वाइन
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सोझो अर्थमा बुझ्ने हो भने वाइन भनेको जाँड हो । नेपाली समाजमा चलन चल्तीमा रहेको अन्नबाट उत्पादन गरिने जाडँ नै वाइन हो । तर, वाइन अन्नबाट उत्पादन नगरी फलफूलको रसबाट बनाइन्छ । नेपालमा बन्ने गरेका वाइन स्याउ, अङ्गूर, चुत्रो, तीतेपाती, ऐँसेलु आदिबाट बनाइन्छ । जाँड र यसमा के फरक छ भने जाँड कलिलो समयमै खाइन्छ भने यसलाई प्रशोधन गर्न केही समय लाग्छ । विदेशीहरूले आफ्नो प्रभुत्व जमाउनका लागि वाइन अङ्गूरबाट मात्र बन्छ भन्ने गरेका पनि छन् । तर त्यसो होइन, वाइन फलफूलको रसबाट बन्ने गर्छ । फलफूल जुनसुकै पनि हुन सक्छ । विदेशमा अङ्गूरको रसमा मर्चा राखेर वाइन बनाइन्छ भने हामीले पनि फलफूलको रसमा मर्चा राखेर बनाउँछौं ।