाई तत्कालिन माधवकुमार नेपाल नेतृत्वको सरकारले मुख्यसचिव बनाएको थियो।[३]

जीवनी र शिक्षा[सम्पादन गर्नुहोस्]

घिमिरेको जन्म विसं २०१७ माघ २५ गते (७ फेब्रुअरी १९६१)का दिन पाल्पाको तानसेन नगरपालिका–१२मा भएको हो। पाल्पाबाटै विद्यालय शिक्षा पूरा गरेका यिनले त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासन, ग्रामीण तथा क्षेत्रीय विकास योजनामा स्नातकोत्तर र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)बाट नेपालमा गरीबी न्यूनीकरणसम्बन्धी विकास योजना विषयमा विद्यावारिधि गरेका थिए। यिनको २०७३ असोज १९ गते मुङलिन नजिकै त्रिशुली नदीमा जीप दुर्घटनामा परी निधन भयो।

सेवा[सम्पादन गर्नुहोस्]

पूर्व मुख्यसचिव घिमिरे मानव संशाधन व्यवस्थापन र एकीकृत ऊर्जा योजनामा पाकिस्तान, मलेसियाअस्ट्रेलियाबाट पनि उच्च शिक्षा हासिल गरेका छन्। उनी योजना अधिकृतको रूपमा महालेखा परीक्षकको कार्यालयबाट निजामती सेवामा प्रवेश गरेका थिए। घिमिरेले सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको डोटी, राष्ट्रिय योजना आयोगको सचिवालय, सिँचाइ विभागको प्रमुख प्रशासकीय अधिकृत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय र जलस्रोत मन्त्रालयको उपसचिव, मूल्य अभिवृद्धि कर कार्यालयको नायब महानिर्देशक, अर्थ मन्त्रालयअन्तर्गतको वैदेशिक सहयोग समन्वय महाशाखाको प्रमुख, चीनको विशेष प्रशासित क्षेत्र हङकङका निम्ति महावाणिज्यदूतको जिम्मेवारी सम्हालेका छन्। सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सचिवका रूपमा पनि उनले काम गरिसकेका छन्। विभिन्न अन्तर्राष्ट्रिय सभा र सम्मेलनमा भाग लिएका घिमिरेका एक छोरा र एक छोरी छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]