शान्ति मास्के
शान्ति मास्के (वि.सं. १९८४ - वि.सं. २०६७) नेपाली चलचित्रकी पहिलो पुस्ताकी चर्चित अभिनेत्री हुन।
जीवनी [सम्पादन गर्ने]
वि.सं. १९८४मा गोरखाको तीनपीपलमा जन्मेकी मास्के अभिनय र गायनका लागि आमासँगै काठमाडौं हुँदै कोलकाता पुगेकी थिइन् । कोलकाता छँदा केही नाटकसमेत गरेकी थिइन् ।
उनी वि.सं. २००७को राणाविरोधी आन्दोलन क्रममा विराटनगर आइपुगेकी थिइन् र त्यहीं उनले तत्कालीन रेडियो प्रजातन्त्रमा जनपक्षीय गीतहरू गाएकी थिइन् । आन्दोलनको सफलतापछि राजधानी आइपुगेकी उनको वि.सं. २०१०मा पहिलोपटक नाटककार बालकृष्ण समसँग भेट भएको थियो । त्यही साल उनले सिंहदरबारभित्र रहेको नाटकघरमा समकै 'अन्धवेग' नाटकमा अभिनय गरिन् ।
वि.सं. २०११मा वीरबहादुर मास्केसँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् ।
उनको पहिलो फिल्म हिजो, आज र भोलि (वि.सं. २०२४) हो । त्यसपछि 'जीवनरेखा' र 'सिन्दुर'ले उनलाई र्सवाधिक चर्चा दिलाए । उनले हिन्दी चलचित्र 'किस्सा काठमान्डु' र 'पञ्चवटी'मा समेत अभिनय गरेकी थिइन् । 'कान्छी, 'पछ्यौरी,' 'के घर के डेरा', 'कस्तूरी,' 'तपस्या' लगायत ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी उनी वि.सं. २०४२मा प्रकाश थापा निर्देशित 'सन्तान'को सुटिङ क्रममा नारायणघाटको पुलबाट हाम फाल्दा घाइते भएकी थिइन् । यही घटनाका कारण मुटुमा 'पेस मेकर' राख्नुपरेको उनले ५ वर्षघि नै नयाँ 'पेस मेकर' फेरेकी थिइन् । नेपाली कला क्षेत्रमा दिएको योगदानबापत उनले गोरखा दक्षिण बाहु, उर्वशी पुरस्कार, सर्वोत्कृष्ट चलचित्र अभिनेत्री पुरस्कार, चरित्र अभिनेत्री पुरस्कारलगायत दर्जनौं सम्मान पाएकी थिइन् ।
नेपाल चलचित्र कलाकार संघको संस्थापक संयोजकसमेत रहेकी मास्के चलचित्र विकास बोर्डमा सल्लाहकार थिइन् ।
उनको ८३ वर्षको उमेरमा वि.सं. २०६७ साल माघ ५ गते निधन भयो. लामो समय देखि मुटुको रोगि मास्केले धेरै चलचित्र तथा टेलिभिजनमा अभिनय गरेकी थिईन।[१]
सन्दर्भ सामग्रीहरू: [सम्पादन गर्ने]
बाहिरी लिङ्कहरू [सम्पादन गर्ने]
|
|||||||