संयुक्त राष्ट्र सुरक्षा परिषद
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
संयुक्त राष्ट्र सुरक्षा परिषद कक्ष |
|
| मुख्यालय | मैनहैटन टापू, न्यूयॉर्क शहर, न्यूयॉर्क, संयुक्त राज्य |
| सदस्य वर्ग | स्थाई सदस्य चीन, फ़्रांस, रूस, संयुक्त राजशाही, संयुक्त राज्य (१ जनवरी २००७ देखि ३१ दिसंबर २००८ सम्म) |
| अधिकारी भाषाएं | अरबी, चीनी, अंग्रेज़ी, फ़्रांसीसी, रूसी, स्पेनी |
| अध्यक्ष | सुरक्षा परिषद अध्यक्ष ओज़्वाल्डो डे रिवेरो |
| जालस्थल | http://www.un.org |
संयुक्त राष्ट्र सुरक्षा परिषद संयुक्त राष्ट्र का छः प्रमुख अंगहरूमध्येको एउटा अंग हो, जसको उत्तरदायित्व हो- अंतर्राष्ट्रीय शांति र सुरक्षा बनाई राख्नु। परिषदलाई अनिवार्य निर्णयहरू घोषित गर्ने अधिकारहरू पनि छ। यस्ता कुनै निर्णयलाइ संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव भनिन्छ।
सुरक्षा परिषदमा 15 सदस्य छन् ः पांच स्थाई र दस अल्पकालिक। पाँच स्थाई सदस्यहरू हुन् चीन, फ़्रांस, रूस, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य। यी पाँच देशहरूलाई कार्यविधि मामलामा नभएर विधिवत मामलामा प्रतिनिषेध (Veto) शक्ति प्राप्त छ। शेष दस सदस्य क्षेत्रीय आधारको अनुसार दुइ सालको अवधिका लागि महासभा द्वारा चुनिन्छ। सुरक्षा परिषदको अध्यक्ष प्रति महिना वर्णमालानुसार बदली हुन्छ।
[सम्पादन गर्ने] सदस्य
हर समय सुरक्षा परिषदको कुनै न कुनै सदस्य संयुक्त राष्ट्रको मुख्यालयमा रहनु आवश्यक हुन्छ।
अंतर्राष्ट्रीय कानूनद्वारा केवल सुरक्षा परिषदका पाँच स्थाई सदस्यको नाभिकीय योग्यताहरू अनुमोदित छन्। यी सदस्यहरूलाई प्रतिनिषेध शक्ति (Veto) पनि दीदिइएकोछ ः यसको अथ यो हो कि सुरक्षा परिषदका बहुमत द्वारा स्वीकृत कुनै पनि प्रस्ताव यी पाँच मध्येका कुनै पनि एक सदस्यले यो शक्ति प्रयोग गरी प्रस्ताव पारित हुनबाट रोक्न सक्छ।
सुरक्षा परिषदका अन्य दस सदस्य दुइ सालको अवधिकालागि चुनिन्छन्। हर साल यी दसमध्ये पाँच चुनिन्छन्। यसको चुनाव क्षेत्रीय आधारमा हुन्छ। अफ्रिकाबाट तीन सदस्य एशिया, पश्चिम यूरोप, र लैटिन अमरिका र क्यारिबियनबाट दुइ-दुइ सदस्य छानिन्छन्। पूर्वी यूरोपबाट एक सदस्य छनिन्छ। यिनमा कुनै एक सदस्य अरबको हुनु आवश्यक छ।
सुरक्षा परिषदका स्थाई सदस्यहरूको संख्या बढाउने बारेंमा धेरै विवाद छ। चार राष्ट्र (ब्राज़ील, भारत, जर्मनी र जापान) जसलाई G4 भनिन्छ। जापान र जर्मनी संयुक्त राष्ट्रलाई धेरै आर्थिक सहायता गर्दछन्, र ब्राज़ील तथा भारत जनसंख्यामा ठूला भएको कारण संयुक्त राष्ट्रको विश्वशांतिको लक्ष्यको लागि सैन्य-दलको सबभन्दा ठूलो योगदान गर्नेहरूमा पर्छन्। २१ सितंबर २००४मा G4 राष्ट्रहरूले स्थाई सदस्य बनने बारेंमा आपसी समर्थन घोषित गरे। संयुक्त अधिराज्य र फ़्रांसले पनि यस घोषणालाई स्वीकार गरे। पारित हुनका लागि १२८ मतको जरूरत छ।